• मंसिर १२ २०८१, बुधबार

नेपाल टेलिकमको सस्तो डाटा प्याक भनेर आएका अफरको लिंक खोल्दा ठगिनु होला

जेष्ठ २१ २०७८, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमको सस्तो डाटा प्याक भनेर आएका अफरहरु ल्याउँदै सामाजिक सञ्जालमा आउने सूचनाका विषयमा सचेत हुन नेपाल टेलिकमले आग्रह गरेको छ ।

विशेष गरी निषेधाज्ञाको समयमा इन्टरनेट प्रयोगकर्ताहरुका लागि भन्दै सस्तो डाटा प्याक रहेको र प्याक लिनका लागि लिंक क्लिक गर्नुहोस् भन्ने जस्ता भ्रामक सूचनाहरुप्रति सचेत रहन टेलिकमले आग्रह गरेको हो ।

टेलिकमले विहीबार सूचना जारी गर्दै यसबारे सचेत रहन सबैमा आग्रह गरेको हो ।