काठमाडौँ /
नेपाल सरकारले कोभिड विरुद्धको खोप किन्न मात्रै २६ अर्ब ७५ करोड रुपौया विनियोजन गरेको छ। शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तूत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले उक्त बजेट विनियोजन गरेको बताएका हुन्। यसका अलावा अर्थमन्त्रीले कोभिड रोकथाम, नियन्त्रण, उपचार र खोपको कमि हुन नदिने प्रतिवद्ध जाहेर गरेका छन्।
बजेट प्रस्तूत गर्दै अर्थमन्त्रीले १०० सयभन्दा बढी शैया हुने अस्पतालले आफै अक्सिजन उत्पादन गर्नुपर्ने र सो उत्पादन गर्ने अक्सिजान प्लान्ट स्थापना गर्ने निजी अस्पताललाई सरकार ५० प्रतिशत अनुदान दिने समेत बताएका छन्।