• मंसिर १२ २०८१, बुधबार

बागलुङकि जुनु पुन मगर वर्षको उत्कृष्ट मगर घोषणा

जेष्ठ ५ २०७८, बुधबार

काठमाडौँ /

बागलुङकि जुनु पुन मगर वर्षको उत्कृष्ट मगर घोषणा भएकी छिन। सामाजिक संस्था नेपाल मगर संजाल क्लबले पुन मगरलाई वर्षको उत्कृष्ट मगर घोषणा गरेको हो । ‘भाषा,कला,संस्कृति र भेष-भुषाको संरक्षण, मगर एकता हाम्रो अभियान’ भन्ने मूल नारा लिएर स्थापना भएको सो क्लबको गत बैशाख २५ गते भर्चुवल बैठक बसेर यस्तो निर्णय गरिको जानकारी नेपाल ममगर संजाल क्लबका अध्यक्ष तिलक पुन मगरले जानकारी दिए।

रामेछाप मन्थली घर भई हाल काठमाडौँ, नयाँ बसपार्क बस्ने रिता रानामगरलाई सहयोग रकम हस्तान्तरण गरिदै
रामेछाप मन्थली घर भई हाल काठमाडौँ, नयाँ बसपार्क बस्ने रिता रानामगरलाई सहयोग रकम हस्तान्तरण गरिदै

कोरोना महामारीको दिस्रो लहर फैलिएको भयावह स्थितिमा भौतिक उपस्थितिमा जम्मा भई प्रथम वार्षिकोत्सव मनाउन नसकिएपनि भौतिक उपस्थितिमा जम्मा भएर वार्षिकोत्सव मनाउने खर्चले दुखी पीडितहरुलाई सहयोग गर्ने निर्णय क्लबले गरेको समेत पुन मगरले बताए। यस्तो सहयोग अन्तर्गत यसपटक रामेछाप मन्थली घर भई हाल काठमाडौँ, नयाँ बसपार्क बस्ने रिता रानामगर र धादिङका रगत क्यान्सर पीडित मिलन परियारलाई सहयोग गर्ने निर्णय भएको छ। निर्णय र घोषणा अनुरुप रिता रानामगरलाई क्लबका सचिव केशु पुन मगरले सहयोग  रकम हस्तान्तरण गरिसकेको र परियारलाई केही दिनभित्र भेटेर सहयोग रकम दिइने छ।

 रगत क्यान्सर पीडित मिलन परियार
रगत क्यान्सर पीडित मिलन परियार

नेपाल मगर संजाल क्लबले आफ्नो भेष भुषा कला संस्कृतिको संरक्षण र सम्बर्द्धन मात्र नभई मगर युवाहरूलाई नेपाल सरकारको नीति अनुरुप “स्वास्थ्यको लागि खेल,राष्ट्रको लागि खेल’लाई पनि आत्मसात गरि खेलकुदको विकासमा टेवा पुर्याउने लक्ष्य राखेको छ। क्लबका अनुसार सामाजिक संजाल तथा विभिन्न संचार माध्यमबाट जनचेतना मुलुक कार्यक्रम संचालन गर्ने, वैदेशिक रोजगारको सिलसिलामा बिदेशमा अलपत्र परेकालाई सम्बन्धित देशको निकाय तथा सामाजिक संघ संस्थाहरुसँग परामर्श गरि उद्दारको पहल गर्ने, दुर्ब्यशन र लागुपदार्थ विरुद्ध चेतना जगाई मगर युवाहरूलाई जिबन उपयोगी सीप सिकाई र भविष्यप्रति जिम्मेवारी बनाई रचनात्मक कार्यमा लाग्न अभिप्रेरित गर्ने, मगरहरुको परम्परागत सामाजिक प्रथामा आधारित संस्कार, संस्कृति , भाषा  र धर्मलाई संस्थागत गरि संरक्षण र सम्बर्द्धनको लागि औपचारिक कार्यक्रमहरु संचालन गर्ने क्लबका अध्यक्ष पुन मगरले बताए।

क्लबले प्रत्येक बर्ष विभिन्न विधाका व्यक्तित्वहरु छानेर क्लबको वार्षिक उत्सवको अवसरमा विश्वभरी छरिएर बसेका मगरहरुलाई मगर समुदायभित्र वा विभिन्न सामाजिक विकासमा महत्त्वपूर्ण योगदान दिने मगर छनोट गरि सम्मान तथा पुरस्कृत गर्ने महत्त्वपूर्ण निर्णय गरेको अध्यक्ष पुन मगरले जानकारी दिए।

क्लबको बैठकबाट यो वर्षको उत्कृष्ट मगर घोषणा भएकी जुनु पुन मगर दशैभरि अनाथ बालबालिकालाई जम्मा गरि आमाको माया र ममता दिने मात्र नभएर उनीहरुको शिक्षा,अनुशासन र भविष्यको बाटो समेत कोरिदिने काम गर्दै आएकि छिन। यसरी क्लबले हरेक वर्ष यस्तो उत्कृष्ट मगर घोषणा गर्ने कामलाई निरन्तरता दिनेछ।
नेपाल मगर संजाल क्लब २०७७ सालमा नेपाल सरकारमा दर्ता भएको संस्था हो।