• मंसिर १२ २०८१, बुधबार

यु-१३ क्रिकेटमा दुई खेल सम्पन्न

बैशाख ५ २०७८, आईतवार

काठमाडौँ /

‘विश्व कपको सपना छ जहाँ, पुग्छौं हामी भविष्य बनेर त्यहाँ’ भन्ने मूल नाराका साथ राजधानीमा जारी १३ वर्ष मुनिको क्रिकेट लीग–२ को दोस्रो दिन शनिवार जम्मा दुईखेल भएका छन्। एञ्जल्स हर्ट नेशनल स्कुलको प्रायोजनमा काठमाडौँको मनमैंजुस्थित एञ्जल्स स्पोर्ट एकेडेमी एण्ड रिक्रिएशन सेन्टरको मैदानमा जारी सो क्रिकेट प्रतियोगितामा शनिवार ग्रेट हिमालयन क्रिकेट एकेडेमीका विरुद्ध ओयसिस क्रिकेट एकेडेमी र एञ्जल हर्ट नेशनल स्कुलका विरुद्ध एञ्जल हर्ट सेकेण्डरी स्कुल  भिडेका थिए।

‘यु–१३ एञ्जल्स हर्ट नेशनल स्कुल जुनियर क्रिकेट लीग-२, २०७७/०७८’ नाम दिइएको सो क्रिकेट प्रतियोगितामा दोस्रो दिनको पहिलो खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी र ओयसिस क्रिकेट एकडेमी भिडेका थिए। पहिलो खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमीले टस जितेर बलिङ रोजेको थियो।

बलिङमा ग्रेट हिमालयनका वंश क्षेत्रीले ४ ओभरमा १२ रन जोड्दै ३ विकेट लिए भने परिक्षित ढकालले ४ ओभरमा २४ रन जोडेर १ विकेट लिए। उता ब्याटिङ्ग गरेको ओयसिस क्रिकेट एकेडेमीबाट संयम नेपालले ५४ बलमा ७५ रन जोडेभने ८ चौका र ३ छक्का हाने। त्यस्तै ओयसिसकै रोहित शर्माले ३७ बलमा ५० रन जोड्दै ६ चौका र २ छक्का प्रहार गरे।

उता ग्रेट हिमालयन क्रिकेट एकेडेमीले ब्याटिङ्ग गर्दा वंश क्षेत्रीले ४४ बलमा ५८ रन जोडदै ५ चौका र २ छक्का प्रहार गरे। त्यस्तै हिमालयनकै गाकल अधिकारीले ४० बलमा ४० रन जोड्दै ४ चौका प्रहार गरे। हिमालयनकै शिवम अग्रवालले २० बलमा ३१ रन जोड्दै २ चौका प्रहार गरे। बलिङ गर्दा ओयसिस क्रिकेट एकेडेमीका राजु बि.क.ले ४ ओभरमा ३२ रन जोडेर २ विकेट लिए। पहिलो खेलमा ओयसिस क्रिकेट एकेडेमीले २८रनको अन्तरमा विजय प्राप्त गर्यो भने ओयसिसकै संयम नेपाल म्यान अफ द म्याच घोषित भए।

म्यान अफ द म्याच संयम नेपाल पुरस्कार लिंदै
म्यान अफ द म्याच संयम नेपाल पुरस्कार लिंदै

प्रतियोगिताको जारी दोस्रो खेलमा एञ्जल हर्ट नेशनल स्कुल र एञ्जल हर्ट सेकेण्डरी स्कुल भिडदा एञ्जल हर्ट नेशनल स्कुलले टस जितेर बलिङ रोज्यो। बलिङ गर्दै एञ्जल हर्ट नेशनलका युवराज खत्रीले ३.१ ओभरमा २ रन जोडेर ७ विकेट लिए। ब्याटिङ्ग गर्दै एञ्जल हर्ट सेकेण्डरी स्कुलका सक्षमराज श्रेष्ठले ३४ बलमा ३५ रन जोडेर ५ चौका प्रहार गरेभने अंकित खड्काले ५ बलमा ८ रन जोडे। खड्काले अतिरिक्त १९ रन समेत जोडे।

उता एञ्जल हर्ट नेशनल स्कुलले ब्याटिङ्ग गर्दा जोय थापाले ३२ बलमा ३९ रन जोडेर ६ चौका र १ छक्का प्रहार गरे। नेशनलकै युवराज खत्रीले ब्याटिङ्ग गर्दै १७ बलमा ८ रन जोडे। बलिङ गर्दै एञ्जल हर्ट सेकेण्डरी स्कुलका सचिन थापाले १ ओभरमा ४ रन जोडेर १ विकेट लिए। दुई एञ्जलबीच भएको सो प्रतियोगितामा एञ्जल हर्ट नेशनल स्कुलले ९ विकेटले जित हासिल गर्यो भने यो खेलमा एञ्जल हर्ट नेशनल स्कुलकै युवराज खत्री म्यान अफ द म्याच घोषित भए।

म्यान अफ द म्याच युवराज खत्री पुरस्कार लिंदै
म्यान अफ द म्याच युवराज खत्री पुरस्कार लिंदै