नेपालमा आएको कोभिड-१९ को दोस्रो लहरले पर्यटन क्षेत्रमा झनै सुष्कता ल्याएको छ । यो महामारीले विश्वभरि नै सबैभन्दा मारमा परेको भनेको पर्यटन तथा यातायातको क्षेत्र नै हो । जो पर्यटन भएर यहाँ आउँथे ती मानिस नै बेरोजगार हुने अवस्था छ । यो क्षेत्रमा ठूलै क्षति भएको देखिन्छ । पर्यटनमा परेको असरबाट तग्रिन पनि लामै समय लाग्न सक्ने देखिन्छ । यसले हवाई उड्डयन, होटल तथा रेस्टुराँ, यातायात, कृषि तथा अन्य व्यवसायी, बैंक तथा वित्तीय संस्था सबैको आयमा असर पर्ने हुनाले पर्यटन प्रभावित हुँदा कृषि क्षेत्र र रोजगारी समेत सकट परेको देखिन्छ ।
पर्यटनमा लगानी भएको बैङ्किङ कर्जा समेत जोखिममा पर्ने र दीर्घकालीन रुपमा बैंकहरु समेत जोखिममा पर्ने अनुमान गर्न सकिन्छ । पर्यटन खुला हुन सुरु भएको भए तापनि पूर्णरुपमा खर्च गर्ने गरी पर्यटकको आवागमन ब्यवस्थित हुन लामै समय पर्खिनुपर्ने हुनाले यस क्षेत्रमा जोखिम बढी नै देखिन्छ । विश्व पर्यटन संगठनका अनुसार सन् २०२० मा विश्वभरि पर्यटन ७५ प्रतिशतले घटेको छ । विश्वभर करिब ९ देखि १२ खर्ब अमेरिकी डलरको नोक्सानी हुने र पर्यटनसँग प्रत्यक्ष जोडिएका १० देखि १२ करोड रोजगारीका अवसर जोखिममा पर्ने विभिन्न अध्ययनले देखाएको छ । यता, अन्तराष्ट्रिय हवाई उड्डयन संगठन (आएटा) ले पनि विश्वभरका एयरलाइन्स कम्पनीमा पर्ने असरका प्रक्षेपणहरु गरिरहेको छ ।
दुबै क्षेत्रले गरेर सन् २०२० मा ९ देखि १२ खर्ब डलर गुमाएको अनुमान गरिएको छ । युएनडब्लुटीओले सन् २०२० पर्यटक आगमन र पर्यटन क्षेत्रमा पर्ने असरलाई शताब्दिकै खराब वर्ष भनेको छ । सन् २००९ मा विश्वभर आर्थिक मन्दी आउँदा पर्यटन आगमनदर ४ प्रतिशत मात्रै घटेको थियो । सन् २०२० मा समग्रमा ७० देखि ७५ प्रतिशतले गिरावट आएको छ । अहिले होटल व्यवसाय, पर्यटन क्षेत्र अन्तर्गतका विविध अंगहरु पूर्ण बन्द हुँदा लाखौँ श्रमिक कामदार, स्वास्थ्य कर्मचारी कामविहीन भई त्यसै बसिरहेका छन् । शिक्षा क्षेत्र बिस्तारै चलायमान भए पनि लाखौँ विद्यार्थीको भविष्य अन्योल र शिक्षक शिक्षिका कामविहीन भई त्यसै घरमा बसिरहेका छन् ।
उत्पादनक व्यापार, व्यवसाय, औद्योगिक क्षेत्रअन्तर्गत साना तथा मझौला कलकारखानहरु कोरोना कहरले बन्द भई ज्यालादारी, श्रमिक, मजदुर, कर्मचारी, कामदारको आयस्रोतमा कमी हुनुका साथै कामदारको रोजगारी तथा ज्व्यालादारी श्रमिकको रोजीरोटी गुमेको छ, जसले गर्दा अmभै गरिबी स्तर अत्यधिक बढेको छ । संक्रमणको प्रभावले देशमा अर्थतन्त्र उकास्न दुईदेखि तीन वर्षसम्म स्थिति सन्तुलनमा राख्न मात्रै धेरै कोसिस गर्नुपर्ने देखिन्छ ।
सामान्य समयमा हाम्रै देशमा वार्षिक हाराहारी करिब ५ लाख रोजगार खोज्न श्रम बजारमा धाउने गर्छन् । अहिलेको अवस्थामा केही उद्योग ठप्प भएकाले धेरै कर्मचारी कटौती भएका छन् । कोभिड–१९ को कहरले श्रमका लागि विदेशिएका लगभग ठूलो संख्यामा रोजगार गुमाएका नेपाल फर्किएलान् भन्ने अनुमान गरिए पनि धेरै नफर्केका कारण सरकारलाई अलि राहत त भएको छ, तर जो फर्के उनीहरुलाई उचित रोजगारीको अवसर सिर्जना नगरे त्यसले आर्थिक मात्रै होइन, सामाजिक तथा राजनीतिक प्रभाव परी गहिरो हलचल मच्चाउने देखिन्छ ।
पर्यटन क्षेत्रको राम्रो सम्भावना बोकेको मुलुक नेपालमा आर्थिक र सामाजिक विकासका लागि ग्रामीण पर्यटन निकै महत्व रहेको छ भन्ने कुरालाई नकार्न मिल्दैन । नेपाल आउने पर्यटकहरुमध्ये अधिकतर पदयात्राका जाने गरेका छन् । यस्ता क्षेत्रमा अन्नपूर्ण, सगरमाथा र लाम्टाङ नै प्रमुख रुपमा रहँदै आएका छन् । त्यसैगरी पर्यटकीय स्थलको रुपमा राजधानी बाहेक नगरकोट, धुलिखेल, पोखरा र चितवननै विकसित भएको देखिन्छ । मुलुकका यस्ता प्रमुख पर्यटकीय स्थल र सो वरपरका ग्रामीण क्षेत्रको आर्थिक र सामाजिक विकासलाई नियाल्ने हो भने निकै राम्रो पाइएका छन् ।
त्यस्ता ग्रामीण भेगहरुमा शिक्षाको स्तर मुलुकको अन्य क्षेत्रको तुलनामा निकै राम्रो पाइएको छ । यसको साथसाथै वैकल्पिक उर्जाको प्रयोग, स्वास्थ्य सम्बन्धी चेतना र सुविधा, वातावरण संरक्षण प्रतिको सचेतता र भौतिक निर्माण जस्ता आधारभूत कुराहरुमा पनि पर्यटकीय दृष्टिकोणले पनि महत्व पाएका त्यस्ता भेगमा अन्य क्षेत्रको तुलनामा निकै उन्नति भएको देखिन्छ । यस्तो हुनुमा पर्यटकहरुको आगमनबाट होटेल, लज, रेष्टुँरा तथा स्थानीय उत्पादनहरुको बिक्री र स्थानीय स्तरमा रोजगारीको अवसरह? प्राप्त हुनुलाई नै प्रमुख कारक तत्वको रुपमा हेर्नुपर्ने अति आवश्यक रहन आएको छ ।
नेपालमा ग्रामीण पर्यटकीय क्षेत्रको विकास र विस्तारको निकै सम्भावना हुँदाहुँदै पनि अपेक्षाकृत रुपमा यस क्षेत्रको विकास भने हुन सकेको छैन । यस्तो हुनुका खास कारणहरुमा प्रचार प्रसारको कमी, राजनीतिक अस्थिरता, अशान्ति हुनु, विदेशी सञ्चार माध्यमको स्वार्थपूर्ण दुष्प्रचारका कारणले गर्दा नेपाली ग्रामीण पर्यटन क्षेत्रले निकै अप्ठेराहरुको सामना गर्नु परिरहेको देखिन आउँछ ।
संघीय संरचना अनुकूल पयर्टन क्षेत्रको पुनसंरचना :
प्रदेश, स्थानीय तह अनुसारको टुरिज्म प्रोफाइल तयार गर्ने, पयर्टन नीति, २०६५ प्रतिस्थापन गरी नयाँ पर्यटन नीति जारी गर्ने, पर्यटन ऐन तथा अन्य कानुनमा परिमार्जन अवलम्बन गर्नु पर्ने, सुरक्षित, भरपर्दो हवाइ सेवाको सुनिश्चितता गर्ने, पर्यटकको सुरक्षामा सुनिश्चित गर्ने, कुटनीतिक नियोग तथा गैर आवासीय नेपाली संघको परिचालन, पयर्टन उद्योग संचालन सम्बन्धी व्यवसायिक आचार संहिता निर्माण र कार्यान्वयन, आन्तरिक पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्ने, बदलिँदो परिस्थिति र अन्तराष्ट्रिय परिवेश अनुसार पयर्टनबोर्डको पुनःसंरचना गर्ने, नेपाल भ्रमण वर्ष २०२० मनाउने निर्णय भैसकेको सन्दर्भमा सचिवालय गठन गरी कार्य अगाडी बढाउनुपर्ने अत्यन्त आवश्यक हुन आएको छ ।
यसका लागि :
१. भूकम्पबाट क्षतिग्रस्त संरचना-सम्पदाहरुको पुनःनिर्माण ।
२. पयर्टन विविधिकरण तथा गुणस्तरमा वृद्धि ।
३. नेपाल पयर्टन गुणस्तर प्रमाणिकरण प्रदान गर्ने पद्धतिको विकास गर्ने ।
४. होटल आवासको गुणस्तर मापदण्ड मूल्यांकन प्रणालीको विकास र विस्तार । ५. गन्तव्यहरुको पहिचान, प्रवद्र्धन तथा बजारीकरण ।
६. राष्ट्रिय गौरवका आयोनाहरु (विमानस्थल, द्रुत मार्ग आदि) समयमै निर्माण सम्पन्न गर्ने ।
७. द्विपक्षीय हवाई सम्झौता गर्दै जाने ।
८. वैदेशिक पर्यटनलाई तथ्यगत बनाउन तथा देशगत रुपमा पर्यटन प्रवद्र्धन गर्न देशव्यापी पर्यटन प्रबद्र्धन रणनीति तयार गरी कार्यान्वयनमा ल्याउने ।
९. पूर्वाधारमा लगानी वृद्धि गर्ने । वातावरणीय दिगोपनामा जोड दिने ।
१०. परम्परागत मौलिक संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्ने ।
११. आवश्यकता अनुसार नेपालको पयर्टन ब्राण्ड तथा सह ब्राण्डको विकास गर्ने । १२. पर्यटन मेला तथा उत्सवह?को अन्तराष्ट्रिय स्तरमा सहभागिता ।
१३. पदयात्रा तथा पर्वतारोहणका क्रममा आइपर्ने जोखिम व्यवस्थापनको लागि संयन्त्र निर्माण गर्ने ।
१४. पर्यटन क्षेत्रमा सामुदायिक सहभागिता सुनिश्चित गर्ने ।
१५. पर्यटनमा महिला सहभागिता सुनिश्चित गर्ने ।
यसमा थप व्यावसायिक एवम् दक्ष जनशक्ति विकास गर्ने आदि जस्ता महत्वपूर्ण कार्यहरु पनि गर्नुपर्ने देखिन आउँछ । वर्तमान पन्ध्रौ योजना २०७६-२०८१ मा ग्रामीण पर्यटन विकास कार्यक्रममा नेपाललाई एक आर्कषक, सुरक्षित र मनोरम पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनु पर्छ ।
विश्व पर्यटन बजारमा नेपाललाई अग्रणी स्थानमा स्थापित गर्ने उद्देश्य का साथ निम्न कार्य गरिनु जरुरी छ :
१. नेपालललाई सुरक्षित, गुणस्तरीय र पर्यटनमैत्री बनाई आर्कषक पर्यटक केन्द्रको रूपमा विकास गर्नु ।
२. पर्यटकीय गन्तव्य स्थल तथा उपजमा विविधीकरण गरी पर्यटन क्षेत्रको अर्थतन्त्रको योगदान वृद्धि गर्नु ।
३. पर्यटकीय क्षेत्रबाट प्राप्त लाभलाई समन्वयायिक रूपले जनस्तरसम पुरयाउनु
रणनीति ।
१. छिमेकी मुलुक तथा प्रमुख पर्यटन बजारमा नेपाली पर्यटनको व्यापक प्रचारप्रसार गर्ने र प्रवद्धन गर्ने,
२. पर्यटनको सम्भावना बोकेका शिक्षा, स्वाथ्य, खेलकुद जस्ता क्षेत्र समेटेर एकीकृत पर्यटन विकास गर्ने,
३. स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्दे, सार्वजनिक नीति साझेदारीको अवधारणा अनुरूप आधुनिक पर्यटन पूूर्वाधारको बजारीकरण र प्रवद्धन गर्ने,
४. पर्यटन क्षेत्रलाई अर्थतन्त्रको संवाहकको रूपमा विकास गरिनेछ । पर्यटकीय गन्तव्य स्थलको पहिचान, विकास तथा विविधिकरण गर्न प्रदेश र स्थानीय तहले अग्रणी रूपमा निजी क्षेत्रसँग सहकार्य गर्ने,
५. पर्यटकीय उपजलाई मूल्य श्रृङ्खलामा आबद्ध गरी स्थानीय स्तरसम्म यस क्षेत्रको लागि वितरण गर्ने ।
प्राकृतिक, साँस्कृतिक, साहसिक, ऐतिहासिक तथा धार्मिक दृष्टिबाट नेपाल विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्य देश हो । पर्यटकीय गन्तव्यहरूको विविधीकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजहरूको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न जरूरी छ । पर्यटन प्रवद्र्धनको माध्यमबाट रोजगारीका अवसरमा वृद्धि गरी गरीबी न्यूनीकरण गर्दै जनताको जीवनस्तरमा सुधार गर्नु आवश्यक छ ।
छिमेकी मुलुकहरूको मध्यम आय भएको ठूलो जनसङ्ख्या र उच्च आर्थिक वृद्धिबाट सिर्जित अवसरबाट लाभ प्राप्त गरी नेपालमा पर्यटन आगमन द्रूततर रूपमा वृद्धि हुने राम्रो सम्भावना रहेको छ । यसबाट उच्च रोजगारी सिर्जना र आयको वितरणमा पनि सहयोग पुग्नेछ । पर्यटन क्षेत्रको अर्थतन्त्रमा योगदान बढ्न सक्ने अवस्था रहे तापनि पर्यटनबाट आशातित प्रतिफल प्राप्त हुन सकेको छैन ।
खासगरी पर्यटन पूर्वाधार विकास नहुनु, राजनैतिक सङ्क्रमण लम्बिनु, गतसाल गएको भूकम्पका कारण सांस्कृतिक र पर्यटकीय पूर्वाधारमा क्षति पुग्न जानुजस्ता कारणले पर्यटन आगमन, बसाइ र उनीहरूले गर्ने खर्चमा उल्लेखनीय वृद्धि हुन सकेको छैन । विगतमा सरकारले पर्यटन क्षेत्रको विकासको लागि गरेको प्रयास स्वरूप पर्यटक आगमन सङ्ख्या, पर्यटकको बसाइ अवधि, पर्यटन क्षेत्रमा प्रत्यक्ष रोजगारी बृद्धि हुनुका साथै पर्यटन क्षेत्रबाट हुने विदेशी मुद्रा आर्जन क्रमशः बढदै गएको अवस्था छ ।