• मंसिर १२ २०८१, बुधबार

नयाँ वर्षमा सेयर बजारमा नयाँ रेकर्ड

बैशाख २ २०७८, बिहीबार

काठमाडौँ। नयाँ वर्ष २०७८ को पहिलो दिन सेयर बजारमा नयाँ रेकर्ड देखिएको छ । गत वर्षको अन्तिम कारोबार दिन २ हजार ७ सय अंक भन्दा माथि पुगेको नेप्से २०७८ को पहिलो कारोबारमै सर्किट ब्रेक्र लागेको हो ।

सुरुवाति समयमा आक्रमक रुपमा सेयर खरिद बिक्रि भएको बजारमा नेप्से सुचक २ हजार ७ सय ५५ अंक सम्म पुगेको थियो । तर बजार बन्द हुँदा २० अंकको वृद्धिसहित नेप्से २ हजार ७ सय ३५ अंकमा बन्द भएको हो । यस अघि विभिन्न उपसमूहले उचालेको सेयर बजारमा बैंकिङ समूहले प्रभाव पारेको छ ।
दोहोरो अंकले बढेको बजारमा ८ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सूचकका साथमा पर्याप्त मात्रामा कारोबार रकम देखिएको छ । २ सय १८ कम्पनीको १ करोड ९० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट पनि आउने क्रम सुरु हुदैछ । यस्ले पनि बजारमा केही प्रभाव पार्न सक्ने आकलन गरिएको छ । अहिले नयाँ बजेटको तयारी भइरहेको छ । बजेट पुँजी बजारमैत्री हुने विश्वास गरिएको कारण पनि यसलाई सकारात्मक रुपमा हेरिएको अनुमान गरिएको छ ।

बिहीबार हाइड्रोपावर र ट्रेडिङ बाहेक बाँकी सबै समूहमा हरियाली छाएको छ । ८ कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । कारोबार रकममा एनआइसी एसिया लघुवित्त ४९ करोड ८९ लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । निफ्रा र एनआइसी एसिया बैंक त्यसपछिका स्थानहरुमा रहेका छन् ।