हालैका दिनमा नेपालमा फैलिइरहेको कोरोनाको युके भेरियन्टले संक्रमितको कलेजो र मृगौलामा आक्रमण गरिरहेको एक अध्ययनले देखाएको छ । पहिलो भ्यारिएन्टले थला पारेको एकवर्ष काट्दै गर्दा थप अर्को भ्यारियन्ट आएपछि नेपालमा पछिल्लो समयमा अस्पताल भर्ना हुने संक्रमितको संख्यामा सोचेभन्दा वृद्धि हुँदै गएको छ ।
संक्रमितको संख्या बढिरहेका बेला २१ जना संक्रमित भर्ना भए पनि उनीहरुको अवस्था गम्भीर हुँदै गए पछि यसले ठूलो असर गर्ने देखिएको छ । पहिलो लहर पचाएका नेपालीहरु अस्पताल भर्ना हुन छाडिसकेका थिए । तर नयाँ भ्यारियन्टले छोएपछि अहिले २० देखि ६० वर्ष उमेर समूहका मानिसको संक्रमित हुने दर बढिरहेको छ । हालसम्म संक्रमित भएकाहरु सबै राजधानी सहर काठमाडौंमै बस्दै आएका रहेका छन् ।
नयाँ संक्रमितको स्वास्थ्य समस्या पनि पहिलेका भन्दा निकै फरक रहेको छ । पहिलेका संक्रमितहरूमा ज्वरो बढि आउँथ्यो, निमोनिया हुन्थ्यो । तर अहिलेका संक्रमितहरूमा निमोनियासँगै कलेजो र मृगौलामा पनि समस्या देखिन थालेको छ । नेपालमा तिहारपछि ह्वात्तै घटेको कोभिड संक्रमण दर नयाँ भ्यारियन्ट देखापरेसँगै उकालो लागिरहेको छ ।
यसले गर्दा कोभिड विरामीका लागि छुट्याउँदै आएका अस्पतालका बेड तथा वार्डहरु फेरि कोभिडकै लागि छुट्याउनु पर्ने भएको छ । किनकि ती वेड कोभिड संक्रमणका बिरामी देखिन छाडेपछि जनरल वेड तथा वार्डहरुमा रुपान्तरण गरिएका थिए ।
चिकित्सहरु स्वयम् भन्छन्– जुन हिसाबले केस बढिरहेको छ, त्यो हिसाबले अस्पताल भर्ना हुने बिरामी बढ्छ नै । नयाँ भ्यारियन्टले संक्रमण र क्षतिको एउटा लहर त ल्याउने देखिन्छ ।
हाल अस्पतालमा रहेका २४ जना संक्रमितमध्ये १८ जना आईसीयूमा रहेका छन् । पाँच जनालाई भेन्टिलेटरको साहयतासहित उपचार दिइएको छ । बाँकी रहेका पाँच जना पनि विशेष आइसोलेसन र एक जना इमर्जेन्सीमा रहेका छन् । यसले स्थिति निकै खतरनाक रहेको देखाएको छ ।
सबैभन्दा खतरनाक कुरा त युके भ्यारियन्ट बालबालिकाहरुमा देखा परिरहेको छ । बालबालिका यस भ्यामरियन्टबाट निकै संक्रमित भैरहेका छन् । पहिलेका भ्यारियन्ट बालबालिकामा देखा परेका थिएनन् । स्मरणीय कुरा त के छ भने बालबालिकालाई लगाइदिनका लागि कोभिड खोपको निर्माण नै गरिएको छैन । हाल निर्माण गरिएका खोपहरु बालबालिका बाहेक किशोरदेखि बृद्धबृद्धासम्मलाई लगाइराखिएको छ ।