काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र ‘फूलबुट्टे सारी’ बोलको गीत गाएर चर्चामा आएकी युगान्डाकी गायिका बियोन्से मिलेर गित गाउने भएका छन् ।
श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै बियोन्सेसँग नयाँ गीत गाउने तयारी गरेको जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् “हामीले गाएको गीत ‘फुलबुट्टे साडी’ लाई क्याप्टेन बियोन्से फाम्सीले पनि गाइन् त्यसपछि यो गीतले अन्तर्राष्ट्रियकरणको रूप लिएको महसुुस गरिएको छ । अब बियोन्से र म मिलेर अर्को एउटा युगल गीत गाउने तरखरमा छौं । बियोन्सेको तरुणी स्वरसँग मेरो बुढो स्वर मेल खाला कि नखाला खै…।”
श्रेष्ठले बियोन्से तरुनीसँग आफ्नो स्वर मेल खाला कि नखाला भनेर चिन्ता समेत गरेका छन् ।