काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजेल/मटितेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।
इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । पेट्रोल र डिजेल/मटितेलको साविकको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।
खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।