• मंसिर १२ २०८१, बुधबार

जनगणना–२०७८ : कुलुङका अगुवाले खेल्नुपर्ने भूमिका

चैत्र २२ २०७७, आईतवार

यतिबेला विभिन्न अनलाइन न्युज पोर्टल र केही प्रिन्ट मिडियाहरुमा ‘जनगणना–२०७८’ बारे ‘जात-जाति र थर’को महलमा ‘राई !’ लेख्नुपर्ने भनी दुक्का-दुक्का लेखहरु प्रकाशित भइरहेका छन् । त्यसमा यस पंक्तिकारको छुट्टै भन्नुपर्ने केही छैन ! किनभने, असलियतमा राई ! जात-जाति वा थर-उपथर नभएर शासकले दिएको ‘पदवी’ वा ‘पगरी’ मात्रै हो । त्यस्तै राई ! शब्दको व्युत्पत्ति ‘राय’ हो । कर्णालीतिर उतिबेला ‘राय’ भन्नाले राजा भन्ने अर्थ जनाउँथ्यो । ‘राय’ शब्द बढीमा सेनकालदेखि पूर्वमा किराँतीहरुलाई प्रधानमन्त्री वा मन्त्रीको रुपमा ‘राय’ पद दिइएको देखिन्छ । उदाहरणका लागि यहाँ प्रस्तुत गर्नु पर्दा बुद्घिकर्ण ‘राय’लाई नै लिऊँ । स्मरणीय छ, बुद्घिकर्ण ‘राय’ अहिले आएर लिम्बु जातिका एक थरका पूर्खा भएको प्रमाणित भएको छ ।

त्यस्तै ‘राई !’ जात-जाति वा थर-उपथर भएको भए दुईदुई पटक केन्द्रीय मन्त्री भएका ‘मोहमद इस्तियाक राई’ राई कामरेडका दाजुभाई वा वंश हुन् त ? अर्को उदाहरण भनेको भारतीय सिने उद्योगकी चल्तापूर्जा कलाकार ‘ऐश्वर्या राय’ हाम्रा राई जातिवाला कामरेडहरुका दिदीबहिनी वा चेली हुन् ? । यसरी हेर्दा सुरुमा ‘राय’ शब्दबाट अपभ्रंश भएर आएको ‘राई !’ शब्दका बारे अहिलेलाई यो भन्दा बढी नलेखौं कि ‘राई !’वादी कामरेडहरु !

जे होस्, नेपाल सरकारले हरेक १०–१० वर्षमा गर्ने राष्ट्रिय जनगणना वि.सं २०७८ जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म हुँदैछ । स्मरणीय छ, यो राष्ट्रिय जनगणना १२औं हो । त्यसो त हालसम्म राज्यबाट अलग्गै जातिको रुपमा मान्यता पाइनसकेको कुलुङ जातिका बारेमा भन्नु पर्दा वि.सं २०६८ को ११औं राष्ट्रिय जनगणना मै कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ जातिको मातृभाषी संख्या ३३ हजार १७० आएको छ । तर, त्यो बेला अधिकांश कुलुङले जात वा जातिको महलमा कुलुङ मात्रै नलेखेर ‘कुलुङ राई’ लेखेको हुनाले कुलुङ जातिको सही तथ्यांक आएन । जे भए तापनि वि.सं २०६८ को ११ औं राष्ट्रिय जनगणनाको आधारमा नै केन्द्रीय तथ्यांक विभागले आगामी १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिका लागि अलग्गै जातिगत र अलग्गै भाषागत कोड उपलब्ध गराएको छ ।

यसरी केन्द्रीय तथ्यांक विभागले आगामी १२ औं राष्ट्रिय जनगणनाका लागि कुलुङ जातिलाई उपलब्ध गराएको ‘जातिगत कोड–६२’ रहेको छ भने, कुलुङ ‘मातृभाषागत कोड-२९’ रहेको छ । त्यसैले आगामी जनगणनामा अरु (राई ! भन्नेहरु) ले जे लेखाए तापनि हामी (कुलुङ) हरुले भने हाम्रो समुदाय (कुलुङ) लाई जनगणनबारे बताउँदा वा प्रशिक्षित गर्दा अहिलेदेखि नै कुलुङ ‘राई !’ ‘राई !’ नलेखेर ‘कुलुङ’ लेखौं-लेखाऊँ भनी प्रशिक्षित गर्नुपर्छ । यही अनुसार हामी कुलुङहरुले काम गरौं÷गराऔं । साथै, राईवादी कामरेडहरुले हामीलाई बाधा-व्यधान गर्ने काम पनि नगरुन् भन्ने यही लेखमा मार्फत् हार्दिक अनुरोध छ ।

हामी सबै आआफ्नो बाटो लागौं । ‘राई !’ लेख्न चाहने ‘राई !’ लेख्नोस्, … ‘राई !’ … लेख्न चाहनेले लेख्नुहोस्, त्यसमा हामीले कहिल्यै पनि बाधा–व्यवधान गर्ने छैन । तर, हामी कुलुङहरुलाई पनि कुलुङ ‘राई !’ वा ‘राई !’ लेख भनी जबरजस्ती नगर्नु होस्, बाधा–व्यवधान नगर्नु होस् । ‘कुलुङ’ लेख्ने हाम्रो नैसर्गिक हकअधिकारको हनन् नर्गनु होस् भन्ने अर्को अनुरोध पनि यसै लेख मार्फत् गर्दछु । स्मरण रहोस्, हामीलाई कसैले (वास्तविकता नबुझेर कुलुङ–कुलुङबीचमै पनि) ‘कुलुङ’ मात्रै होइन, कुलुङ ‘राई !’ लेखौं भन्न सक्छन् । तर, त्यसरी ‘कुलुङ’ मात्रै नलेखेर, कुलुङ ‘राई !’ लेख्दा हाम्रो ‘कुलुङ’ को जनसंख्या फेरि पनि बिसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा जस्तै ‘राई !’ मा गाभिन जान्छ र, कुलुङको जनसंख्या कम आउँछ । त्यसैले हामीले फेरि पनि वि.सं २०६८ को ११औं जनगणनामा जस्तो कुलुङ ‘राई !’ लेखेर हाम्रो असली कुलुङ जातीय स्वपहिचान र जनसंख्या नहटाऊँ-नघटाऊँ ! किनभने, वि.सं २०६८ मा पनि हाम्रा सोझा-साझा कुलुङहरुलाई र कतिपय ठाउँमा त पढालेखा भनिएका र जनगणनामा खटिएका हाम्रै कुलुङहरु र कुलुङ संघको केन्द्रीय कार्य समितिमा रहेका जिम्मेवारले समेत जात वा जातिको महलमा ‘कुलुङ’ मात्रै लेख्नुको सट्टा कुलुङ ‘राई !’ लेखे ।

तर, वि.सं २०७४ को स्थानीय निर्वाचनपछि त्यस्ता केही कुलुङहरुले स्थानीय तहमा ‘कुलुङ’ संघको सिफारिसमा ‘उहाँको नागरिकतामा ‘राई !’ वा गाई !’ …!, जे भए तापनि उहाँ जन्मसिद्घ रुपमै कुलुङ हो’ भनी सिफारिस गरेर पठाएपछि स्थानीय निकायमा (केही जिल्लामा) मनोनित पनि भएका छन् । त्यसैले अब उहाँहरु जस्ता व्यक्तिहरुले पनि वि.सं २०६८ को जनगणनाको सन्दर्भलाई कुलुङबारे गरेको÷भएको भूललाई सम्झेर, त्यो बेला भएको गल्ती-कमजोरीलाई जोडेर प्रचारप्रसार गर्नका लागि उहाँहरु अग्रिम मोर्चामा आउनु पर्छ, यो बेला ।
अन्तमा, हामी कुलुङहरुका लागि मूख्य बाधक रहेको र, वि.सं २०६८ को ११औं राष्ट्रिय जनगणनाको तथ्यांक आउने बेलामा कुलुङ जातिको अलग्गै तथ्यांक प्रकाशित नगर्न-आउन नदिन केन्द्रीय तथ्यांक विभागलाई समेत अनेक धाक–धम्की र दबाव दिने ‘राई !’ यायोक्खा (स्मरण रहोस्, यायोक्खा भनेको बान्तावा जातिको भाषा हो ।

अर्थ भने मलाई थाहा भएन ।) नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यालय रजिस्टर्ड नम्बर-३२८-०४९-०५०) का हर्ताकर्ता राई सर राईनी म्याडमहरुको पनि अब केही जोर-जुलुम ! नचल्ने भयो भन्ने त कुलुङ जातिले पाएको अलग्गै जातिगत कोड-६२ र भाषागत कोड-२९ ले नै प्रमाणित गरेको छ ।  यसले धेरथोर त्यस्तै हो, तर, १२औं राष्ट्रिय जनगणनामा पनि कुलुङ जातिको जनसंख्या र भाषागत तथ्यांक अरु जातजातिको जस्तै अलग्गै आउने पक्का भयो । त्यसैले हाम्रो वास्तविक संख्या देखाउन वा भनौं जनगणनामा कुलुङ लेखाउन लागि परौं । यसका लागि ‘धन हुनेले धन, जन हुनेले जन, समय हुनेले समय, … हुनेले … दिऊँ !’ भन्ने सबै कुलुङ वन्धुहरुमा एक पटक फेरि पनि मेरो हार्दिक अनुरोध छ ।

अर्को भनेको हामी (कुलुङ) हरुले विगत ‘२१÷२२ वर्ष देखि गाँठो देखिने पेन्ट र फित्तावाल चप्पल लाएर, फ्याट्ट-फ्याट्ट गर्दै हिँडेको र, कहिलेकाही त “चिया-नास्ता समेत नखाई” कुलुङका लागि भनी खटेको सार्थक फल पाउन आँटेको हामीले गर्व मान्नुपर्ने हुन्छ । हुन त कतिपयले लाखौं नगद लगायत अन्य सरसहयोगका साथै आप्mनो अमूल्य समय दिएका छन्, बुद्घि घोटेका छन्, अनेकौं ठाऊँमा धाएका छन्, यसरी धन, समय, बुद्घि लगायत अनेक काम गरेको-खटेको फल धन्य आज म जिउँदो हुँदै देख्न-भोक्न पाउने भएँ !

त्यसैले म आफूले आपैmलाई धन्य सम्झी रहेको छु, यो समय । अझ महत्वपूर्ण कुरो कुुलुङ जाति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ को दफा २ (क) अनुसार आदिवासी जनजाति सूचीमा सूचीकृत हुन बाँकी नै छ । हुन पनि हामीले जत्ति नै कुलुङहरु राई होइन, नेपालका अरु जात वा जातिसरह कुलुङ पनि अलग्गै जातीय स्वपहिचान भएको जाति हो भने तापनि आदिवासी जनजाति सूचीमा नपरेसम्म कसैले पनि कुलुङ अलग्गै जाति हो भनेर गन्दैन-भन्दैन ! किनभने, आदिवासी जनजातिको सूची हेर्दा सो सूचीमा कुलुङ जातिलाई अलग्गै जातिका रुपमा उल्लेख भएको हुँदैन ।