काठमाडौँ । नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टेक्निकल कमिटीको सिफारिसअनुसार १ वर्षका लागि उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।
आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्ने छन् ।
विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।
यसअघि कतार,किर्गिस्तान,साउदी अरेबिया र कुवेतका विभिन्न टिममा रहेर अब्दुल्लाहले जिम्मेवारी बहन गरिसकेका छन् ।