• मंसिर १२ २०८१, बुधबार

कस्तो अवस्थामा पाठेघर फाल्नुपर्ने हुन सक्छ ?

चैत्र १६ २०७७, सोमबार

काठमाडौं । महिलामा धेरै देखिने स्वास्थ्य समस्यामध्ये पाठेघरको मुखको क्यान्सर पनि हो । धेरैजसो महिलाको पाठेघरमा मासु पलाउने तथा संक्रमण हुने र पाठेघरको मुखको क्यान्सर हुने गर्दछ ।

पाठेघरमा मासु पलाउने समस्या करीब २० देखि २२ प्रतिशत महिलामा हुन्छ । यस्तो मासु पलाउँदा पेट दुख्ने, पेट फुलेजस्तो हुने महिनावारीमा बढि रक्तश्राव हुने गर्दछ । यो समस्या सबैमा एउटै कारणले हुदैँन । धेरैजसोमा खानपान, सरसफाईको कमी, वंशाणुगत र वातावरणीय कारणले हुने गर्दछ ।

पाठेघरमा मासु पलाउँदा लामो समयसम्म कुनै लक्षण नै नदेखिन पनि सक्छ । लक्षण देखिए पनि सबैमा एकै प्रकारको नहुन सक्छ । व्यक्तिको शारीरिक क्षमता र पलाएको मासुको प्रकृति अनुसार फरक पर्न सक्छ । सामान्यतय देखिन लक्षण यस्ता छन् ।

लक्षण :
-पेट ठुलो हुदैँ जाने
-पेट दुख्ने
-महिनावारी हुदाँ बढि रक्तश्राव हुने
-धेरै दिनसम्म रगत बग्ने
-शरीर आलस्य हुने
-रिगँटा लाग्ने
-खाना अरुची हुने
-बान्ता हुने
-सेतो गन्हाउने पानी बग्ने
-शरीरमा रगतको कमी हुने
-मासु ठुलो भएमा बच्चा नबस्ने

पहिला ४५ वर्ष नाघेका महिलामा मात्र पाठेघरको समस्या देखिन्छ भन्ने गरिन्थ्यो भने अहिले कलिलो उमरेका महिलामा पनि देखापर्न थालेको छ ।

सुत्केरी अवस्थामा सरसफाईमा ध्यान नदिदाँ पाठेघर सम्बन्धी समस्या देखिन सक्छ । यो समस्या बढ्दै गएमा पाठेघर फाल्नुपर्ने पनि हुनसक्छ ।

यो समस्या विशेषगरी महिनावारी सुकेको महिलामा बढि देखिने गर्दछ । पाठेघरमा मासु पलाउने बित्तिकै पाठेघर फाल्नु पर्दैन । यसको उपचार अन्य तरिकाबाट पनि गर्न सकिन्छ । महिलाको उमेर, पाठेघरमा पलाएको मासुको आकारप्रकार र यसले गर्न सक्ने बाधा अनुसार उपचार गर्नुपर्ने हुन्छ ।

पाठेघर फ्याँकिसकेपछि कमजोरी हुने र हर्मोनमा गडबढि हुनसक्ने भएकाले सन्तुलित खानपान, सरसफाई व्यायाममा सन्तुलन मिलाउनुपर्छ । चिकित्सकको सल्लाह अनुसार औषधिको सेवन र परिक्षण गराउनुपर्छ ।

बच्ने उपाय :
कुनै पनि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम उपाय हो । पाठेघरमा मासु पलाउने समस्यामा यस्ता बिषयमा ध्यान दिएमा बच्न सकिन्छ ।
-समय समयमा पाठेघरको परिक्षण गरिरहने
-गुप्तागं सधैँ सफा राख्ने
-कम उमेरमा बच्चा नजन्माउने
-असुरक्षित गर्भपतन नगराउने
-धेरैसँग यौन सम्पर्क नगर्ने
-स्वस्थ्य र सन्तुलिन खानपान गर्ने