काठमाडौं । त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जितेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराएको हो ।
खेलको १८ औँ मिनेटमा नेपालका लागि लागि सन्जोक राईले र ४२ औँ मिनेटमा विशाल राईले गोल गरे । पहिलो हाफमा नेपालले दुई–शून्यको अग्रता बनाएको थियो । दोस्रो हाफपछि खेलको ८३ औँ मिनेटमा बंगलादेशले गोल फर्कायो।