• मंसिर ११ २०८१, मंगलवार

‘चियावाली’ सृष्टीको अभिनय रहेको ‘कफी खाउँ कि चिया’ बजारमा (भिडियो)

चैत्र १६ २०७७, सोमबार

काठमाडौँ / 

हालै समाजिक सञ्जालहरुमा भाइरल भएकी ‘चियावाली’ सृष्टी तामाङ समेतले अभिनय गरेको गीत ‘कफी खाउँ कि चिया’ को भिडियो सार्वजनिक भएको छ ।

लोकलयमा सजिएको सो गीत राजेन्द्र भण्डारीको सिर्जना हो भने गीतमा भण्डारी आफैले संगीत समेत भरेका छन् । महेन्द्र भण्डारीले संगीत संयोजन गरेको सो गीतको आवाज खड्क बाजुरालीले मिक्सिङ गरेका हुन् ।

चर्चित गायिका कल्पना दाहाल र राजेन्द्र भण्डारीको स्वरमा सजिएको सो गीतलाई राजेन्द्र बाजुराली र गोविन्द पराजुलीले रेकर्ड गरेका हुन् । उक्त गीतको भिडियोमा सृष्टी तामाङ ‘चियावाली’, अर्जुन कुँवर ‘पितृ बुढो’ भीम केसी र स्मृती पुन लगायतको अभिनय रहेको छ ।

गुरुआमा फिल्मसले अडियो, भिडियो निर्माण गरेको सो गीतको भिडियोलाई स्मृती तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकि हुन् । प्रकाश धमलाले सम्पादन गरेको सो भिडियोका दृश्यलाई सुरेश श्रेष्ठले क्यामरामा कैद गरेका हुन् ।

हेरौं भिडियो ⇓