काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला ८६ हजार ३ सय रुपैँयामा कारोबार भैरहेको छापावाला सुन सोमबार तोलामा २ सयले बढेर ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ रहेको छ ।
यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।