• मंसिर ११ २०८१, मंगलवार

पञ्चवर्षीय योजनाको निर्माता रुसले गरेका प्रगति

चैत्र १२ २०७७, बिहीबार

समाजवादमा उत्पादनका साधनहरु सामूहिकीकरण, राष्ट्रियकरण गरी समाजमा गरिब, धनी, शोषण दमनको अन्त गर्नुपर्छ भनेर शब्दहरु कार्लमाक्र्स, एंगेल्सहरुले लेख्नुभयो र यो कुराको लेनिनले दृढ समर्थन गर्दै अरु कैयौँ लेख र साहित्यहरु लेख्नुभयो । म्याक्सिम गोर्कीले पनि आफ्नो विश्व प्रसिद्ध उपन्यास ‘आमा’ का मूल नाटक पाभेल मार्फत् मीठो, रसिलो र दृढतापूर्वक त्यसको वकालत गर्नुभयो तर हजारौँ वर्ष अघिदेखि दास मालिक, सामन्त, जमिन्दार, पुँजीपति, सुदखोरहरुको कब्जामा रहेको त्यहाँको विशाल भूमिमा पैmलिएको हजारौँ जाति, जनजातिहरुका सम्पूर्ण शक्ति र स्रोतहरुलाई मध्यनजर गरी इतिहासमा सर्वप्रथम सोभियत राज्य स्थापना गर्न र त्यो राज्यको अधिनमा कलकारखानाहरु, उद्योग, खानी, जग्गा, जमिनहरु, फर्मजस्ता उत्पादनका साधनहरु ल्याउन र सफलतापूर्वक मजदुर, किसानहरुलाई स्वामित्व वितरण गर्न कति चुनौती, संकटना र कठिन पर्यो होला ? एक सय वर्षपछि आज कल्पना मात्र गर्न सकिन्छ ।

‘कुरो गर्नु र कुलो खन्नु’ आकाश पाताल  झैंफरक हुन्छ भन्ने नेपाली उखान खाडल खन्दा ढुङ्गा पहरा, भीर, माटाको सुरुङ, पत्थरको सुरुङ, पुल, पुलेसालगायत, भँड्खारो, अवर्णनीय कुराहरु पनि हुन्छन् । स्टालिनले ती सबै कुराहरु भोगेका हुन् । सोभियत संघका बोल्सेभिक पार्टी सदस्यहरु, लालसेनाहरुलाई माक्र्सवाद, लेनिनवादका सिद्धान्त र उद्देश्यहरुबारे विशेष प्रशिक्षण, प्रचारप्रसार र प्रभावले उद्योग, खानी र कलकारखानाहरु सामूहिकीकरण, जमिनको कम्युनिकरण, यान्त्रीकरण र बैंक, यातायात, स्वास्थ्य उपचारजस्ता कुराहरु राष्ट्रियकरण गर्न सफल भएको हो । जुन प्रारम्भिक घडीमा त्यहाँका अघिका डाक्टर, इन्जिनियर, विशेषज्ञ र कर्मचारीहरु विदेश पलायन भएका थिए जो मजदुर किसान सामानको जीवन जीउन पर्ला भनेर डराउँथे त कैयौँ भ्रष्ट र त्रूmर नोकरशाहहरु सजाय मिल्ला भनेर । वास्तवमा सोभियत संघको समाजवादको निर्माण र विकास मूलतः त्यहाँका अशिक्षित तर ज्यादै परिश्रमी, इमान्दार, मजदुर, किसानहरुले सिर्जना गरेका हुन् । चीनमा पनि त्यस्तै भएको थियो ।

जमिनदार, सामन्त र सुदखोरहरुका नियन्त्रणबाट जग्गा जमिनहरु राज्यले सुरुका दिनहरुमा किसानहरुलाई वितरण गर्यो र पछि किसानहरुलाई प्रशिक्षण र स्पष्ट पारेर उनैका सहयोगमा सामूहिकीकरण र कम्युनीकरण गर्यो । मजदुर, किसानहरु, युवाहरु र महिलाहरुमा जागरण यसरी ल्यायो कि सोभियत संघको राज्य उनको हो, उनैले बनाउनु पर्ने हो र संरक्षण गर्नुपर्ने दायित्व पनि उनैको हो । अनि त मान्छेहरु दिनको १४–१६ घण्टासम्म खटेर अहोरात्र आफ्नो दिलोज्यानले सहयोग गरे, श्रमदान गरे । जबकि राज्यको नीति दिनको आठ घण्टा, हप्ताको एक दिन बिदा र ६० वर्ष माथिकालाई श्रमदान गर्न नपर्ने बरु पेन्सन थियो । मानव जातिको इतिहासमा सर्वप्रथम सोभियत संघमा उलटपुलट भयो । खाद्यान्न भनौँ अन्न, तरकारी,  फलफूल, माछामासु, तेलहन, दलहन लगायतका कुराहरुका उत्पादन यति प्रचुर भयो कि सोभियत संघको स्टालिनकालमा त्यसको मूल्य नै थिएन, भए पनि नगन्य थियो ।

कृषि उत्पादनमा यान्त्रिकिकरणको नीति अपनाएर राज्यले कृषकहरुका परिश्रमको समयलाई घटाएर ६ घण्टामा झार्यो, ठूला उद्योगका विकासमा तीव्रता दिएर चौतर्फी उन्नति, प्रगति गर्यो । ठूलासाना नदीहरुमा बाँध बाँधेर जताततै सिचाईं सुविधा पुर्यायो, साइबेरियामा ५ हजार किलोमिटरको सडकमार्ग निर्माण गरेर कायापलट गर्यो । एसियाको भ्लादिभोस्टकदेखि युरोपको मास्कोसम्म रेलमार्ग निर्माण गरेर अकल्पनीय कुराहरु पूरा गर्यो । रेलगाडीका इन्जिन र डिब्बाहरु, हवाईजहाज, पानीजहाजहरु, ट्याक्टर र गाडीवाहनहरु जस्ता सयौँ महत्वपूर्ण यन्त्र र साधनहरु स्टालिनको नीति निर्देशन र रेखदेखमा देशभित्रै निर्माण हुन थाले । यसको लागि फलाम खानी, कोइला खानी, पेट्रोलियम खानी र अन्य सम्पूर्ण खानीहरुको उत्खनन् र अनुसन्धान पनि उच्च रुपले हुन थाल्यो । तीस र चालिसको दसकमा यो कुरा भएको हो । जुन अवधिमा पश्चिमा पुँजीवादी मुलुकहरुमा महामन्दी छाएको थियो । त्यहाँका मजदुर र किसानहरु महँगी, बेरोजगार र अभावले सम्वृद्ध सोभियत संघमा हजारौँ र लाखौँ संख्यामा प्रवेश गर्न थालेका थियो त्यस अन्तरालमा ।

स्टालिनकालमा सोभियत संघको चारैतिर पुँजीवादी, सामन्ती र साम्राज्यवादी राज्यहरु भएकोले कुनै पनि बेला युद्ध आक्रमण हुन सक्ने सम्भावना थियो । तसर्थ आत्मरक्षाको लागि सोभियत संघको सरकारले लालसेनाको स्तर उन्नति अनि साना तथा ठूला हतियारको कारखानाहरु निर्माण गरेर प्रतिरक्षा प्रणालीलाई मजबुत पारिएको थियो । आत्मनिर्भर बनेको थियो । नभन्दै दोस्रो महायुद्धमा हिटलर, मुसोलिनीको फासिस्ट र नाजी सैन्यशक्तिले सोभियत संघमाथि आक्रमण गर्यो । तर स्टालिन नेतृत्वको सोभियत संघका लालसेनाहरुले उनीरुलाई ढुस्कुट पारिदियो । जुन संग्राममा चीन, कोरिया, मंगोलिया लगायतका लाखौँ योद्धाहरुले रुसी लालसेनामा भर्ती भएर हिटलरी सेना विरुद्ध लडेका थिए र हजारौँ संख्यामा सहिद भएका थिए । माओत्सेतुङको छोरा आन यिङ र उत्तर कोरियाली नेता किम इल सुङ स्वयं पनि दोस्रो महायुद्धमा रुसका लालसेना थिए । सन् १९५२ तिर आन यिङ उत्तर कोरियाको स्वाधीनताको संग्राममा अमेरिकी सेना विरुद्धको युद्धमा सहिद भए ।
सोभियत संघका सम्पूर्ण मजदुर र किसानहरुलाई निःशुल्क स्वास्थ्योपचार, शिक्षा र यातायात पनि निःशुल्क राज्यले उपलब्ध गरायो । साथै उनीहरुका सन्तानहरुका लागि बालविकास केन्द्र, नर्सरी शिक्षा केन्द्र, वृद्धहरुलाई वृद्धाश्रम, कृषिफर्म, जग्गा जमिन लगायत सम्पूर्ण उत्पादनका साधनहरु सामूहिकीकरण, राष्ट्रियकरण र कम्युनीकरण सम्भव भएको हो । यसमा यान्त्रीकरणले ठूलो भूमिका खेल्यो । तसर्थ यो स्वयम्मा स्टालिनवादको परिाणाम थियो ।

पञ्चवर्षीय योजनाका प्रणेता

पुँजीवादी मुलुकहरुमा हरेक वर्ष हजारौँ विज्ञहरु र विद्वानहरु जन्मिए पनि एक शताब्दी अघि उनीहरुका योजना एक वर्षका हुन्थे । सोभियत संघले भने नयाँ योजना व्यवहारत प्रदर्शन गरे, पञ्चवर्षीय आयोजना । ठूला उद्योगहरुको निर्माण र विकास, जमिनको कम्युनिकरण हजारौँ कि.मी. लामो सडक तथा नहरहरुको निर्माण, रेल लिगको तयारी जस्ता सयौँ महत्वपूर्ण कुराहरु सफलताको शिखरमा उक्लन स्टालिन नेतृत्वको सोभियत संघको सरकारले अगाडि सार्यो । जुन प्रायः हरेक आयोजनाहरु लक्ष्यभन्दा अघि नै सफल हुन्थे । यो सिद्धान्त आजको विश्वका सम्पूर्ण राष्ट्रहरुले अवलम्बन गरिरहेछन् तर तीमध्ये कसैले पनि उक्त सिद्धान्तका प्रणेता स्टालिनको नाम लिँदैन । जुन सबै खालका विज्ञ र वैज्ञानिकहरुका लागि पनि प्रेरणापूर्ण मार्गदर्शन हुन् ।

पञ्चवर्षीय आयोजनाको परियोजना किन पनि आएको हो भने वर्षमा ३६५ दिन हुन्छन् । जुन अन्तरालमा बालीनाली २ वा ४ मात्र हुन्थ्यो । खाद्यान्न बिना कुनै पनि श्रमिकहरुले श्रम गर्न सक्दैनन् । तसर्थ खाद्यान्न, श्रमिक वर्गको क्रियाशीलता र राज्यको क्षमतालाई मध्यनजर गर्दै स्टालिनबाट पञ्चवर्षीय आयोजनाको अवधारणा आएको हो । अनि कुनै पनि भौगोलिक धरातलमा जनसंख्याको निश्चित स्रोत हुन्थ्यो तर परियोजना विशाल पनि रहन्थ्यो जस्तो कि वाल्टिक खाडीबाट दक्षिणको क्यासपियन सागरसम्मको तीनहजार किलोमिटर भन्दा लामो नहरको निर्माण ।
मजदुर र किसान शहर र गाउँ अनि मानसिक श्रम र शारीरिक श्रमबीचको विभेदको अन्तर समायोजनको सिद्धान्त सन् १९१७ को अक्टोबर क्रान्ति अघि रुस र संसारभरि डाक्टर, इन्जिनियर, वैज्ञानिक विज्ञ, प्राविधिक, नोकरशाही, मन्त्री, सांसद जस्ता मानसिक श्रम गर्नेहरुलाई राज्य र निजीक्षेत्रले पनि उच्च स्तरको वेतन, भत्ता, सुविधाहरु उपलब्ध गराउँथे । तर मजदुर, किसान लगायतले परिश्रमी वर्गका जनताको दैनिक उपभोग्य वस्तुहरुको जिम्मेवारी कसैले लिन्थेनन् । उनीहरुका श्रम गरुन्जेल मात्र वेतन मिल्थ्योे, जुन न्यून हुन्थ्यो । पेन्सन, भत्ता, सेवा, सुविधाहरु क्यै मिल्थेनन् । जसको आर्थिक, भौतिक, जीवन कठोर र कष्टकर हुन्थ्यो, मजदुरहरुको र सम्पूर्ण परिश्रमी वर्गका कैँयौँले अल्पायुमै मृत्युवरण गर्नु पर्थ्यो।

आम किसानहरुका जीनव त झनै समस्या र संकटमा हुन्थे । किनकि घामपानी, हिउँ, वर्षा, रात दिन, झरीवादल, चट्याङ, हिंस्रक जंगली जनावर, विषालु काँडा, कीट पतङ्ग, राग बिमार केही नभनी अहोरात्र खाद्यान्न उत्पादनको लागि लागी पर्ने किसानहरुलाई मल, बीउबिजन, बाली, विषादी, सिचाईं, तलबभत्ता, पेन्सनजस्ता कुराहरु राज्यबाट केही मिल्थेनन् । सुख्खा खडेरी, असिना, हिमपातजस्ता प्राकृतिक प्रकोपबाट बालीनाली विनासहुँदा उनीहरुका जीवन वर्षौंवर्षसम्म दुष्प्रभावित हुन्थे । त्यसरी नै शहरबजार, स्कूल, अस्पताल, कलेज, उद्योग, कलकारखानाहरुमा रोजगारका कैयौँ सेवा सुविधाहरु प्राप्त हुन्थे तर गाउँ अझ दूरदराजमा गाउँ बस्तीका जनता सबै कुराहरुबाट विमुख हुन्थे । अक्टोबर क्रान्तिअघि गाउँ र सहरको विभेद ज्यादै ठूलो थियो ।

समाजशास्त्री तथा दार्शनिक जोसेफ स्टालिनले उत्पादनका साधनहरुको सामूहिकीकरण र राष्ट्रियकरणको नीतिले माथिका सम्पूर्ण विभेदहरुलाई अन्त गर्ने नीति अपनाउनु भयो र व्यवहारतः प्रदर्शन पनि । एउटा कडा श्रम गर्ने मजदुर र किसान अनि मानसिक श्रम गर्ने डाक्टर, इन्जिनियर, नोकरशाह, सांसद, नेताको बीचमा के अन्तर छ ? शारीरिक श्रम गर्ने मजदुर, किसानहरुको योगदान आफ्नो ठाउँमा महान् छ यद्यपि ती सबैका बाआमा, छोराछोरी, परिवार हुन्छन् भने सेवा र सुविधा पनि समान नै हुनुपर्छ । त्यसरी नै गाउँ र सहरका जनता जहाँ रहे पनि उनीहरुलाई, खाना, कपडा, आवास, शिक्षा, पानी, स्वास्थ्य, विद्युत, सडकजस्ता महत्वपूर्ण कुराहरु समान रुपले उपलब्ध गराउनु राज्यको दायित्व हो । स्टालिनको नेतृत्वमा विशाल सोभियत संघको सरकारले उक्त कुरा पूरा गरेको हो । जुन कुरा समाजवादी सोभियत संघको बिलकुल नौलो कुरा थियो । यसलाई स्टालिनवादको एक महत्वपूर्ण कडी मान्न सकिन्छ । जुन विषयमा माक्र्स, एंगेल्स र लेनिनका पुस्तकहरुमा खासै उल्लेख छैनन् ।

(क) कम्युनिस्ट अन्तराष्ट्रवादको सिद्धान्तको सुदृढीकरण

दार्शनिक माक्र्स, एंगेल्स र लेनिनहरुको साम्यवादी समाज विश्वव्यापी निर्माण गरिनुपर्ने समाज व्यवस्था भएकोले संसारभरिका श्रमिकहरु जागरुक हुनुपर्ने, संगठित हुनुपर्ने र एकादेशका मजदुरहरुले अर्को देशका मजदर वर्गको संघर्ष र क्रान्तिलाई सहयोग गर्नुपर्ने र आइपर्दा हतियार बोकेर मैदानमा जानुपर्ने कुरामा जोड छ । यो सिद्धान्तलाई जोसेफ स्टालिनले अक्षरस परिपालना गर्नुभयो । बितेका शताब्दीमा विश्वका कुनै पनि शीर्षस्थ नेतृत्वले अर्जेन्टिनामा जन्मेर मेक्सिकोहुँदै क्युबाली क्रान्तिको संग्राममा होमिएर मुक्त गर्न एक महत्वपूर्ण बोलिभिया मुक्ति संग्राममा होमिए, नेतृत्व गरे । तर परिस्थितिको प्रतिकूलता र दुश्मनको ठूलो आक्रमणले उनको दलबल ध्वस्त बने, चेग्वेभारा सहिद बने । संसारभरिका क्रान्तिकारी परिवर्तनकामीहरुका हृदयमा चम्किलो तारा झैँ । उत्तर कोरिया मुक्तिका लागि लाखौँ चिनियाँ जनमुक्ति सेनाका योद्धाहरुलाई पनि यतिखेर स्मरण गर्न सकिन्छ । माओत्से तुङको जेठो छोरा आन यिङ पनि यस संग्राममा शहिद भएका थिए । जो हिटलरी फासिष्ट सेनाका विरुद्ध पनि लडेका थिए ।

जोसेफ स्टालिनको नेतृत्वमा सोभियत संघको राजनैतिक, सामाजिक, आर्थिक, भौतिक, वैचारिक रुपले विकास र सम्वृद्ध तुल्याउन कुनै कसर राखिएन । जसको परिणाम केवल दुई दशक (१९१७-१९३७) मा सोभियत संघ विश्वको सर्वाधिक सम्पन्न र शक्तिशाली राष्ट्र बन्न सफल भयो । यसैले जर्मन, जापान र इटली जस्ता साम्राज्यवादी शासकहरुलाई पतन तुल्याउन निर्णायक भूमिका खेल्यो । पूर्वी युरोपको मुक्ति, मंगोलिया, चीनको मुक्ति र त्यहाँ समाजवादी समाजको विकासमा पनि स्टालिन नेतृत्वको सोभियत संघले हर क्षेत्रमा भारी मद्दत पुर्यायो । यो कम्युनिस्ट अन्तराष्ट्रवादको उच्च उदाहरण हो । त्यति मात्र हैन दोस्रो महायुद्धपछि समीक्षा अफ्रिका र लैटिन अमेरिकी मुलुकहरुमा राष्ट्रिय स्वाधीनताको संग्राम अगाडि बढ्यो । साम्राज्यवादी ब्रिटेन, अमेरिका, फ्रान्स, जर्मन, पोर्चुगल लगायका शासकहरुका उपनिवेशहरु पतन भए । जस्तै–भारत र बर्माबाट अंग्रेजहरु फिर्ता भए । यसमा सोभियत संघको शक्ति र स्रोतहरु अनि विचारले ठूलो भूमिका खेल्यो ।

जातीय एकताको सिद्धान्त

अक्टोबर १९१७ को क्रान्तिपछि जोसेफ स्टालिनको सयौँ जातिहरु भएको रुस र त्यस वरपर भएका गणराज्यहरुको बीचमा यस्तो एकता र ऐक्यबद्धताको नीति अगाडि सार्नुभयो, जुन इतिहासमा अघि कहिल्यै कसैले गर्न सकेको थिएन । हरेक जातिले अर्को जातिको इतिहास, भुगोल, संस्कृति, परम्पराहरुलाई सम्मान गर्ने अनि सोभियत संघमा आबद्ध गणराज्यहरु सबैले आफ्नो भूगोलभित्रको आर्थिक, सामाजिक, साँस्कृतिक विकासको निर्णय स्वयम् गर्न पाउने तर मार्गदर्शन केन्द्रको स्वीकार्ने पर्ने जुन केन्द्रमा आफ्नो प्रतिनिधि पनि राख्न पाउने । अनि बहुमत जनताले चाहेका खण्डमा संघबाट छुट्टिन पनि पाउने । जुन नीतिले सोभियत संघ तथा त्यसमा आबद्ध सम्पूर्ण गणराज्यहरुको चौतर्फी विकास र उन्नति भयो । यसमा उत्पादनका साधनहरुका सामूहिकीकरण र राष्ट्रियकरण मूल कडी थियो र शीर्षस्थ नेतृत्व स्टालिनजस्तो महामानव थिए । जो गहन अध्ययनकर्ता, अनुसन्धानकर्ता, राष्ट्र र जनता अनि विश्वव्यापी जनताको शान्ति सुव्यवस्थाप्रति पूर्णरुपले इमान्दार र बफादार हुनुहुन्थ्यो ।

निस्वार्थ र नम्रताको खानी

स्टालिन चौतर्फी विषयको गहन ज्ञानको भनौँ प्रतिभाले सम्पन्न हुँदाहुँदै उहाँले  आफूलाई सधैँ  मार्क्स, एंगेल्स र लेनिको शिष्यको रुपमा प्रस्तुत गर्नुहुन्थ्यो । पिछडिएको जारकालीन पुँजीवादी राष्ट्रलाई मुक्त तुल्याउन अकल्पनीय यातना, यन्त्रणा, जोखिम मोलेर संकट र समस्याहरुसँग जुध्दै नेतृत्वप्रति पूर्ण इमानदार बनी अक्टोबर क्रान्ति सम्पन्न भयो । त्यसपछि गृहयुद्धमा विजय, २० वटा गणराज्यहरुको बीचमा सोभियत संघको निर्माण, उत्पादनका साधनहरुको सामूहिकीकरण र राष्ट्रियकरण, समाजवादी समाजको विकास र सुदृढीकरण, यसको विरोध र विद्रोह गर्ने तयारीमा लागेका ट्राटस्कीवादीहरुको विनाश, हिटलरी नाजीहरुको आक्रमण तथा दोस्रो महायुद्धमा सोभियत संघका लालसेनाहरुका निर्णायक भूमिका, युद्धले ध्वस्त भएको सोभियत संघको पुननिर्माण र पूर्वी युरोप, मंगोलिया, चीनलगायत समाजवादी तथा जनवादी राज्यहरुको आर्थिक, भौतिक, प्राविधिक, वैज्ञानिक विकासमा सहयोग र योगदान साथै विश्वव्यापी जनताको मुक्ति र स्वाधीनताको लागि दह्रिलो आडभरोसा जस्तो सयौँ कीर्तिमानी कुराहरु छन् ।

जुन मानव इतिहासमा अघि कहिल्यै कसैले प्राप्त गरेका छैनन्, ती महान् र ऐतिहासिक कुराहरु जोसेफ स्टालिनको नेतृत्वमा भयो । तथापि उहाँ सधैँ जनतालाई गुरु मान्नु हुन्थ्यो र भन्नु हुन्थ्यो, जनतामा ज्ञानको भण्डार छ, शक्तिको स्रोत छ, जुन कुरालाई कम आँकलन नगर, अमेरिकी एक दुईवटा ध्वंसात्मक एटम बमले केही विनाश गर्ला तर त्यसले इतिहासको निर्माण गर्दै, इतिहासको वास्तविक निर्माण त मानवीय जनशक्तिले मात्र गर्छ । जनता अजय छ ।

स्टालिन सिद्धहस्त लेखक पनि हुन्, उनका मूल पुस्तकहरु निम्न हुन् :–

१. अराजकतावाद वा समाजवाद
२. जातीय एकताका सवाल र सिद्धान्तहरु
३. लेनिनवादका सिद्धान्तहरु
४. लेनिनवादका मूल आधारहरु
५. रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को इतिहास
६. द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको सिद्धान्त
७. सोभियत संघका समाजवादी विकासको आर्थिक समस्याहरु

माथि पुस्तकहरु लगायतका उहाँका अरु सयौँ सामयिक लेख, निबन्धहरु छन् । जुन पुस्तक ग्रन्थहरुमा माक्र्स, एंगेल्स र लेनिनवादबारे विस्तृत कुराहरु छन् । तर दह्रो र खरो रणभूमिमा सफलतापूर्वक अगाडि बढेका स्टालिनको अनुभवसिद्ध, सिद्धान्त र नितीहरुबारे माक्र्स, एंगेल्स र लेनिनका पुस्तकहरुमा कुनै कुराहरु उल्लेख छैनन्, जुन सम्भव हुने कुरा पनि भएन । किनकि इतिहास अगाडि नै बढ्छ पछाडि हट्ने कुरै भएन । तसर्थ माक्र्सवाद र लेनिनवादभित्र स्टालिनवाद आउँदैन तर स्टालिनवादभित्र  मार्क्सवाद र लेनिनवाद स्वतः समेटिन्छन् ।
स्टालिनले आफ्ना कार्यकालमा १२ खरब रुबल (१ रुबल बराबर ९ डलर) सही रुपले परिचालन गरी चौतर्फी उन्नति प्रगतिपथमा लाग्नुभयो । सोभियत संघमा आबद्ध झण्डै २० वटा गणराज्यहरु पूर्वी युरोपियन साम्राज्यवादी राष्ट्रहरु, मंगोलिका, चीनका समाजवादी समाजका विकासमा मात्र हैन कि विश्वव्यापी मुक्ति र स्वाधीनताको लागि दृष्टि दिनु भयो । तसर्थ जोसेफ स्टालिन मानवजातिकै इतिहासमा सर्वोच्च कमाण्डर हुन् । जुन भूमिका आजसम्मका इतिहासमा कुनै पनि दार्शनिक, नेता र सेन्य कमाण्डरहरुले निर्वाह गर्न सकेको छैन ।

विश्वशान्ति र मानवजातिको समृद्धिको नीति

स्टालिन नेतृत्वको सोभियत संघको आर्थिक र राजनैतिक नीति भनौँ कलकारखाना, उद्योग, खानी, जमित जस्ता उत्पादनका साधनहरुको सामूहिकीकरण र राष्ट्रियकरणको नीति अनि त्यसको राजनैतिक नेतृत्व मजदुर किसान वर्गले गर्नुपर्ने वा उनीहरुको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीले गर्नु पर्ने । यो अनिवार्य शर्त हो समाजमा शान्ति र सवृद्धिका लागि । यस कुराले विश्वका सबै पुँजीवादी र सामन्तवादी समाजको पतन हुने देखेर प्रथम महायुद्धका नायकहरुले हतार हतार युद्ध रोकेर तिनको बन्दुक र बमहरु सोभियत रुसमाथि वर्षाएको थियो । जसको नेतृत्व ब्रिटेनका चर्चिलले गरेको हो । यो त्यही चर्चिल हो जसले सोभियत संघको सवृद्धि देखेर स्टालिनवादी राज्यसत्ता नष्ट गर्नुपर्छ भनेर निरन्तर आवाज उठाउँदै र जर्मनका हिटलरलाई आक्रमण गर्न पनि उक्सायो । जुन जर्चिल प्रथम महायुद्ध र द्वितीय महायुद्धमा पनि ब्रिटेनको प्रधानमन्त्री थियो । जो हरेक पाली परास्त भयो । क्रान्तिकारी जनता र तिनका लालसेनाको शक्ति र स्रोतले अनि स्टालिनबाट निर्देशिन हुनाले ।

साम्राज्यवादी मुलुकहरु आफ्नो राष्ट्रको राष्ट्रको सम्वृद्धि र आफ्ना मान्छेहरुका जीवनस्तरको उन्नति र भौतिक शक्ति स्रोतहरु जम्मा गर्न अरु कमजोर, साना र गरिब मुलुकहरुको प्राकृतिक संसाधनहरु र बजारहरु आफ्नो नियन्त्रणमा राख्न बाध्य हुन्छन्् । यसको लागि उनीहरु आफ्नो सशस्त्र सेना, गुप्तचर, लेखक पत्रकार, विद्वान् भन्नेहरु सबै परिचालन गर्छन् । मानवीय दृष्टिले यो अत्यन्तै निन्दित र घृणित प्रवृत्ति हो । तर राष्ट्रियता, निजी सम्पत्ति र एकनिष्ठ परिवार यी यस्ता कुरा हुन् जुन कारणले आफ्नो राष्ट्रको नेतृत्व गर्ने जति नै अपराधी, लुटेरा,  क्रूर र र विध्वंसक भए पनि मान्छेहरु तिनका पनि पछि लाग्दा रहेछन् भन्ने कुरा दोस्रो महायुद्धका खलनायक हिटलर, मुसोलिनी र तोगोका पछाडि करोडौँ सेनाहरु बन्दुक र बम बोकेर अरु मुलुकहरु लुटपाट गर्न हिँडेर चरितार्थ पारे ।

उग्र राष्ट्रवाद र जातिवादलाई निजी सम्पत्ति, एकनिष्ठ परिवारले पछाडिबाट जब्बर सिमेन्टको पर्खालले झैं भूमिका निर्वाह गरिरहन्छन् । तसर्थ विश्वशान्ति र मानव शान्तिको लागि अन्तराष्ट्रवाद, धनसम्पत्ति भनौँ उत्पादनमा साधनहरुको सामूहिकीकरण र राष्ट्रियकरण अनिवार्य छ । एकनिष्ठ परिवारको विकल्प खोज्नु पर्ने अर्को महत्वपूर्ण सवाल बनेको छ । जुन तथ्य र सत्यको आधारमा मानव प्रकृति अनुकूलको साथसाथै समाज र संसारको शान्ति र सम्वृद्धि तर्फ उन्मुख हुनुपर्छ । जोसेफ स्टालिनले विश्वशान्ति र मानव शान्ति र सम्वृद्धिको लागि आफ्नो जीवनमा हजारौँ क्रियाकलापहरु व्यवहारतः गरेर, लेखेर प्रदर्शन गरे । उहाँले दोस्रो महायुद्ध पछि भनौँ १२ मार्च १९५१ मा विश्व मानजजातिको शान्ति र सुरक्षाको लािग सोभियत संघको सरकारको  तर्फबाट दुई नीति घोषण गर्नुभएको थियो ।

१. युद्धको लागि प्रचार गर्ने कुनै पनि रुपमा होस् शान्तिको ध्येय विपरीत तिनलाई नोक्सान पुर्याउने र नयाँ युद्धको खतरा जन्माउने र यसै कारणले त्यो मानवताप्रति भयंकर अपराध ठहरिने छ ।
२. युद्धको लागि प्रचार गर्नेहरु दोषी ठहरिने छन् तिनलाई जघन्य अपराधी सरह मुद्दा चलाइने छ ।

स्टालिनको ७० वर्षको लागि जन्मोत्सवको अवसरमा सोभियत संघको सुप्रिम अध्यक्ष मण्डलले २० डिसेम्बर १९४९ मा राज्यहरु बीचको शान्ति सुदृढ गर्नका लागि अन्तर्राष्ट्रिय शान्ति पुरस्कार दिन सुरु गर्यो । हरेक वर्ष ५-१० जनालाई दिइने यो पुरस्कार सम्मानपत्र, स्टालिनको आवृत्ति अंकित सुनको तक्मा र १ लाख रुबल नगद प्रदान गरिन्थ्यो । जुन धनराशि तत्कालीन अवस्थामा विश्व भरिकै सर्वाधिक ठूलो पुरस्कार हो । यो पुरस्कार सन् १९५० मा फ्रेडरिक जोलियो क्युरी (वैज्ञानिक फ्रान्स), सुङ छिङ लिङ (चीन), ह्यालेट जानसन (ब्रिटेन), युजेन काटन (फ्रान्स), वशप आर्थर मोल्टन (अमेरिका), पाकदेन एई (कोरिया), हैरीबेरतिा जारा (मेक्सिको), सन् १९५१ मा को मोर्जा (चीन), पेट्रोनैनी (इटाली), याकु आबामा (जापान), मोनिका फैल्टन (ब्रिटेन), अन्ना सेबर्स (जर्मन), जार्ज एमाडो (ब्राजिल), सन् १९५२ मा डा.सैफुद्दीन (ब्राजिल), जानेन्स बेचर (जर्मन जनतन्त्र), जेम्स एण्डी कांट (क्यानडा), इलिया इहरेनबर्ग (सोभियत संघ) हरुले प्राप्त गरे ।