काठमाडौं । बलिउड अभिनेता आमिर खानलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना भाइरसको दोस्रो पटक तीव्र रुपमा फैलिन थालेको समयमा खानलाई पनि संक्रमण भएको हो ।
संक्रमण पुष्टि भएपछि अभिनेता खान अहिले होम क्वारेन्टाइनमा हुनुहुन्छ। आमिरले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।