• मंसिर ११ २०८१, मंगलवार

आन्तरिक पर्यटकीय गन्तब्यको खोजिमा नविननगर

चैत्र ११ २०७७, बुधबार

काठमाडौं । जनताको आर्थिक स्तरबृद्धि गर्ने उपायमध्ये एउटा उपाय हो पर्यटन् । नेपालको लागि पर्यटन व्यवसाय आर्थिक उपार्जनको मुख्य स्रोत नभएपनि देशको अर्थतन्त्रमा यसले केही प्रभाव भने अवस्य पार्दछ, पारिरहेको छ ।

कोरोना महामारी पछि विस्तारै उठ्न थालेको नेपालको पर्यटन फेरि पनि कोरोना महामारीको दोस्रो लहर आउनसक्ने सम्भावनाका खबरहरु बाहिरीएसँगै मानिसहरुमा चिन्ता थपिन थालेको छ । यति हुँदापनि नेपाली पर्यटकहरु देशका विभिन्न स्थानहरुमा गएर रमाउने क्रम पनि चलिरहेको छ ।

यसैबीच काठमाडौं वरपरका जिल्लाहरुमा पनि काठमाडौंमा रहेका  मानिसहरु पनि घुम्न जाने प्रचलन चल्न थालेको छ । यसैबीच काठमाडौंको तारकेश्वर नगरपालिका-९ का स्थानीयहरु काठमाडौं र नुवाकोटको सिमाना पर्ने ककनीमा घुम्न गएका छन् । ककनी नाम चलेको पर्यटकीय स्थल हो । हरियाली जंगल, चारैतिरको दृश्य देख्न सकिने ‘भ्यू पोइन्ट’ र स्थानीयस्तरमा उब्जिएका खानाका परिकारहरुले पनि ककनी प्रसिद्ध बनेको हो ।

वनभोज कार्यक्रमम तारकेश्वर नपा-मा रहेको नविननगर टोल विकास समितिको आयोजनामा भएको हो । वनभोजमा सो नगरपालिकाका प्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल र प्रमुख प्रशासकीय अधिकृत शिव लम्साल तथा विभिन्न वडाका जनप्रतिनिधिहरुको पनि सहभागित रहेको थियो ।

ककनी काठमाडौंको बाइपासबाट २१ किलोमिटर टाढा पर्दछ । नविननगर टोलविकास समितिले पर्यटन विकासका लागि हरेक वर्ष गर्ने वनभोज कार्यक्रम अन्तरगत यस वर्षपनि यो कार्यक्रमको आयोजना गरेको सो संस्थाका अध्यक्ष सुशान्त न्यौपानेले जानकारी दिए । पत्रकार समेत रहेका न्यौपानेको जन्मदिनको अवसर पारेर आयोजना गरिएको वनभोज कार्यक्रमको उद्धेश्य आन्तरिक पर्यटकीय स्थलको खोजि गर्नु रहेको छ । ककनी समुन्द्री सतहबाट २३ सय मिटर उचाईमा रहेको छ । ककनी स्ट्रबेरी र मुलाको रक्सीले प्रसिद्ध ठाउँ हो ।

त्यहाँ माछा पालन पनि रहेको छ । ककनी काठमाडौंबाट नुवाकोट छिर्ने नाका पनि हो । यसरी घुम्न जाँदा कामको दिक्दारी मेटिने सहभागीहरुको भनाई रहेको छ । पत्रकार तथा सामाजिक अभियन्ता सुशान्त न्यौपानेको  जन्मदिनको अवसर पारेर उनीहरुले वनभोज कार्यक्रम पनि गरेका थिए । पत्रकार सुशान्त न्यौपानेले यसरी समूहमा घुम्न जाँदा आपसमा मित्रता बलियो हुने र आन्तरिक पर्यटन पनि प्रवर्द्धन हुने धारणा राखे ।

खासगरी उनीहरु शनिबार पारेर, जन्मदिन पारेर वा अन्य कुनै तिथिमितिमा मनाइने विभिन्न पर्वहरु तथा चाडहरुको अवसर पारेर सपरिवार घुम्न जाने गर्न थालेका छन् । जाडो हटेसँगै यो क्रम झन बढ्न थालेको छ ।

यसरी घुम्न जाँदा उनीहरुले खानपानको व्यवस्था पनि उतै गरिने र मालसामानको किनबेच हुने भएकोले व्यापार पनि हुने गरेको छ । झण्डै वनभोज जस्ता लाग्ने यस्ता कार्यक्रमहरुमा खाद्य वस्तुहरुको किनमेल हुने भएकोले आर्थिक गतिविधि हुने गर्दछ । आर्थिक गतिविधि हुने भएकोले मानिसहरुको दैनिक जीवनमा केही न केही फरक पक्कै आउँछ नै ।

यसकारणले नेपालको आन्तरिक पर्यटनले नेपालीको आर्थिक जीवनमा सुधार ल्याउने दिशामा गइरहेको छ भन्न सकिन्छ । आन्तरिक पर्यटनमा मानिसहरु निस्कंदा आर्थिक गतिविधिका साथै विभिन्न स्थानहरुमा रहेका धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका चीजहरुको प्रचार प्रसार पनि हुन्छ ।

जसका कारण नेपाली मौलिकता बोकेका महत्वपूर्ण स्थानहरुको महत्व पनि बढेर जान्छ । नेपालमा छरिएर रहेका विविध जाति र समुदायमा लुकेर रहेका संस्कृतिहरुको प्रचारप्रसार हुन्छ ।