काठमाडौँ / शिक्षा मानिसको जीवनको नभई नहुने चिज मध्यको एउटा साधनको रुपमा विकास हुँदै आएको छ । परापूर्व कालदेखि शिक्षाका विभिन्न रुप र तरिका मानव जीवनले अवलम्बन गर्दै आएको छ । सिकाइमा विद्यार्थीहरुले आफूले सक्दो बढी सफलता प्राप्त गर्न विभिन्न तरिकाहरु अपनाइरहेका हुन्छन् । आफ्नो सफलताको लागि सिकारुले लक्ष्य समेत निर्धारण गरेका हुन्छन् ।
कोही सिकारु आफ्नो लक्ष्यको नजिक पुग्दापनि सन्तुष्ट हुन्छन् भने, संसारमा कोही यस्ता विद्यार्थी वा भनौं सिकारु हुन्छन् जो आफ्नो निश्चित लक्ष्यमा तलमाथी हुने बित्तिकै असन्तुष्टि व्यक्त गरिहाल्छन् । परिक्षामा जस्तोसुकै परिणाम आएपनि चित्त बुझाएर र चुप लागेर परिणाम स्वीकार्ने विद्यार्थी वा भनौं सिकारुको संख्या संसारमा बढी नै देखिन्छ तर यही दुनियाँमा कोही यस्ता विद्यार्थी हुन्छन् जो आफ्नो निर्धारित लक्ष्य अलिकति पनि तलमाथी भयो भने सो परिणामलाई स्वीकार गर्न सक्दैनन् बरु पुनःपरिक्षा वा पुनःपरिक्षणको माग गर्न पुग्छन् ।
अब तपाईं भन्नुस् पढाइमा तपाईंको लक्ष्य कति प्रतिशत नम्बर ल्याउनु हो ? अथवा आफना मान्छेले परिक्षामा कति नम्बर ल्याओस भन्ने अपेक्षा गर्नुहुन्छ ? नब्बे प्रतिशत बढी ल्याए हुन्छ भन्ने तपाईंको धारणा होला वा शतप्रतिशत त ल्याउन गाह्रो छ, ९९ प्रतिशत नम्बर ल्याए संसार टप हुन्छ भन्ने तपाईंको विचार आयो होला । हुन पनि हो औसत रुपमा हेर्ने र सोच्ने हो भने नब्बे भन्दा माथि प्रतिशत आउनु ठूलो सफलता समेत हो । र नब्बे प्रतिशत भन्दा बढी नम्बर ल्याउने विद्यार्थीलाई नेपालमा पनि ए प्लस श्रेणी भनेर भन्ने श्रेणिकृत गरिएको देखिन्छ ।
तर संसारमा कोही कोही यस्ता मानिस हुन्छन् जो आफ्नो काममा पूर्ण सफलता चाहन्छन् वा भनौं उनीहरु शतप्रतिशत परिणाम चाहन्छन् । यस्तै कोही विद्यार्थी हुन्छन् जो आफ्नो पढाई वा परिक्षामा पूर्ण प्रतिशत भनौं या सय प्रतिशत अंक चाहन्छन् । यस्तै परिक्षामा आफूलाई शतप्रतिशत अंक चाहने विद्यार्थीको रुपमा अहिले भारतकी पल अग्रवाल देखिएकी छिन् । अग्रवालले दिएको एक परिक्षामा आफूले ९९.९९ मात्रै नम्बर आएको भनेर उनले पुनःपरिक्षाको माग गरेकी छिन् । उनले आफ्नो लक्ष्य भनेको १०० प्रतिशत ल्याउनु रहेको बताउँदै आफूले दिएको एक परिक्षामा पुनःपरीक्षाको आवेदन गरेकी हुन् ।
अंग्रेजी वर्ष २०२१ को गत फेब्रुवरीमा भएको जेइई मेन (JEE MAIN) परिक्षामा उनले भारतको उत्तर प्रदेश टप गरेकी थिइन् तर उनले सो परिक्षामा आफ्नो लक्ष्य १०० प्रतिशत ल्याउने रहेको भन्दै अप्रिलमा पुनः त्यही परिक्षा दिने भएकी छिन् । जेइई मेन (JEE MAIN) भनेको भारतमा माध्यमिक स्तरको शिक्षा सकिएपछि इञ्जिनियरिङ्ग पढ्नको लागि लिइने राष्ट्रव्यापी परिक्षा हो । जुन परिक्षा उतिर्ण गर्ने विधार्थीले त्यहाँ इञ्जिनियरिङ्ग पढ्न सिफारिस पाउँछन् । भारतको राष्ट्रिय परिक्षण इकाई (National Testing Agency) NTAले सो परिक्षा लिने गर्छ । जेइई (JEE) को पुरा रुप -जोइन्ट इन्ट्रान्स एक्जामिनेशन (Joint Entrance Examination) हो ।
यो परिक्षा भारतका इञ्जिनियरिङ्ग पढ्न चाहने विधार्थी भरिको लागि एकैचोटी हुने गर्छ र भारतका हरेक राज्यहरुमा पास हुने साथै प्रथम हुनेहरुको समेत तालिका इन्टरनेटको माध्यमबाट प्रकाशन गरिन्छ । भारतको उत्तर प्रदेशबाट सहभागी पल अग्रवालले उत्तरप्रदेश टप गर्दै ९९.९९ प्रतिशत ल्याएर पास गरेपनि आफ्नो लक्ष्य भनेको यो परिक्षामा १०० प्रतिशत ल्याउनु रहेको बताउँदै पुनःपरिक्षाको लागि माग गरेकी हुन् ।
भारतकी चेली पल अग्रवालको यो क्षमता पढेर (सुनेर) पक्कै पनि तपाइलाई अचम्म लाग्योहोला,मैलेपनि यस्तै गर्न पाए हुन्थ्यो वा मेरा आफ्ना भाइबहिनी छोराछोरीहरुले पनि यस्तै गरेर सफलता प्राप्त गरिदिए हुन्थ्यो भन्ने त तपाइलाई पक्कैपनि लाग्यो नै। तर अग्रवालले यो स्तरसम्म पुग्न त्यतिकै सफल भएकी भने होइनन। उनी हरेक दिन १७ घण्टा आफ्नो पढाइलाई दिने गर्छिन र मात्रै यो स्तरमा पुग्न सफल भएकी हुन्। दैनिक १७ घण्टा पढ्नमा लगाउने अग्रवाल शुरुदेखि नै मेहनती र जेहन्दार विद्यार्थीको रुपमा परिचित थिइन्।