काठमाडौँ। आइतबार नेप्से परिसुचक ६३ दशलमव ३८ अंकले बढेर २ हजार ५ सय ३८ दशमव ४६ अंकमा पुगेको छ । नेप्सेमा सबै समूहका परिसूचक बढेको छ । लघुवित्त कम्पनीको लाभांश घोषणाले लगानीकर्ताको आकर्षण बढेको छ । लघुवित्त कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशत बढेको छ ।
यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा धेरै बढेको छ । लघुवित्त समूहको समग्र परिसूचक ५ दशलमव ७ प्रतिशतले बढेको छ ।
त्यस्तै होटल र टुरिजम क्षेत्रको परिसूचक पनि ५ दशलमव ३६ प्रतिशतले बढेको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्य ९ दशमलब ९८ प्रतिशतले बढेर १ हजार ४ सय २१ रुपैयाँमा कारोबार भएको छ । निर्जीवन बीमा र जीवन बीमा दुवै समूहको परिसूचक क्रमशः ४ दशमव ५९ प्रतिशत र ४ दशलमव ४४ प्रतिशतले बढेको छ ।