• मंसिर ११ २०८१, मंगलवार

वैज्ञानिक हकिंस भन्थे- ‘मान्छेको मन बुझाउन मात्रै स्वर्ग छ भनिएको हो’

चैत्र ६ २०७७, शुक्रबार

शरीर पूरै अपांग, ह्वील चेयरमा बसेका यी मानिस । जसको शरीर पूरै बेचैन जस्तै थियो । तर दिमाग भने एक सामान्य मानिसको भन्दा निकै अद्भूत । उनी थिए यो सताब्दीका चर्चित वैज्ञानिक स्टेफन हकिंस । उनी यति बिरामी थिए कि सानैछँदा डाक्टरले भनेका थिए- ‘स्टेफन ज्यादाभन्दा ज्यादा २ वर्ष बाँच्नेछन् ।’ तर आफ्नो इच्छाशक्तिले उनले डाक्टरको भविष्यवाणीलाई झुठा साबित गरिदिए । आज यिनै वैज्ञानिक स्टेफन हकिंसको बारेमा जानकारी दिनेछौं । जसको बारेमा सुनेर तपाईं चकित पर्नुहुनेछ । एक अन्तरवार्तामा हकिंसले सबभन्दा बढी दिलचस्पी कुरा के हो ? भन्दा उनले ‘महिला’ भनेर जवाफ दिएका छन् । उनको बुझाइमा महिला संसारको एक विशिष्ट गुण भएको चीज हो ।

हकिंसको जीवनमा जन्म र मृत्युको एक महत्वपूर्ण संयोग जुरेको छ । आजभन्दा ३०० वर्ष अघि जनवरी ८ मा वैज्ञानिक ग्यालिलियो ग्यालिलीको मृत्यु भएको थियो । त्यही दिन पारेर ८ जनवरी १९४२ मा स्टेफनको जन्म भएको थियो भने वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको जन्मदिनमा स्टेफनको मृत्यु भएको थियो । गजबको कुरा त के छ भने ग्यालिलियो, हकिंस र आइन्स्टाइन तिनैजना आफ्नो समयका महान वैज्ञानिक थिए । सन् २०१० मा दिएको एक अन्तरवार्तामा वैज्ञानिक स्टेफनले आफ्नो बच्चाको लागि एक महत्वपूर्ण कुरा भनेका छन् । उनले बच्चालाई केही सल्लाह दिएका छन् । ‘जहिले पनि माथि तारातिर हेर्नु, तल पैतलातिर होइन । काम गर्न कहिल्यै नछोड्नु किनकि कामले नै तिमीलाई तिम्रो जिन्दगीको उद्देश्य र अर्थ दिन्छ । बिना कामको जिन्दगी खाली हुन्छ । संयोगले तिमीलाई माया गर्यो भने त्यसलाई कहिल्यै नछोड ।’

हकिंस एक विद्यार्थी थिए । सन् २०१० मा उनले भनेका थिए, उनी ८ वर्ष हुँदासम्म पढ्न पनि पाएका थिएनन् । प्राथमिक तहबाट माध्यमिक तहमा जाउञ्जेल उनी कमजोर विद्यार्थी थिए । ‘गार्डेन’ पत्रिकाले लिएको अन्तरवार्तामा हकिंसले मानिसको दिमाग एक कम्प्युटर भएको बताएका थिए ।

कम्युटररुपी मानिसको दिमागले जतिबेला काम गर्न छोड्छ, त्यतिबेला उसका अवयव असफल हुन्छन् र यसैलाई मृत्यु भनिन्छ । मृत्युपछि स्वर्ग गइन्छ भन्ने कुरामा हकिंसलाई विश्वास थिएन । मानिसलाई मृत्युसित डर लाग्ने भएकाले स्वर्गमा पनि रमाइलो हुन्छ भनेर मान्छेको मन बुझाउन स्वर्ग छ भनेर भनिएको भन्ने उनको बुझाइरहेको थियो । उनी भन्छन्, ‘मान्छेलाई लाग्दछ कि मरेपछि मलाई कस्तो होला ?’

हकिंसले भनेका छन्, ‘हामी जसलाई चाहन्छौं यसलाई विश्वास गर्न स्वतन्त्र छौं । मेरो स्पष्ट विचार के छ भने यहाँ कुनै पनि ईश्वर छैन । यो ब्रह्माण्ड कुनै पनि ईश्वरले बनाएको होइन । हाम्रो भाग्य लेख्ने पनि कोही होइन । स्वर्ग भन्ने ठाउँपनि कतै छैन । मानिसको मृत्युपछि अर्को जीवनको अस्तित्व छैन । हामीसित मात्र यही अहिलेको जिन्दगी छ ।’

तर चर्चका एकजना पोपले वैज्ञानिक हकिंसको यो भनाइको खण्डन गरेका छन् । किनकि चर्चका पोप र वैज्ञानिक हकिंस फरक विचार बोकेका मानिस हुन् । वैज्ञानिक हकिंस भौतिकवादी विचारमा विश्वास राख्ने मानिस हुन् भने चर्चका पोप अन्धविश्वासी विचार बोक्ने मानिस हुन् । धार्मिक विचार बोक्नेहरु यस्तै अवैज्ञानिक र अप्रमाणित कुरा गरेर मानिसहरुलाई अन्धविश्वासमा राख्न र उनीहरुमाथि शासन गर्न चाहन्छन् । पोपको भनाइमा भगवानले यो संसार बनाएका हुन् । तर वैज्ञानिक हकिंस भने कुनै अदृश्य र अलौकिक कुराहरुको विश्वसास गर्न हुँदैन भन्थे ।