• मंसिर ११ २०८१, मंगलवार

नेपालले चीनबाट सिक्नुपर्ने नौ पाठ

फाल्गुन २९ २०७७, शनिबार

समाजवादी शासन ब्यवस्था अबलम्बन गरेको चीन आर्थिक रुपले बजारमुखी अर्थतन्त्र हो । सन् १९७८ ताका केन्द्रीकृत अर्थनीतिलाई खुला अर्थनीतिमा रुपान्तरण गरियो । माओपश्चात् नेतृत्व सम्हाल्न पुगेका देङ स्याओ पिङले त्यो जोखिम उठाए । आर्थिक उदारीकरणबाट लाभ लिन चुक्दैचुकेन, चीन । खुला अर्थतन्त्रपश्चात् अधिकांश बस्तुहरुको मूल्य नियन्त्रण खुला गरियो । पुँजी बजार फराकिलो पारियो । स्टक एक्सचेन्स स्थापना गरिए । सयौ कम्पनीहरु सूचीकृत भए । ब्यवसायिक मिलान तथा मर्जर प्रोत्साहित गरियो ।

अधिकांश साना तथा मझौला आकारका सार्वजनिक संस्थानहरु निजीकरण गरिए । सन् १९९० को सुरुआतमा ३ लाख सार्वजनिक संस्थाहरु क्रमशः कटौती भई १ सयको हाराहारी पुर्याइयो । तथापि, सन् १९४८ ताका अन्तर्राष्ट्रिय ब्यापार नियमन र स्वतन्त्र ब्यापार  प्रवर्द्धनका लागि अगाडि सारिएको ब्यापार तथा महसुलसम्बन्धी सामान्य सम्झौतामा (ग्याट) हस्ताक्षर गर्न अनकनाएको चीन सन् २००१ मा कतारको दोहामा सम्पन्न चौथौ मन्त्रीस्तरीय बैठकवाट १४३ औ सदस्य मुलुक बन्न पुग्यो । विश्व ब्यापार संगठनमा आबद्धतापश्चात् अन्तर्राष्ट्रिय ब्यापारबाट मनग्य लाभ लिने देशमध्ये चीन एक प्रमुख मुलुक भएको छ ।

चीनले ब्यापार अबरोध र आयातमा लाग्ने भन्सार दर उल्लेखीय मात्रमा कटौती गर्दै लगेको कुरा छ । जहाँ औषत भन्सार दर २००१-२०१० को अबधिमा भन्सार दर १५.३ प्रतिशतवाट ९.८ प्रतिशतमा ओरालेको छ । त्यस्तै औषत भारित (एभरेज वेटेज ट्यारिफ) भन्सार दर सन् २०१४ मा आई पुग्दा अष्ट्रेलिया, ईयु, अमेरिका निकट पुराएको पुर्याएको छ ।

chinese hptel
Hotel in china

यस्तो औषत भारित भारित भन्सार दर  अष्ट्रेलियाको ४ प्रतिशत, ईयुको ३ प्रतिशत र अमेरिकाको २ प्रतिशत रहँदा चीनले ४.४ प्रतिशत पुर्याएको छ । आर्थिक उदारीकरणको बलमा चीनले ३ दशकमा अभूतपूर्व तरक्की गर्न सफल भएको छ । जहाँ पछिल्लो २ दशक यता औषत ९.५ प्रतिशतका दरले आर्थिक बृद्धि हासिल गर्न चीन चुकको छैन । परिणामस्वरुप चीन विश्वका पहिलो उदयमान अर्थतन्त्रको ताज पहिरिन सफल भएको हो । समाजवादभित्र खुला अर्थव्यस्था सफलिभूत तुल्याएर विश्वलाई चकित पार्न सफल भएको छ चीन ।

चीनको तरक्की कम्ति लोभलाग्दो छैन । आज चीनको विश्व भर हवाई सञ्चाल निर्माण गरेको छ । देशका कुनाकाप्चासम्म मजबुत यातायात पूर्वाधारहरु निर्माण गरिएको छ । विश्वकै शिघ्र रेल कुदिरहेको छ । नदीमाथि विसाल पुलहरु निर्माण भएका छन् । निर्यातजन्य वस्तु उत्पादनका लागि विशेष आर्थिक क्षेत्र मौलाएका छन् । निर्यातको उद्देश्य साथ ठूलो परिमाणमा पुँजीगत बस्तु उत्पादनमा भइरहेका छन् । उत्पादनलाई रोबोटाइजेन गरिएको छ । संघाई, सिगात्से, सिचुवान विश्व आर्थिक केन्द्रको रुममा स्थापित छन् । जबकि १ अर्ब ४१ करोड जनसंख्या रहेको मुलुकमा दोहोरो अंकको आर्थिक वृद्धि कुनै मजाक होइन ।

चीनको आर्थिक  वृद्धिको मुख्य चाबी तिब्र औद्योगिकरण हो । सांस्कृतिक क्रान्तिपश्चात् सन् १९५८ बाट औद्योगिक विकासको गोरेटोमा डोरिएको हो । अहिले विश्वब्यापी औद्योगिक उत्पादनमा चीनको हिस्सा करिब २० प्रतिशत छ । चीनले स्टिल, सिमेन्ट, कोइला, विजुली, मेसिनरी, इलोक्टोनिक्स, फुटवयर, गारमेन्ट्स, घरयासी सामग्री लगायत करिब २ सय औद्योगिक वस्तुहरु विश्वभर फिजाइरहेको छ । वस्तुतः चीन २३०  वर्ष साम्राज्य भोगेको मुलुक हो । प्रष्ट योजना, राजनैतिक स्थायित्व र कडा परिश्रमका कारण चीनले पछिल्लो ३ दशकमा चमत्कारिक तरक्की गरेको हो । भलै उक्त कालखण्ड हाम्रा निमित्त अभिषाप बन्यो । चीनको समृद्धिबाट सिक्न सकिने र सिक्नुपर्ने थुपै्र कुराहरु छन ।

Factry in china

खुला अर्थतन्त्र अंगीकार पूर्व चीनमा भोकमरीको प्रकोप थियो । देङ सियाओ पिङले कृषकलाई सम्झौतासहित इन्सेन्टिभको ब्यवस्था गरे । राज्यले महंगो मूल्यमा अनाज खरिद गर्ने नीति लियो । महंगो मूल्यमा उपज बिक्रि पाउँदा कृषक उत्पादनमा अभिप्रेरित भए । कृषि क्षेत्र ब्यावसायिक बन्दा अनाजको उत्पादन वृद्धि भयो । फलस्वरुपम भोकमरी भाग्न बाध्य भयो । अहिले पनि चीन खाद्यन्नमा ९५ प्रतिशत स्वावलम्बी छ । आर्थिक समृद्धिको निमित्त कृषि क्षेत्रको ब्यावसायीकरण अपरिहार्य छ भन्ने कुरा चीनबाट हामीले सिक्नु पर्ने प्रथम पाठ हो ।

कृषि क्षेत्र ब्यवसायीकरण हुँदा कृषिमा श्रमशक्तिको बचत हुन गयो । उक्त श्रमशक्तिलाई ससाना उद्योगमा आकर्षित गरियो । लाखौ जनशक्तिलाई उत्पादनमुलक कार्यमा सामेल भए । ग्रामीण क्षेत्रको आर्य वृद्धि हुन पुग्यो । ग्रामीण क्षेत्रमा रहेको जनशक्ति सहर र औद्योगीकरणमा उपयोग गरियो । बिस्तारै श्रमिकको अबस्था सुध्रन पुग्यो । फलस्वरुप श्रमिक मालिक बन्ने क्रम सुरुआत भयो । तिनीहरुले ससाना कारखाना खोल्न सुरुआत गर्न थाले ।

बिस्तारै ससाना कारखाना मालिक ठूला उद्योगपतिम रुपान्तरण हुन पुगे । नेपालमा, उत्पादनमूलक क्षेत्रमा लगानीकर्ता उदास भइरहेको सन्दर्भमा औद्योगीकरणको जग घरेलु तथा साना उद्योगबाटै बसाल्न सकिन्छ भन्ने चीनबाट सिक्नु पर्ने दोस्रो पाठ हो ।
चीनमा सन् १९६६ मा माओको नेतृत्वमा सांस्कृतिक क्रान्ति भएको थियो । त्यसताका ९० प्रतिशत चिनियाँ गाउँमा बस्दथे । चीनमा आर्थिक समृद्धिको सुरुआत गाउँबाट प्रारम्भ भयो । ग्रामीण क्षेत्र नउठेसम्म सिंगो मुलुक उठन सक्दैन भन्ने कुरालाई चीनले राम्रैसंग मनन गर्यो ।

चीन विगत ३० वर्षदेखि ग्रामीण क्षेत्रको उठानमा अविछिन्न रुपमा लागि परेको चीनमा अहिले ४८.३ प्रतिश मानिस ग्रामीण इलाकामा बसोबास गर्दछन् । चीनले ग्रामीण क्षेत्रको विकासलाई आर्थिक समृद्धिको आधारशिला बनाएइएको छ । नेपालमा ८१ प्रतिशत मासिन ग्रामीण क्षेत्र बसोवास गरिरहेका मात्र छैनन्, ग्रामीण क्षेत्रमा अनेकौ सम्भावना पनि लुकेका छन् । यसर्थ, आर्थिक समृद्धिको आधारशिला ग्रामीण क्षेत्रलाई बनाउनुपर्छ भन्ने चीनबाट सिक्नुपर्ने तेस्रो पाठ हो ।

Factry in china

चीनले शैक्षिक क्षेत्रलाई विशेष प्राथमिकतमा राखेका छ । जीडीपीको करिब ४ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरिरहेको चीनमा २ हजार ७ सय विश्वविद्यालय तथा क्याम्पस छन् । करिब ४ करोड २० लाख विश्वविद्यालय तथा क्याम्पस छात्रछात्रा अध्यनरत छन् । ७ वटा विश्वविद्यालयले फिनल्यान्डको कूल जनसंख्याभन्दा अधिक स्नातक उत्पादन गरिरहेको छन् । हाम्रो हकमा शिक्षालाई मात्र ब्यावसाय बनाइएको र कलेज तथा विश्वविद्यालयले सर्टिफिकेट मात्र बाँडिरहेकाले शैक्षिण प्रमाालीमा आमुल परिवर्तन आवश्यक ठानिएको छ । दक्ष निर्माणको लागि गुणस्तरीय र रोजगारमूलक शैक्षिक बृहत्तर लगानी लगाउन राज्य चुक्नु हुँदैन भन्ने चीनबाट सिक्नुपर्ने चौथो पाठ हो ।

करिब ५६ सांस्कृतिक समुह रहेको चीन आफैमा विविधताको मुलुक हो । चीनमा मुलभूतरुपमा जापानिज, कोरियन र भियतनामी संस्कृतिका मानिस रहेका छन् । महत्वपूर्ण कुरा विविध संस्कृतिको बीचमा सांस्कृति सहिष्णुता निर्माण गरिएको छ । क्रिश्चिनियटी माइनरटीमा हुँदाहुँदै पनि विश्वकै सबैभन्दा ठूलो बाइबल छापाखाना हुनुले उक्त कुराको सबुत मिल्दछ ।

चीनियाँ संस्कृति र पहिचान बचाउ ३ सय कल्चरल सेन्टर खुलेका छन् । यसले पनि सांस्कृतिक द्वन्द्व नभएको खुलासा गर्दछ । जातीय तथा सांस्कृतिक पहिचान, सामाजिक तथा सांस्कृतिक सहिष्णुता, संस्कृतिको ब्यावसायिक विकास आर्थिक समृद्धिको द्योतक हुन सक्छ । १२५ सांस्कृतिक समुदाय भएको नेपालमा संस्कृतिक विविधतालाई आर्थिक समृद्धिको आयामको रुपमा उपयोग गर्न सकिन्छ भन्ने चीनबाट सिक्नुपर्ने पाँचौ पाठ हो ।

चीनमा आर्थिक अनिमिततामा संलग्न राष्ट्रसेवकलाई, फाँसी, आजीवन कारावास, संपूर्ण सम्पत्ति जफत र जीवनभर कुनै दलको राजनीति गर्न नपाउनेजस्ता कठोर कानुनी व्यवस्था छ । सोही प्रावधानअनुरुप सन् २०१५ मा जो यो क्याङ आजीवन काराबासमा परेका थिए । जो चिनियाँ सुरक्षाका मामिलाका पूर्वप्रमुख थिए । भ्रष्टाचार हुनु भनेको स्रोतसाधनको दुरुपयोग हुनु हो । नेपाल भ्रष्टाचार हुने मुलुकमा पर्दछ । जहाँ नेपाल २००४-१८ को अबधिमा औषत १२७.४औं स्थानमा रहेको छ । जहाँ नेपाल २०१८ मा १२४ औं स्थानमा रहँदै गर्दा नेपालको करप्सन इन्डेक्स ३१.० रहेको छ । यसको आशय नेपालमा सुशासन, पारदर्शिता र आर्थिक अनुशासनमा कमजोर रहेको छ भन्ने हो । यसर्थ ऐन, नियम, कानूनको कडा परिपालना, आर्थिक अनुशासन, जवाफदेहिता र सुशसानबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने चीनबाट सिक्नु पर्ने छैठौं पाठ हो ।

Road of china

चीनले निर्यात प्रवर्द्धनका लागि पूर्वी कोस्टल क्षेत्रमा विशेष आर्थिक क्षेत्र स्थापना गर्यो । सन् १९८० मा १ करोड ३० लाख जनसंख्या रहेको एउटा मत्स्य गाउँ महानगरमा परिणत हुन पुग्यो । उक्त महानगरले सन् २०११ मा ४ सय १५ बिलियन अमेरिकी डलर बराबरको निर्यात गर्यो । जुन चीनकै उच्च थियो । उक्त महानगर अरु थिएन, सेन्जेन थियो । हाम्रो हकमा पूर्वतयारी विनायोजना निर्माण गरिन्छ । जब काम थालनी हुन थाल्छ, अनेकौं स्वार्थ समुह विरोधमा उत्रन्छन् । जतिसुकै राम्रो आयोजना किन नहोस् प्रतिपक्षी दलले सहयोग गर्दैनन् । जतिसुकै रणनीतिक महत्वको आयोजना किन नहोस्, राज्य घुँडा टेक्न पुग्दछ । कैयन आयोजना यसरी तुहिएका नजीरहरु छन् ।

यसर्थ, प्रष्ट योजना र जनसमर्थन जुटाएर मात्र ठूला तथा रणनीतिक महत्वका योजनामा हात हाल्नु पर्दछ भन्ने कुरा चीनबाट सिक्नु पर्ने सातौं पाठ हो ।  चीनमा सन् १९८० पश्चात् तीब्र सहरी विकास भइरहेको छ । कृषि क्षेत्रको यान्त्रिकीकरण हुँदा ग्रामीण क्षेत्रमा श्रमशक्ति बचत भई सहरी विकासमा मद्दत मिलेको हो । अहिले ७० करोड चिनियाँ सहरमा बस्छन् । चीनमा सानाठूला करिब ६ सय ५७ सहर छन् । तीमध्ये १ सय अधिक ठूला सहर छन् । ठूला सहरको जनसंख्या १० करोड सम्म छ । सन् २०३० सम्मा ३०० मिलियन वा ३० करोड जनता सहर मोडिदै छ पनि ।

ग्रामीण संस्कृतिलाई सहरी संस्कृतिमा रुपान्तरण गरिनु चीनको काबिल पक्ष हो । जहाँ बढ्दो सहरीकरण ब्यवस्थापन गर्न अपार्टमेन्ट र हाउजिङलाई प्रोत्साहन गरिएको छ । सहरीकरण बृद्धि हुँदा घरयासी आवश्यकताको आकार फराकिलो हुन पुगेको छ । जसले गाउँको उत्पादनलाई प्रोत्साहन गरिरहेको छ । नेपालमा सहरीकरण प्रतिको लालसा बृद्धि भइरहेको सन्दर्भमा सहरीकरण आफैमा घातक हुँदैन । समुचित व्यवस्थपान गर्दा अर्थतन्त्र झनै सबल हुन्छ भन्ने चीनबाट सिक्नुपर्ने आठौं पाठ हो ।

नेपालमा सडक, जलविद्युत आयोजना, खानी उत्ख्नन्, उद्योग स्थापना आदि विषयमा सधै विवाद हुने गर्छ । अर्थात् विवाद नसुल्झाई कार्य प्रराम्भ गरिन्छ । कतिपय आयोजना विवादका कारण अघि बढ्न सक्दैनन् । विगतमा अरुण तेस्रो जलविदुतबाट विश्व बैंकले हात झिक्नु, जीएमआरले निर्माण गर्न लागिरहेको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजना निर्माणको बिरोधमा आवाज गुन्जनु यसैका सबुत हुन् । तर चीनले १३ लाख मानिस बिस्थापित गरी याङसी नदीमा २२ हजार ५ सय मेगावाट क्षमताको थ्री-गर्जेज आयोजना निर्माण गरेको छ । १२०० मेगावाट क्षमताको बुढीगण्डकी, ७५० मेगावाट क्षमताको पश्चिम सेती लगायतका आयोजना अगाडि सारिरहेको सन्दर्भमा, ठूला र रणनीतिक महत्वका आयोजना निर्माणमा स्थानीयवासीले त्याग गर्न सक्नुपर्छ भने राज्य कटिबद्ध बन्न सक्नुपर्छ भन्ने चीनबाट सिक्नु पर्ने नवौं पाठ हो ।