• मंसिर ११ २०८१, मंगलवार

काठमाडौं मेयर्स ११ लाई हराउँदै एपीएफ फाइनलमा

फाल्गुन २७ २०७७, बिहीबार

काठमाडौँ। काठमाडौं मेयर्स कप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौं मेयर्स ११ माथि विभागीय टोली एपीएफले जित निकालेको छ । ७ विकेटको सानदार जितसँगै एपीएफले फाइनलमा स्थान सुरक्षित समेत गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले ४८.५ ‌ओभरमा अलआउट हुँदै १७७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४४.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको काठमाडौंका लागि सन्दीप रजालीको सर्वाधिक ४८ र हरिशंकर साहको ३६ रन बाहेक अन्य ब्याट्सम्यानहरुको योगदान खास उल्लेखनीय रहेन । बलिङतर्फ एपीएफका कमलसिंह ऐरी र अभिनास बोहोराले सर्वाधिक ३/३ विकेट लिँदा बसन्त रेग्मी, शरद भेषावकर र भुवन कार्कीले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफलाई लक्ष्यसम्म पुर्‍याउन सन्दीप जोराले सर्वाधिक अभिजित ६२ रन बनाउँदा शरद भेषावकर ६१ रनमा अभिजित रहे । त्यस्तै शंकर रानाले ३१ र भुवन कार्कीले ११ रन जोडे ।

काठमाडौंका अनुज चुनरा, अनिल खरेल र सन्दीप लामिछानेले समान १/१ विकेट लिए पनि एपीएफलाई जितबाट रोक्न सकेनन् । जितसँगै एपीएफले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।