विश्व परिवेश यतिबेला भौतिक विकासको चरम अवस्थामा छ । यो समयलाई एकाइसौं सताब्दी भन्ने पनि गरिएको छ । भौतिक विकासमा देखा परेको परिवर्तनमा झट्ट हेर्दा यान्त्रिकीकरण मात्र देखिन्छ । तर धेरै मान्छेको दिमाग र मन भने पुरानै शैलीमा ?मलिएको देखिन्छ । अहिले समय कहाँदेखि कहाँ पुगिसक्यो भन्ने पनि गरिन्छ ।
तर कतिपयले के भन्ने गर्छन् ‘के परिवर्तन हुनु र, घाम पूर्वतिरबाट लाग्थ्यो अहिले पनि त्यतैबाट लाग्छ, गाईको पुच्छर भुइँतिर फर्केको हुन्थ्यो, अहिले पनि त्यतै फर्केको छ ।’ उनीहरुको यो भनाइमा केही सत्यता पनि छ । किन भने देशका जति शासक परिवर्तन भएपनि नेपाली जनता र नेपाल भने पुरानै शैलीमा छाइरहेको छ । नडराई भन्ने हो भने अहिले पनि नेपालमा सयौं वर्ष पुरानो जातभात, धर्म र अन्ध विश्वासजस्ता कुरा अझै अन्त्य भएका छैनन् ।
विश्व विकासको मापन हेर्दा नेपाल अगाडि नबढ्नुको मुख्य कारण भनेकै यहि हो । मान्छेह? भन्ने गर्छन् समयले नेटो काटे पनि उनीहरूको विचारमा कहिले परिवर्तन आएन । तर कुरा पुरा सत्य नभएपनि केही सत्य भने हो । मानव सभ्यताको विकास भएको खासै होइन, बरु मानव क्रुर बन्दै गएको हो । यन्त्रहरू विकास भएको हो तर यन्त्रहरुको विकास र भौतिक विकासलदाई मानव सभ्यता भन्न मिल्दैन । मान्छे मान्छे नै थियो यता आजभोलि जनावर लागि पनि स्वतन्त्रता गुम्दै गएको अवस्था छ ।
मान्छेले स्वार्थका लागि मानिसलाई त स्वतन्त्ररुपले हिँड्न दिएको छैन भने जनावारलाई किन देओस् । अनि समाज र प्रकृतिको विकास कसरी गर्छ मानिस ? हिँड्दै गर्दा बिरालोले बाटो काट्यो भने अशुभ हुन्छ भनिन्छ । सर्पले बाटो काट्यो भने पनि अशुभ हुन्छ रे । के यो साँचो र प्रमाणित कुरा हो त ? मलाई भने विश्वास लाग्दैन । कस्तो सोच र विचार होला ? जनावरलाई पनि स्वतन्त्र भएर हिँड्न नदिने ।
कुन सोच र विचारमा अगाडि हिँडिरहेका छौं ।
के विकसित भनिएका देश र समाजका पनि यस्ता धारणाहरु सतहमा आउँछन् होला ? हिँड्दै गर्दा खाली डोको र पानीको भाँडो अगाडि आयो भने साइत बिग्रिन्छ भन्छन् । यस्ता कुराहरुलाई विज्ञानले प्रमाणित नगर्दासम्म अनधविश्वास नै मान्नु पर्दछ । यसो हो भने अझै पनि हाम्रो सोच र विचारमा केही परिवर्तन आएको छैन भनेर बुझ्नु पर्ने हुन्छ ।
त्यसकारण भन्ने बेला समाजले एकाइसौं सताब्दीको विकासित युग भन्ने तर कुरा गर्ने बेला अवस्तुवादी कुरा गर्ने । यस बारेमा कोहीले अनुसन्धान गर्दै छ कि छैन ? समय परिवर्तन भयो अब हामी अब पनि परिवर्तन हुनु पर्छ भन्ने सोच र विचार कहिले आउने हो हाम्रो ? विश्वास गर्न नसकिने विचार र कुरितिले हामीलाई नै अझै पछाडि पारेको छ । यो अवस्थालाई सकारात्मक तरिकाले परिवर्तन गर्न, विज्ञानलाई पछ्याउन र मानवजातिमा समानता स्थापना गर्न ढिला भइसकेको छ ।