• मंसिर १७ २०८१, सोमबार

आयो ‘ड्रोन सेल्फी’ को जमाना पनि !

फाल्गुन २६ २०७७, बुधबार

काठमाडौं । ‘दर्पण छायाँ हेरी हेरी माया गयो जोवन !’ पँधेरीको पानीमा, टल्कने थालीमा आफ्नो अनुहार हेर्ने जमाना धेरै पुराना भए । ती कुरा सुनाउँदा पनि किम्बदन्ती झैं लाग्ने भए अब । ‘मेरो अनुहार कस्तो छ, हेर त’ भनेर साथीलाई भन्नु पर्दा निकै सहज थिए ती दिन ! ‘ठीक छ’ भनेर साथीले भनेपछि दिनभरका लागि हाम्रो अनुहार राम्रो र चिरिच्याट्टको बनिरहन्थ्यो । यो मनोविज्ञानको कुरा थियो । त्यसपछि ऐना आए । ऐनामा आफ्नो अनुहार हेर्न थालियो । गोजीमा राख्न मिल्ने गोलो ऐना बजारमा आए । बल्ल मानिसले त्यसैमा आफ्नो अनुहार हेर्नथाले, त्यो पनि लुकीछिपी ।

सरकारले नेपालीलाई नागरिकता बाँड्न थाल्यो । नागरिकता लिने अनिवार्य बन्दै गयो । त्यति बेला फोटो चाहियो, नागरिकतामा टाँस्नका लागि । ‘ब्ल्याक एण्ड ह्वाइट’ फोटो ! त्यसमा आफ्नो अनुहार देखेर मानिस दङ्ग भए । ‘मेरो पनि फोटो खिचियो ।’ मेरो पनि फोटो आयो । तिम्रो कस्तो छ ? मानिसले मानिसलाई होइन, फोटोलाई प्राथमिकता दिन थाले ।

 

आज मानिस जहाँ गए पनि उसलाई उसको अनुहार हेरेर होइन, उसको फोटो हेरर सक्कली र नक्कली छुट्याइन्छ । फोटो वास्तविक र मानिस त्यसको प्रतिमूर्ति झैं हुन गयो । आजभोलि पासपोर्ट, नागरिकता र परिचयपत्र मानिसका सक्कली अभिव्यक्ति हुन गए । मानिस तिनको प्रतिमूर्ति भए ! फोटो टाँसेर बनाइएका प्रमाणपत्र सक्कली, मानिस तिनको प्रतिबिम्ब ! ठ्याक्क उल्टो । जाँचकीले फोटो हेरेर भन्छ– ‘ए तिमी नै हो रहेछ ।’ क्या गजब !

भन्ने पनि गरिन्छ, ‘तँ को होस्, को होस् ?’ तेरो फोटो भएको नागरिकता छ, परिचयपत्र छ ? बिम्ब प्रमाणपत्र, प्रतिबिम्ब मानिस ! यो सबै फोटो लिने प्रक्रियामा भएको विकासले गर्दा हो । त्यसपछि त फोटो लिने कुरा नयाँ भएन । त्यसमा पनि अरुले आफ्नो फोटो लिने वा आफूले अरुको फोटो लिने ।

प्रविधि अघि अघि लाग्यो । मानिस त्यसको पछि पछि लाग्यो, लुरुलुरु ! प्रविधिले फोटो देखाइदियो, मानिसले आफूलाई त्यही फोटोमा चिन्यो । सबैले फोटो वास्तविक र आफू त्यसैको प्रतिबिम्ब भएको बोध गर्न थाले । सबैका हातहातमा मोबाइल आए, अहिले त आफूले आफ्नै फोटो लिन थाले ।

सेल्फीले मानिसलाई आफूले आफैलाई चिन्ने, फोटो लिने र श्रव्यदृश्यका लागि सामग्री बनाइदियो । आज सेल्फीको जमाना नेपाली प्रविधिको सीमाभित्र पसिसक्दा युरोप तथा एशियाकै विकसित देशहरुमा ड्रोन क्यामराले काम गर्न थालिसक्यो । अबका दिनमा त आकाश ड्रोनले भरिने भएको छ । अबका तस्वीरहरु ड्रोनबाट लिइरहेका छन् ।

अब त फोनसेल्फी निकै बोरिङ वा झन्झटिला भैसकेका छन् । किनकि त्यो भन्दा भिन्न रुपमा र वृहत् रुपमा आकाशमै पुगेर चाहेको तस्वीर लिइदिन्छ ड्रोनले । पुरानो सोच र तरिकालाई नयाँ सेल्फी युगमा परिवर्तन ल्याइदिएको छ ड्रोनले ।

अहिलेका युवायुतीले यसको प्रयोग अचम्मैसँग गरिरहेका छन् । आफूलाई चाहिएका तस्वीरहरु विभिन्न कोणबाट लिइरहेका छन् । अब यसका लागि युवा जगतमा ठूलो आशक्ति जागिसकेको छ । संसार नै यसले हल्लाइरहेको छ ।

पछिल्लो समयमा ‘ड्रोन एक्स प्रो’ ले यी काम सजिलो बनाइदिएको छ । यसले सबैलाई वैकल्पिक निकास दिएको छ । ड्रोन एक्स प्रो दुई जर्मन इन्जिनियरहरुले डिजाइन गरेका हुन् । पहिले बनाएको ड्रोन भद्दा, गह्रुंगो र चलाउन पनि भारी भएपछि केही समयपछि यसैलाई उनीहरुले निकै हल्का र सजिलो मोडल बजारमा ल्याएका छन् । ड्रोन एक्स प्रो यसैको उपज हो ।

यो ड्रोन उडाउन निकै सजिलो छ । पहिले ड्रोन एप डाउन लोड गर्ने अनि म्यानुअलमा गएर ‘क्युआर कोड’ स्क्यान गरेपछि अब त्यो ब्याट्रीमा थिचेर स्टार्ट गर्ने ड्रोन १० सेकेण्डमा उड्न थाल्छ । हातमा रिमोट लिएर यसलाई आफूले चाहेको उचाइ र दिशामा जसरी पनि उडाउन र फोटो लिन सकिन्छ । यसले ड्रोनको पोजिशनअनुसार विभिन्न एङ्गलबाट तस्वीर लिन थाल्छ ।

ड्रोनबाट लोभलाग्दा र आश्चर्यलाग्दा तस्वीर तथा भिडियोहरु लिन सकिन्छ । यसलाई फोल्डिङ गरेर सानो बनाई झोलामा राख्न सकिन्छ । यसलाई कतै लान र ल्याउन निकै सजिलो हुन्छ ।