• मंसिर ११ २०८१, मंगलवार

राजनीतिक अन्योलताले सेयर बिक्रमा बढ्यो चाप : नेप्सेमा २१ अंकको गिरावट

फाल्गुन २३ २०७७, आईतवार

काठमाडौं । सरकार र विप्लप समूह वीचको सहमति सँगै आकासिएको सेयर बजारमा पुन: सुस्तता आएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक २१ दशमलव ५८ अंकले घटेर २ हजार ४ सय ८५ दशमलव शुन्य ९ बिन्दुमा झरेको हो । विप्लप समुहले सहमती गरेपनि बजारले भने लगानीकर्तालाई उत्साहित पार्न सकेको देखिदैन । जस्को कारण सेयर बिक्रीमा बढि चाप परेको कारण नेप्से ओरालो लागेको हो ।

लगानीकर्ताले नाफा बुक गर्न लागेसँगै नेप्से घटेको ब्रोकरहरुले बताएका छन । होटल तथा पर्यटन समूह र जलविद्युत समूहबाहेक सबै समूहका परिसूचक घटेका छन् । होटल समूहमा २ दशमलव २४ प्रतिशतले वृद्धि भएको छ । जलविद्युत समूहमा ० दशमलव ९२ प्रतिशतले बढेको छ ।
सबैभन्दा ठुलो गिरावट ट्रेडिङ समूहमा देखिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ प्रतिशतका दरले घटेको छ । नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५ दशमलव ५२ प्रतिशतले घटेर सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँमा झरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य ५ प्रतिशतले घटेर प्रतिकित्ता १० हजार ४५० रुपैयाँमा पुगेको छ ।

ती दुबै कम्पनीको सेयरमा खरीदकर्ताभन्दा बिक्रेता धेरै भएकाले सेयर मूल्य घटेको हो । ती दुवै कम्पनीको सेयर मूल्य केहि दिन अगाडि ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको थियो । चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलपर, रैराङ हाइड्रोपावरको सेयर मूल्यमा उच्च दरमा वृद्धि भएको छ । पाँच अर्ब रुपैयाँ कारोबार रकम पुगेको छ । ५३ हजार ९ सय ७० पटकको कारोबारमा १ करोड १७ लाख ७८ हजार ८ सय २० कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी निफ्राको कारोबार भएको छ । यसको ४२ करोड ७८ लाख रुपैयाँ बराबर कारोबार भएको छ । त्यसपछि नेपाल बैंक र अप्पर तामाकोशीको सेयर किनबेच भएको छ । यो सँगै सेयर बजारको पुँजीकरण ३४ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।