नयाँ बर्मुडा ट्रियाङ्गलले सामुद्रिक विपत्ति निम्त्याउने गरेको पाइएको छ । यस्ता ट्रियाङ्गलहरु प्रायः सामुद्रिक क्षेत्रमा पाइएका छन् । सामुद्रिक क्षेत्रमा हुने यस्ता विपत्तिहरुमा आजसम्म भएका सामुद्रिक दुर्घटनामध्ये ५० प्रतिशतभन्दा बढी रहेको अनुसन्धानबाट फेला परेको छ । लामो समयदेखि सामुद्रिक जहाज दुर्घटनाका बारेमा अध्ययन अनुसन्धानमा जुटिरहेका क्याप्टेन रहेका राहुल खन्नाले यो ‘नयाँ बर्मुडा ट्रियाङ्गल’ भएको पुष्टि भएको बताएका छन् । उनी १४ वर्ष पानीजहाज चलाएका क्याप्टेन हुन् । हाल उनी ग्लोबल हेड अफ म्यारिन रिस्क कन्सल्टिङ एट एलियान्जका प्रमुख पनि हुन् ।
साँची पानीजहाज दुर्घटना :
घटना २०१८ जनवरीको हो । त्यतिबेला पनामाको साँची नामक सामुद्रिक पाानी जहाज एक मिलियन ब्यारेल तेल लिएर दक्षिण कोरियातिर गैरहेको थियो । यसले हप्तौंको आफ्नो यात्रा तय गरेको थियो । तर नयाँ बर्मुडा ट्रियाङ्गलमा पुग्ने बित्तिकै यो क्र्यास भएर आगलागी भै ध्वस्त हुन पुगेको थियो । यसमा रहेका चालक दलसहितका ३२ जना मानिस उक्त आगलागीमा परी सबै मरेका थिए ।
पूर्वीचीनको सामुद्रिक क्षेत्रमा यो घटना भएपछि यसको अनुसन्धान थालियो । समुद्रको यो भाग इण्डोचाइना, इन्डोनेसिया, मलाया प्रायद्वीप, कोरियन प्रायद्वीप र जापानको बीचमा पर्दछ । यो क्षेत्रमा पानी जहाज पनि धेरै दुर्घटनामा पर्ने र के कारयाले भयो भन्ने कारण खुल्न नसक्ने भएको छ । सन् २०१६ मा मात्रै त्यस क्षेत्रमा ३४ सामुद्रिक जहाज ध्वस्त भएका थिए । यो विश्वमा भएको कूल पानी जहाज दुर्घटनामध्ये ४० प्रतिशत हुन आउँछ ।
किन खतरनाक छ ‘नयाँ बर्मुडा ट्रियाङ्ल ?’
यो क्षेत्र निकै खतरनाक हुनुको कारणमा यसमाथि ट्रियाङ्ल पर्दछ । यसको अनुसन्धानमा लागेका राहुल खन्नाका अनुसार उत्तरी अमेरिकाको छेउँमा पर्ने गरेको बर्मुडा ट्रियाङ्गल झैं यो पनि अर्को ट्रियाङ्गलमा पर्छ । बेलाबेलामा अपर्झट हुने मौसमी वातावरण परिवर्तन र सुरक्षा खतरा नै यहाँको मुख्य समस्या हुने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।
यसका बारेमा अनुसन्धान जारी छ । हाल यहाँ काल्पनिक ट्रियाङ्गलको परिकल्पना गरिएको छ । यो बर्मुडाको जस्तो हो या त्योभन्दा पनि अझ भिन्द छ, त्यो पत्ता लगाउने प्रक्रिया जारी छ । तर ट्रियाङ्ल रहेको कुरा भने पत्ता लागेको छ । यसका लागि बर्मुडा ट्रियाङ्लका बारेमा जानकारी हुनु जरुरी छ ।
कस्तो छ रियल ‘बर्मुडा ट्रियाङ्ल’ ?
रहस्यमय मानिदै आएको ‘बर्मुडा ट्रियाङ्गल’ आन्ध्र महासागरमा पर्दछ । यो महासमुद्रको एक भाग हो । यसले अमेरिकाको फ्लोरिडा, बर्मुडा र प्यूर्टोरिका बीचको ठूलो समुद्री भाग ढाकेको छ । यो करिब ७ लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । उत्तरपश्चिम आन्ध्रमहासागरमा फैलिएको यो भूमध्य रेखाको नजिक रहेको छ । यो क्षेत्रमा पर्ने समुद्रमाथिको आकाश भएर उड्ने हवाइजहाज तथा समुद्रमा चल्ने पानीजहाज हराउने गर्दछन् । यस कारण यसलाई ‘राक्षसी त्रिकोण’ पनि भनिन्छ । वैज्ञानिकका अनुसार यहाँ उठिरहने राक्षसी सुनामी विश्वका हालसम्मका खतरनाक सुनामीभन्दा सैयौं गुणा भीमकाय हुन्छ ।
खतराको कारण :
यहाँको रहस्य पत्ता लगाउन सेटेलाइटबाट निरन्तर भिजुअल तस्वीर लिइन्छ । यहाँ दिनरात सैयौं फिट अग्ला पानीका भूमरी आकाशमा उठ्ने र हावाहुरी अनि बादल मडारिने गर्दछन् । यो प्रक्रिया नियमित चलिरहन्छ । यहाँ प्राकृतिकरुपमा लाग्ने कुहिरो वा बादलभन्दा निकै भिन्न कुहिरो र बादल लागिरहन्छ ।
बर्मुडा ट्रियाङ्गलमा मडारिने बादल हेक्जागन वा षट्कोण आकारको हुन्छ । अनौठो बादल र चक्रवाती हुरीसहितको वातावरण निर्माण गर्दै २७४ किलोमिटर प्रतिघण्टाका दरले हात्तीसुँढेका रुपमा समुद्र पिंधको पानी उठाएर आकाशमा बिसर्जन गर्ने गर्दछ । वैज्ञानिकले यसलाई ‘एयर बम’ नामाकरण गरिदिएका छन् ।
हालसम्म भएको क्षति :
थाहा पाएदेखि यसले २०० भन्दा बढी हवाइजहाज र पानीजहाज तथा १००० भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । अक्सर त्रिकोण फोहरामा देखिने यो रहस्यमयी बर्मुडा विपत्तिले १९ वटा ठूला फ्लाइट, टीबीएम नामक युद्धक बमवर्षक विमान खाइसकेको छ ।
त्यस्तो लहर किन उठ्छ ? यसको कारण अरु नै हुन सक्छ । तर यही भूमरीमा परेर समुद्री जहाजहरु यो रहस्यमयी बर्मुडा ट्रियाङ्गलमा हराउँछन् । जहाजहरु समुद्रमा जाँदा जानीजानी वा भुलबस यही बाटो भएर गुज्रँदा समुद्रमा एक्कासी हराउने गर्दछन् । बर्मुडामाथि मडारिने बादल, १०० फिटसम्म आकाशमा उठ्ने पानीको हात्तिसुँढे भुमरी र हुरी तथा पानीका अग्ला छालले आश्चर्यजनक हर्कत देखाउँछन् । समुद्रको सतहबाट उठ्ने र आकाशमा पुगी निकै ठूलो गर्जनका साथ घुम्ने यसको शक्ति अकल्पनीय रहेको छ ।
निदान र निराकरण जोड :
निरन्तर ७० वर्षसम्मको अनुसन्धानबाट पनि वैज्ञानिकले यो किन भैरहन्छ ? भन्ने कुरा ठोकुवा साथ भन्न सकिरहेका छैनन् । उनीहरु दावा गर्दछन् कि त्यहाँ सघन प्राकृतिक चुम्बकीय घनत्व रहेको छ । यसैका कारण त्यहाँ पुगेका केही कुराहरु पनि फर्केर आउन सक्दैनन् ।
वैज्ञानिकका अनुसार बर्मुडा ट्रियाङ्गलको रहस्य भनेको त्यहाँको भौगोलिक अवस्थिति र खराब मौसम नै हो । बाहिरी स्वरुप हेरेर गरिएको यो तर्कले यसको रहस्यको भित्री मर्म भने छुँदैन । बरु त्यहाँ चुम्बकीय घनत्वको प्रभाव रहेको कुराबारे थप अध्ययन गर्न थालिएको छ ।
निष्कर्ष :
विश्वमा यस्ता धेरै रहस्यमय घटना घटिरहन्छन् । तर यो देवी, देवता वा राक्षसका कारण भने भएको होइन । तर अहिलेको २१औं शताब्दीमा आएर पनि यसको रहस्य नखुल्नु आफैमा आश्चर्य बनेको छ । ढिलो होस् वा चाँडो मानिसमा अतृप्त रहिरहेको यो उत्सुकता र आशक्तिलाई विज्ञान र प्रविधिका दुईचक्रले यथार्थमा परिणत गरिदिने छन् । एककासी हुने मौसमी परिवर्तन र सुरक्षा खतरा नै यहाँको मुख्य समस्या हुने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।