• मंसिर ११ २०८१, मंगलवार

खेल विधामार्फत् सफलता चुम्दै गरेको अफ्रिका

फाल्गुन १९ २०७७, बुधबार

अफ्रिका महादेशको समर्थन वा विरोध अबका दिनमा कुनै पनि शक्ति राष्ट्रका लागि निर्णायक हुँदै गएको छ । यसै कारण पनि त्यहाँ विकसित सबै राष्ट्रहरुको ध्यान त गएको छ, त्यसमा पनि मुख्यगरी अमेरिका, चीन र भारतको त्रिकोणात्मक शक्ति संघर्ष चलिरहेको छ । यसका पछाडि रहेको कारण अफ्रिका आफै हो । यो क्रमशः विश्वको आँखा अगाडि आउन र निर्णायक हुन थालिसकेको छ ।

खेलजगतमा अफ्रिकाको चमत्कार :

पछिल्लो समयमा अफ्रिकाले विश्व खेल देखाएको अद्भूत चमत्कार विश्व महाशक्तिका लागि अर्को महत्वपूर्ण कारक बनेको छ । वल्र्ड कप विश्वको कुन देश वा महादेशमा खेल्ने वा खेलाइने भन्ने कुराको निर्णय अफ्रिकाको हातमा रहने गरेको छ । अफ्रिकाको भोट निर्णायक हुने भएकाले पनि यो मामलामा विश्व शक्ति चुक्न चाहदैनन् ।

खेलमा अफ्रिकाको आफ्नै पहल :

खेलमा अफ्रिकाको आफ्नै पहल छ । उनीहरुले ५४ देशको ‘अफ्रिकन कप अफ नेसन्स’ निर्माण गरेर निकै कडा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरुको खेल मात्र होइन, संगठन तथा ‘भोटिङ पावर’ पनि बढिरहेको छ । यो भोटले अमेरिका तथा युरोपीयन युनियनभित्रका देशहरुबाहेक बाहिरका देशमा वल्र्डकप आयोजना गर्ने निर्णायक अवसर दिएको छ ।

जनसंख्या :

यसको जनसंख्या निकै बढ्दो छ । विश्वको कूल जनसंख्यामा रहेको चिनियाँ जनसंख्याभन्दा अफ्रिकी जनसंख्या विसाल बनेर गैरहेको छ । सन् २०२५ सम्म विश्वमा अफ्रिकी मूलका जनताको चारैतिर बसोबास हुने देखिएको छ । प्रजातन्त्रिक विश्वमा भोटिङ राइटका हिसाबले जनसंख्या निर्णायक हुन्छ ।

विश्व कुटनीतिक र व्यापारिक सम्बन्ध :

संयुक्त राष्ट्र संघको पूर्वानुमानमा सन् २०२५ सम्म अफ्रिका निर्णायक हुँदै छ । यसै कारण पनि विश्वका सबै देशहरुले अफ्रिकासँग कुटनीतिक, रणनीतिक र व्यापार तथा वाणिज्य सम्बन्ध बिस्तार गर्दै लान थालिसकेका छन् ।

५४ देश जोडिएको विसाल भूगोल :

अर्को कारणमा अफ्रिकाको विसाल भूजडित बनोट हो । महादेश आफैमा सिंगो भूगोल रहेको छ । यहाँ रहेका ५४ सार्वभौम देशहरु एउटै भौगर्भिक प्लेटमाथि रहेका छन् । यो संयुक्त राज्य अमेरिकाभन्दा तीन गुणा ठूलो छ ।

संभावनाको खानी :

अफ्रिका आफैमा संभाव्यता बोकेको महादेश हो । यही संभाव्यता देखेर विश्वका शक्ति राष्ट्रले अफ्रिकामाथि आँखा लगाइरहेका छन् । अफ्रिका आफैले विकासका लागि केही प्रयासको थालनी पनि गरेको छ । यसका लागि उसलाई प्रविधिको आवश्यक छ । आवश्यकता अनुसार भौतिक पूर्वाधार निर्माणको प्रक्रिया पूरा गर्नु पनि छ । यसैले पनि चीनको भूजडित रणनीतिक आँखामा अफ्रिका प्राथमिकतामा छ । उता अमेरिका पनि आफ्नो पकड जमाउन निकै नै लागिपरिरहेको छ ।

अमेरिका चीन छिनाझप्टी :

अहिलेसम्म संयुक्त राष्ट्र संघको माध्यमबाट र आफैले पनि अफ्रिकाका लागि अमेरिकाले पहल लिइरहेका छ । यो अफ्रिकाका लागि निकै ठूलो सहयोग हो । तथापि अमेरिका भने चीनले जस्तो ठूल्ठूला भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गर्नसक्ने स्थितिमा छैन । हाल चीनले अफ्रिकाका महत्वाकांक्षी उद्देश्य पूरा गर्नसक्ने ठूल्ठूला भौतिक पूर्वाधार निर्माणका योजना सुरु गर्ने गरी अफ्रिकासँगको सम्बन्ध विस्तारमा लागेको छ । चीनको ‘वान बेल्ट, वान रोड’ को अवधारणाले यसमा बल पुर्याइरहेको छ ।

माथिका यी वस्तुगत कारणले गर्दा अफ्रिका विश्व शक्ति राष्ट्रहरुको आँखामा परेको छ ।