काठमाडौं । सामान्यतया राति ओछ्यानमै पिसाब गर्ने समस्या आफै ठिक भएर जान्छ । केहि समय रहन सक्छ। यो बालबालिकाको लागी लाजलाग्दो असहज र आत्मग्लानिको विषय हुन सक्छ । त्यसैले ठीक नहुंजेल उसलाई भावनात्मक सहयोग दिनु आवश्यक छ ।
केहि बालबालिका तिन चार बर्षको हुदाँ वा त्यो भन्दा ठुलो हुदाँसम्म पनि राति ओछ्यानमा नै पिसाब गर्छ भनेर अभिभाबकहरु चिन्तित हुने गर्छन् । केहि बालबालिकाले ६ महिनादेखि नै ओछ्यानमा पिसाब गर्न छोड्छन भने केहि ठुलो हदाँसम्म पनि ओछ्यानमा नै पिसाब गर्छन् । यस्तो समस्या भएमा अभिभाबकले बालबालिकालाई गाली गर्ने हप्काउने भन्दा पनि सान्त्वना दिनुपर्छ । त्यसका साथै बालबालिकाले राती ओछ्यानमा पिसाब नगरोस् भन्नका लागी यस्ता सावधानी अपनाउनुपर्ने हुनसक्छ ।
बालबालिकालाई साँझको समयमा तरल पदार्थ कम खुवाउनुपर्छ ।
बालबालिकालाई कफि भएको पेय पदार्थ खुवाउनुहुदैँन ।
बालबालिका सुत्नु अघि एकपटक पिसाब फेर्न सम्झाउनुपर्छ ।
बालबालिकाले पिसाब नगरेको राती सानो पुरस्कार दिनुपर्छ ।
यदि ओछ्यान भिजेको छ भने हप्काउने वा सजाय दिने कार्य गर्न हुदैँन ।