• मंसिर ११ २०८१, मंगलवार

कुमारी इक्विटी फण्डको ५३ प्रतिशत इकाई बिक्री

फाल्गुन १८ २०७७, मंगलवार

काठमाडौँ। कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भएको छ । क्यापिटलका अनुसार आइतबार साँझ सम्ममा ४९ हजार ५५० जना आवेदकबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिओओ पुष्पशर्माले जानकारी बताएका छन ।

क्यापिटलले माघ १४ देखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्रीगर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १ सय देखि ८० लाख इकाई सम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।