• मंसिर ११ २०८१, मंगलवार

३८ खर्ब निक्षेप संकलन, ३३ खर्ब कर्जा प्रबाह

फाल्गुन १७ २०७७, सोमबार

काठमाडौं । संचालनमा रहेका बाणिज्य बैकहरुले फागुन दोस्रो सातासम्म ३८ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । फागुन महिनामा मात्रै बैंकहरुले २३ अर्ब रुपैया निक्षेप संकलन तथा ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन ।

नेपाल बैंकर्स संघका अनुसार माघ मसान्तमा वाणिज्य बैंकले ३७ खर्ब ८६ अर्ब रुपैया निक्षेप संकलन गरेका थिए । फागुन पहिलो सातामा यो रकम १३ अर्ब रुपैयाले बढेर ३७ खर्ब ९९ अर्ब रुपैया पुगेको हो । दोस्रो साता आईपुग्दा यो रकम १० अर्ब रुपैयाँले बढेर ३८ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।

संघका अनुसार सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकले माघ मसान्तसम्म ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । दुई साताको अवधिमा यो रकम ४५ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले फागुन पहिलो साता ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकले एक सातामा यो रकम २७ अर्ब रुपैयाँले बढाएका छन् ।

फागुन दोस्रो साता बैंकहरु निक्षेप संकलनमा भन्दा कर्जा प्रवाहमा आक्रमक देखिएको कारोबारले देखाएको छ । उक्त साता बैंकहरुको निक्षेप संकलन १० अर्ब रुपैयाँले बढ्दा कर्जा लगानी २७ अर्बले बढेको छ । पछिल्लो समयमा कोरोनाको असर कम देखिन थालेपछि बैंकमा कर्जाको माग बढ्न थालेको छ । जसका कारण फागुन पहिलो साता १८ अर्ब रुपैयाँले बढेको कर्जा लगानी दोस्रो साता आईपुग्दा २७ अर्ब रुपैयाँले बढेको छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलनको तुलनामा कर्जाको माग निकै बढेको छ यतिबेला बैंकको ब्याजदर सस्तो भएका कारण र कोरोना सहज बन्दै गएकाले तत्कालिन भन्दा पनि दिर्घकालिन महत्वका आयोजनामा ऋण जाने क्रम बढेको आकलन गरिएको छ ।