• मंसिर ११ २०८१, मंगलवार

नेपालका तीन ठुला सफल व्यापारिक कम्पनी

फाल्गुन १६ २०७७, आईतवार

आर्थिक गतिविधी आजको समयमा मानिसको जीवन धान्ने साधनको रुपमा रहेका हुन्छन। यो समयको पुँजीको चरम विकास भएको यो युगमा को बढी धनी छ,कसले कति पैसा जम्मा गरेर राखेको छ भन्ने कुराले उसको सामाजिक हैसियत समेत निर्धारण गर्ने गरेको देखिन्छ। पैसाकै लागि मानिसहरुले ठुला ठुला जोखिम मोलेका समाचार विभिन्न संचारमाध्यममा तपाईले सुन्नु, देख्नु भएकै होला। हाम्रो देश नेपाल हालै अल्पविकशीत देशहरुको सूचिबाट विकासशील देशहरुको सुचिमा उक्लन लागेको कुराले फेरी एकचोटी हामीलाई उत्साहित बनाएको छ। के साच्चै अब देशले विकासमा प्रगती गर्न लागेको हो त् ?भनेर हाम्रा मनमा जिज्ञासा आएका छन्। आखिर विकास भन्नु,समृद्धि भन्नु जे भनेपनि पैसा धेरै हुनु त हो। नेपालमा खासगरी कोसंग धेरै पैसा होला त ?अथवा हाम्रो देशमा कसले धेरै आर्थिक कारोवार गर्छ होला ? आउनुस नेपालमा सबैभन्दा धेरै आर्थिक कारोवार गर्ने तीनठुला कम्पनीहरु को हुन् र यिनीहरुले के कारोवार गर्छन भन्नेबारे जानकारी लिऔं।
१) नेपाल आयल निगम

नेपाल आयल निगम

पक्कैपनि तपाईले नेपाल आयल निगमको नाम सुन्नु भएकै होला। किनकि यो देशमा सवैभन्दा बढी सुनिने भनेकै आयल निगम हो। तपाइले खाना पकाउने ग्याँससदेखी तपाइले यात्रा गर्ने गाडी होस् यात तपाई एक ठाउँबाट हवाई यात्रा गरेर अर्को ठाउमा जाने हवाई जहाज नै किन नहोस यी सवै काम गर्दा चाहिने एउटै तत्व हो तेल। माथि भनिएका जुनसुकै कामहरु गर्दा यदी तेल उपलब्ध भएन भने ती कुनैपनि काम गर्न सकिदैन। किनकि ती सवै कुरा गर्ने साधन चलाउन तेल नै चाहिन्छ। नेपाल आयल निगमले यही तेलको व्यापार गर्ने गरेको छ। आयल निगम यसकारण पनि चर्चामा रहने गर्छ कि नेपालमा पेट्रोलियम पदार्थको मुल्यवृद्धी हुनबित्तिकै यहाँ आन्दोलन भइहाल्ने गर्छ। त्यतिमात्रै होइन हाम्रो देशमा सवैभन्दा बढी अनियमितता समेत यै आयल नियममा हुने गर्छ भनेर मानिसहरु भन्ने गर्छन। आयल नियम देशको सबैभन्दा धेरै कारोवार गर्ने व्यापारिक कम्पनी हो। पूर्ण रुपमा सरकारी भएकोले यसले नेपालमा तेलको एकलौटी व्यापार गर्ने गरेको छ। यो धेरैवर्षदेखि सबैभन्दा धेरै रकममा कारोवार गर्ने कम्पनीको रुपमा नेपालमा रहेको छ। यसले हरेक वर्ष २ खर्बको नेपाली रुपैयाँको कारोवार गर्ने गरेको छ।

२)एनसेल नेपाल


एनसेलको बारेमा नसुन्ने नेपाली त को होला र ? किनकि यो मोबाईल सेवा प्रदायक कम्पनी हो। आजको जमानामा सबैसंग मोबाइल त हुन्छ नै। सके त तपाइको मोबाईलमै एनसेलको सिमकार्ड होला अनि सबै आफन्त साथै साथीभाईलाई आफ्नो नम्बर बाडिसक्नु भएको होला पनि। एनसेल नेपालमा व्यापार गर्न आएको बहुराष्ट्रिय कम्पनी हो। नेपालको नियमअनुसार कुनैपनि विदेशी कम्पनी नेपालमा स्थापना गर्नेभए नेपाली नागरिकको कम्तिमा २०% लगानी हुनुपर्ने भएकोले एनसेलमा कानून अनुसार नेपाली नागरिकको २०% लगानी देखिएपनि भित्रि रुपमा सबै लगानी विदेशीको यसमा रहेको भनिन्छ। यो कम्पनी नेपालमा सबैभन्दा नाफा कमाउने कम्पनी समेत हो। कतिसम्म भने नेपाल सरकारको लगानी भएको नेपाल टेलिकम भन्दा बढी यो कम्पनीले गर्ने गरेको देखिन्छ। नेपाल सरकारलाई कर नतिरेको भनेर बेला बेला यो कम्पनी विवादमा समेत आउने गर्छ। कारोवार रकमको हिसावमा नेपालको दोस्रो ठुलो कम्पनी रहेको एनसेलले हरेकवर्ष ६४ अर्ब नेपाली रुपैयाँ भन्दा बढी कारोवार गर्ने गरेको छ। यो कम्पनीको चुक्ता पूँजी १० करोड रहेको छ भने गतवर्ष यसले २९ अर्व नाफा कमाएको थियो। नेपालमा शिर्ष १० मा आउने कयौं ठुला कम्पनीको कारोवार रकम भन्दा बढी यसले नाफा विदेश लैजाने गर्छ।

३) नेपाल दूरसंचार कम्पनी अर्थात नेपाल टेलिकम


तपाईसँग नमस्ते अर्थात एनटिसीको मोबाइल नम्बर होला नि ! हो त्यै एनटीसी मोबाइलको तालुकदार निकाय हो नेपाल टेलिकम। झण्डै ९२%नेपाल सरकारको लगानी रहेको यो कम्पनीमा सो कम्पनीमा कार्यरत कर्मचारीहरुको, नागरिक लगानी कोषको र सर्वसाधारण जनताको गरेर झण्डै ८%लगानी हुने गरेको छ। यो कम्पनी केहिवर्ष पहिले नेपालको सबैभन्दा ठुलो कम्पनी भएपनि हाल यो तेस्रो नम्बरमा परेको छ। हरेक वर्षजसो झण्डै ३८ अर्ब नेपाली रुपैयाँको यसको कारोवार हुनेगरेपनि गत आर्थिक वर्षमा यसले झण्डै ११ अर्ब खुद नाफा गरेको थियो। नेपालको दूरसंचारको क्षेत्रमा काम गर्दै आएको यो कम्पनीमा ५,४०० भन्दा बढी कर्मचारी कार्यरत छन्। यसको स्थापना २०३२ सालमा नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते यो नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो। २०६१ बैशाख देखि यसलाई नेपाल टेलिकम भन्न थालिएको थियो। हरेक वर्ष माघ २२ गते नेपाल टेलिकमले आफ्नो बार्षिकोत्सव मनाउने गर्दछ।नेपालमा ५० लाखभन्दा बढी मोबाइलका सिम वितरण गरेको बताउने यो कम्पनीले हरेकवर्ष माघ २२ गते वार्षिकोत्सव मनाउने गरेको छ।