संसद भंग गर्नु असंवैधानिक कदम भएको भन्दै दलहरु आन्दोलनमा रहेको बेला संसद भंग गर्नु गलत भएको भन्दै परेका रिट निवेदनहरु माथी भएका बहसहरुमा सर्वोच्च अदाललतले गरेको फैसलाप्रति हाँस्यकलाकार दीपकराज गिरीले टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत् कलाकार गिरीले टिप्पणी गरेका हुन् । ‘यो जित कस्को ? यो हार कस्को ? यसरी सोच्ने बुद्धि कसैमा पनि नआओस् नत्र दल र नेताहरूले त जित्लान् । देशले हार्नेछ ।’ उनले फेसबुकमा लेखेका छन् ।
कलाकार गिरी राजनीतिक तथा सामाजिक विषयहरूमा बेलाबेला आफ्नो विचार व्यक्त गर्ने गर्छन् । राजनीति र सामाजिक विषयहरुमा चासो राख्ने भएका कारण त्यसको प्रभाव उनका फिल्महरूमा पनि व्यक्त हुने गर्दछन् ।