• मंसिर ११ २०८१, मंगलवार

प्याज किन खोज्छ हाम्रो ग्रन्थीले ?

फाल्गुन ११ २०७७, मंगलवार

प्याज मसला, सलाद, तरकारी र अचारका रुपमा हाम्रो दैनिक भोजनमा सामेल हुन आइसकेको छ । यो एक सहयोगी तर अभिन्न परिकारका रुपमा संसारका भान्सा घर, क्याटरिङ, तारे होटल तथा वनभोजमा समेत छुटेको हुँदैन । खाना खाँदा सबैको मुखमा आउने प्रश्न हो- ‘प्याज छैन ?’

यो यति अनिवार्य र खोजीको परिकारमा पर्नुको कारण शायद हाम्रो शरीरमा आवश्यक पर्ने धेरै तत्वहरु यसमा पाइन्छन् होला । त्यसैले हाम्रो शरीरको ग्रन्थी खाना खाँदाको बखत रसाएर आउँछ । प्याजको स्मरण गराउँछ । यसको खोजी गर्न लगाउँछ ।

प्याज एक वनस्पति :

प्याज एक वनस्पति हो । यो औषधीय वनस्पति हो । यसको जमिन मुनिको गानो र जमिनमाथिको डाँठ र पात सबै प्रयोग गरिन्छ । दुवैमा औषधीय गुण रहेका हुन्छन् । विशेषतः तरकारीका रुपमा प्रयोगमा आए पनि यो औषधि प्रजातिको विरुवा हो । संसारभर यसको विभिन्न प्रजातिको खेती हुँदै आएको छ ।

प्याजमा पाइने तत्व :

प्याजमा आइरन, क्याल्सियम, भिटामिन सी धेरै मात्रामा पाइन्छ । यसको तेल निकै उपयोगी हुन्छ । प्याजलाई बलवद्र्धक, कामोत्तेजक, स्वादवद्र्धक, क्षुधावद्र्धक र रक्तवद्र्धक हुन्छ ।

प्याज रोगको उपचार :

प्याज आफैमा औषधि हो । यसको सेवनले पित्तरोग, शरीरको दुखाइ, नाकबाट रगत बग्ने, दिशामा रगत देखिने, पायल्स, आँखाको दुखाइ, मलेरिया, कानको दुखाइ आदिजस्ता रोग र समस्यालाई कमी गराउन सहयोग पुर्याउँछ ।

यस अतिरिक्त निद नलाग्ने, टाउको दुख्ने, आलस्य लाग्ने र मुखमा ग्रन्थी बाक्लो हुने समस्यालाई धेरै कम गर्छ । प्याजको रस खेतीबलीमा लागेका किटाणु नष्ट गर्न पनि प्रयोगमा ल्याइन्छ ।

बहुउपयोगी :

प्याज बहुउपयोगी वनस्पति हो । यसको प्रयोग मानव विकास र मानवले उपयोग गर्दै आएको खाद्यान्न तथा तरकारीको क्रमबद्ध खोज र अनुसन्धानमा हुन गएको हो ।