काठमाडौं । १० फागुन २०७७ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरब एमिरेट्सस्थित कम्पनी अल अहलिया एक्सचेञ्ज र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आईएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आईएमई पेबीच पी.टु.पी मनी ट्रान्सफरको लागि समझदारी भएको छ ।
समझदारीपछि आईएमई मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि अल अहलिया एक्सचेञ्ज यूएईबाट नेपालको आईएमई पे मा सिधैं पैसा पठाउने पहिलो एक्सचेञ्ज हुनेछ । यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्वपूर्ण फड्को हो । यसबाट यूएईमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ । यस अवसरले सेवाग्राहीहरूलाई अल अहलिया एक्सचेन्ज यूएईबाट पठाएको रेमिट्यान्स नेपाल स्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ ।
रोजगारीका वा व्यापार व्यवसायका लागि यूएइ भरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले अल अहलिया एक्सचेञ्जबाट पठाएको पैसा आईएमई पे वालेटमा प्राप्त गर्नेगरी आईएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आपुूलाई निक्कै खुशी लागेको अल अहलिया एक्सचेञ्ज का निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए । आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने निमित्त महाप्रबन्धक सुब्बाले बताए ।
आईएमई पे ब्राण्डको प्रवद्र्धित संस्था आईएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्वपूर्ण रहेको बताए । यूएई नेपाल भित्रिने रेमिट्यान्सको मुख्य श्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा यूएइको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे ।