काठकाडौं । बीमा समितिले बीमा कम्पनीहरुका लागि एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धि निर्देशिका २०७७ जारी गरेको छ । समितिले जीवन बीमा कम्पनीहरुलाई सो प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन पनि दिएको छ ।
निर्देशन अनुसार अब बीमा कम्पनीहरुले एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्नु पर्ने छ । यसैबीच पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीलाई भने सो प्रणाली मार्फत वित्तीय बीमा विवरण प्रकाशन गर्न यसअघि नै निर्देशन दिइसकेको छ ।