भारतमा जारी किसान आन्दोलनप्रति ध्यान आकार्षित गराएर पपस्टार रिहानाले भारत सरकारलाई आक्रोशित तुल्याएको धेरै भएको छैन। उनी फेरि अर्को विवादमा तानिएकी छन्।
यो विवादको कारण हो– रिहानाको फोटोसुट। उनले गणेशको आकृतिसहितको माला लगाएको टपलेस फोटो सामाजिक सञ्जालमा राखेकी छिन्। यसले गणेश भगवानको अपमान भएको भन्दै भारतीयहरुले विरोध गरेका हुन्।
भारतीय नेता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले बुधबार रिहानाले हिन्दुहरुको भावनामा चोट पु¥याएको आरोप लगाएका छन्।
विश्व हिन्दु परिषदले सो फोटो पोस्ट गर्न अनुमति दिएकोमा फेसबुक र ट्विटरविरुद्ध उजुरी दिएको बताएको छ।
यसअघि रिहानाले किसान आन्दोलनबारे एक समाचार सेयर गरेपछि भारतको विदेश मन्त्रालयले समेत प्रतिक्रिया जनाएको थियो।