• मंसिर ११ २०८१, मंगलवार

मदनकृष्णको आवाजमा ‘फूलबुट्टे सारी’को भिडियो

फाल्गुन ४ २०७७, मंगलवार

दर्शक,स्रोताहरुमाझ लोकप्रिय हुदै गएको गीत ‘फूलबुट्टे सारी….’अग्रज कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको आवाजमा रेकर्ड भएर आएको छ।

श्रेष्ठको आवाजमा रेकर्ड भएको सो गीतको भिडियो समेत मंगलबार एक युटुव च्यानलबाट सार्वजनिक गरिएको छ। राजनराज सिवाकोटीले सिर्जना गरेको गीतलाई सिवाकोटी आफैले संगीत सिर्जना गरेका हुन् भने संजिव बराईलीले यो गीतको संगीत संयोजन गरेका छन्।

मिक्सिङ्ग,मास्टरिङ्ग श्यामस्वेत रसाईलीले सम्पन्न गरेको गीतमा बाँसुरी रत्न बि क,गितार संजिव बराइलीले बजाएका छन्। सो भिडियोको निर्देशन राजेश पुमा राईले गरेका छन् भने निर्माता मोहन गुरुङ-टि रहेका छन्।

भिडियोको आफूले गाएको भर्सनमा श्रेष्ठ स्वयं र मिथिला शर्माले अभिनय गरेका छन्। भिडियोका दृश्यहरु उत्सव दाहालले क्यामरामा कैद गरेका हुनभने विकास दाहालले भिडियो सम्पादन गरेका छन्।

यसअघि यो गीतलाई अरु तीनवटा भर्सनमा गाएर भिडियो समेत निर्माण गरिएको थियो । श्रेष्ठभन्दा पहिले महिलाको आवाजमा मिलन नेवार र अरिस्मा सिवाकोटीले गाएर रेकर्ड भएर भिडियो समेत निर्माण भइसकेको थियोभने पुरुषको आवाजमा मार्मिक लामाले गाएर भिडियो निर्माण गरिएको थियो।