कैलाली । स्टार तेक्वान्दो एण्ड एकेडेमी संस्थाले कैलाली टिकापुरमा पनि शाखा विस्तार गरेको छ । विगत दुई दशकदेखि भारतको गोवामा तेक्वान्दो संचालन गर्दै आएको सो संस्थाले खेलमा भारतमा धेरै महत्वपूर्ण योगदान पुर्याएको छ । पछिल्लो पटक नेपालमा पनि उसले तेक्वान्दो विकासका लागि प्राथमिकता दिएको छ । स्टार तेक्वान्दो संस्थापक अध्यक्ष प्रकाश जैगडीकाले स्वदेशमा पनि तेक्वान्दो विस्तार गर्ने उदेश्यका साथ स्वकार्य थालनी गरेको बताए ।
कैलालीको टीकापुरमा स्टार तेक्वान्दो एण्ड एकेडेमीको एक कार्यक्रमकाबीच आइतबार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री शाहले स्टार तेक्वान्दो एकाडेमीको स्थापनाले सुदूरपश्चिम प्रदेशको टीकापुर क्षेत्रलाई राष्ट्रिय पहिचान बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताए । टीकापुर क्षेत्रमा तेक्वान्दो एकाडेमी स्थापना गरेर जैगडीले राम्रो कामको शुरूवात गरेको भन्दै भारतको गोवापछि नेपाली भूमिमै र आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने उदेश्यका साथ लागिरहेका व्यक्तिलाई सहयोग गर्न आग्रह गरे ।
मुख्य प्रशिक्षक, स्टार तेक्वान्दो ऐकाडेमीका संस्थापक प्रकाश जैगडीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथि संविधान सभाका सदस्य तथा पूर्वसांसद हरी ज्ञवालीले स्टार तेक्वान्दो एण्ड फिटनेस एकेडेमी स्थापनाले यस क्षेत्रको खेलमा ठूलो सहयोग पुग्ने बताए । कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्डो महासंघका केन्द्रीय सदस्य राजमन्दिर श्रेष्ठ, सुदुरपश्चिम प्रदेश तेक्वान्दो समितिले छुट्टाछुट्टै तेक्वान्डो खेलको प्याटर्न सो समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्टार तेक्वान्दो एण्ड फिटनेस एकेडेमीका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रकाश जैगडीले आफ्नो कला, ज्ञान र सीपलाई आफ्नो ठाउँमा लागु गर्नुका साथै लागुऔषध दुव्र्यसनको सिकार भैरहेका युवाहरुलाई सकारात्मक बाटो तर्फ लिन प्रयास गरिने समेत बताए । कार्यक्रममा शसस्त्र प्रहरी बल टीकापुरका प्रमुख राजकुमार लामिछाने, ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख मधुसुदन न्यौपाने, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय सदस्य रुपसिंह मोक्तान, होम सुनार, वीरेन्द्रबहादुर शाही, बाँके जिल्ला आईटीएफका रञ्जित गिरी लगायतको उपस्थित रहेको थियो ।
डीबी सुनारले स्वागत गरेको कार्यक्रममा, नेपाल आईटीएफका केन्द्रीय अध्यक्ष अजन धमाला, गौरिगंगा नगरपालिका वडा–५ का वडाअध्यक्ष जगत जैगडी लगायतले धारणा राखेका थिए भने सुदिप विकले कार्यक्रमको सञ्चालन गरेका थिए ।