• मंसिर ११ २०८१, मंगलवार

स्मरण शक्ति कसरी बढाउने ?

फाल्गुन ३ २०७७, सोमबार

स्पष्ट स्मरण शक्ति प्राप्त गर्नको तीन चरण हुन्छन् । तिनीहरु हुन् (स्मृति अंकन, स्मृति धारण र स्मरण ।
स्मृति-अंकनः
जब हाम्रा इन्द्रियहरु आफ्नो काम गरिरहेका हुन्छन् तब सूचनाको अंकन स्मृतिहरुको रुपमा हुन्छ । सबैभन्दा पहिला प्राप्त सूचना सिमिति क्षमता भएको लघुकालिक स्मरण शक्ति प्रणालीमा जान्छन् । यस चरणमा सूचना अंकित हुनको लागि सबै इन्द्रीयहरू सजग हुनु जरूरी हुन्छ । अन्यथा हाम्रो अवचेतन वा अचेतन स्मरण शक्तिमा आउने व्यर्थ एंव नकारात्मक सूचनाहरुले वाञ्छित सूचनाहरुको ठाउँ लिन्छन् ।

स्मृति-धारणः

प्राप्त सूचनाहरुलाई लामो अवधिसम्म राख्ने प्रकृयालाई नै स्मृति-धारण भनिन्छ । यस प्रकियामा तेस्रो आँखाको कल्पना शक्तिको महत्वपूर्ण भूमिका हुन्छ । यस प्रकियामा कुनै पनि सूचनासँग सम्बन्धित अन्य शब्द वा छविहरु अनुभाव जस्तै गंध वा ध्वनीहरु पनि सहायकसिद्व हुन्छन् । कुनै पनि कुराहरुलाई लामो समयसम्म स्मृतिमा राखिरहनको लागि समय-समयमा ती कुराहरुलाई याद गर्ने अभ्यास गर्नु जरूरी हुन्छ ।

स्मरणः

शक्तिको अन्तिम चरण स्मरण हो । हामीलाई कुनै पनि कुराहरु सम्झन आवश्यक परेमा स्मरण शक्तिमा रहेका सूचना चेतन मनमा आउँछन् । यो चरण हाम्रो मनस्थितिमा निर्भर गर्दछ । मनको अल्फा अवस्थामा हाम्रो मानसपटलमा अंकित सबै सूचनाहरु हामीलाई याद हुन्छ ।

शिक्षामा स्मरण शक्ति विधिको महत्व

स्मरण शक्ति बढाउनको लागि विभिन्न विधिहरुको प्रयोग कुनै नयाँ कुरा होइन । प्राचीन कालमा युनानमा स्मरण शक्ति बढाउने विभिन्न विधिहरु प्रचलित थिए । स्मरण कारक नेमोनिक्स प्रशिक्षित स्मरण शक्तिको एउटा धेरै ठूलो भाग हो । युनानवासीहरुले सबैभन्दा पहिला मानव स्मरण शक्ति एउटा सम्बन्ध प्रक्रिया हो भन्ने पत्ता लगाएका थिए । जो वस्तुहरुलाई एकअर्कासँग जोड्ने कार्य गर्थे ।

स्मरण कारक (नेमोनिक्स) को निर्माण गर्ने समय पूरै ध्यान यसको तार्किकता र विनोदप्रियतामा हुनुपर्छ किनकि यसबाट यो सजिलै याद राख्न सकिन्छ । सबै मुख्य बिचार वा अध्यायका सबै प्रमुख कुराहरु लेख्ने विधिबाट याद गर्न योग्य वाक्य वा शब्द बन्छन् । यस विधिमा प्रत्येक अध्याय वा महत्वपूर्ण कुराहरुको पहिलो शब्द लिन सकिन्छ । कोड शब्दहरुको निर्माण गर्ने र याद गर्ने एक विधि छ । उदाहरणका लागि इन्द्र धनुषको अलगअलग रंग कसरी याद राख्ने भनेर यहाँ कोड बनाई हेरौंः एक रंगको लागि एक कोड बनाउँ जस्तैः ख्क्ष्द्यन्थ्इच् जो सबै रंग (बैजनी, निलो, आकाशे, हरियो, पहेंलो, सुन्तला र रातो) को अंग्रेजी नामको पहिलो अक्षरले बन्छ ।

वर्तमान शिक्षा प्रणालीमा स्मरण शक्तिका विभिन्न विधिहरु किन महत्वपूर्ण छन् ?

केही मान्छेहरु मानव मस्तिष्कको क्षमतामा शंका व्यक्त गर्दछन् । उनीहरु सोच्छन् कि हामीमध्ये अधिकांश मान्छेको मस्तिष्कले राम्रोसँग काम गर्दैन । अब हाम्रो शिक्षाको पद्धतिको बारेमा विचार गरौँ । हाम्रो स्कुल, कलेज र विश्वविद्यालयहरुमा विद्यार्थीहरुलाई यी कुराहरु बताईंदैन ।

१) मस्तिष्क, यसको कार्य र स्मरण शक्ति
२) स्मरण शक्तिका तरिका
३) मनका कार्य
४) मन र मस्तिष्कमा भिन्नता
५) विद्यार्थी जीवनमा अध्ययन विधिको प्रयोग
६) एकग्रता कसरी विकसित गर्ने ?
७) स्वयमलाई कसरी प्रेरित गर्ने ?
८) परीक्षाको तयारि कसरी गर्ने ?
९) स्पष्ट कल्पनाको लागि तेस्रो आँखाको शक्ति
१०) रचनात्मकताको विकास कसरी गर्ने ? आदि ।

प्रायः हामी आफ्नो क्षमताअनुसार कार्य गर्न सक्दैनौं । किनकि हामीलाई आफ्नो बारेमा पूरा ज्ञान हुँदैन । आफूभित्र सुषुप्त अवस्थामा रहेका शक्तिहरुको प्रयोग कसरी गर्ने ? हामीलाई जानकारी हुँदैन । त्यसैले स्मरण शक्तिका आधिकारिक विचारधारा र विधिहरुको प्रयोग गरेर हामी आफूभित्र लुकेको क्षमता र शक्तिअनुसार कार्य गर्न सक्छौं ।

देवेन्द्र नेपालीद्धारा अनुवादित बीके चन्द्रशेखरको ‘स्मरण शक्ति कसरी बढाउने’ नामक पुस्तकबाट ।