काठमाडौं। कीर्तिपुर नगर उद्योग बाणिज्य संघले कीर्तिपुर नगरपालिकाको नव निर्मित भवनमा बार्षिक कार्य योजनाको निम्ति सहकार्य एवं परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।
नगर प्रमुख रमेश महर्जनको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अतिथिको रुपमा उप-प्रमुख सरस्वती रिजाल खडका , वडा १ का प्रमुख हर्ष महर्जन , वडा २. प्रमुख रमेशमान डंगोल, प्रमुख वडा ३ का राजेन्द्र महर्जन , वडा नं ९. का प्रमुख गंगाराम महर्जन , वडा सदस्य मनिष महर्जन , अन्य नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। साथै बिशेष सल्लाहकारद्वय समाजसेवी एवम् प्राध्यापक निलकण्ठ अमात्य , काजीमान आत्रेय , कानुनी सल्लाहकार ज्ञानरत्न शाक्य , पुर्व वडा अध्यक्ष लक्ष्मीकुमार महर्जन , सम्पूर्ण वडाका प्रतिनिधिहरुले पनि सहभागीता जनाउनु भएको थियो ।
सो सहकार्य योजना कार्यक्रममा आगामी दिन समग्र कीर्तिपुर नगरी भित्र छरिएका सम्पूर्ण व्यापारीहरुको हकहित संरक्षणका निम्ति कर शिक्षा प्रणाली , राजश्व परामर्श नियमितरूपमा सुचना जारि हुने गरी सहजरूपमा कार्य गर्ने सम्वन्धि बृहत् रुपमा छलफल पछि महिला उधमीहरुबाट उत्पादित सामाग्रीहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा बिस्तार गर्ने बिषयमा गम्भीरतापूर्वक गर्नुपर्नेमा जोड सहित प्रतिबद्धता ब्यक्त गरिएको थियो।
कार्यक्रमका सभापति एवं कीर्तिपुर नगर उधोग बाणिज्य संघका संस्थापक अध्यक्ष राज्यलक्ष्मी शाक्यले बिशेष तयारीका साथ अगाडि बढने कुरामा नगरपालिका संग सहकार्य गर्न तयार भएको कुरा पनि जानकारी दिनु भएको थियो।
नेपाल उधोग बाणिज्य महासंघ बागमती प्रदेश नं ३ का उपाध्यक्ष सबिन श्रेष्ठले महासघंका बिषयमा जानकारी दिनु भएको थियो ।भने सोहि कार्यक्रममा उप- प्रमुख सरस्वती रिजाल खड्काले आगामी दिनहरूमा कार्यनिति नियमन अनुसार सम्झौता गरेर भावी रणनीति वनाउने कुरा जोड दिनु भयो।