काठमाडौंं । नेपाली चलचित्रकी नायिका सुस्मा कार्की प्रहरीमा उजुरी दिन पुगेकी छन् । आफुमाथि कुटपिट र अभद्र व्यवहार भएको भन्दै उनी प्रहरीमा उजुुरी दिन पुगेेेेकी हुन् ।
काठमाडौँ लण्डन पब क्याफेमा आफुमाथि कुटपिट र अभद्र व्यवहार भएको भन्दै मंगलबार महानगरीय प्रहरी परिसर पुगेकी हुन् । काठमाडौँ परिसरका एसपी रमेश बस्नेतका अनुसार सुस्माले आफुलाई आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन् ।
आरती नायिका स्वेता खड्काकी बहिनी हुन् ।