जनसंगीतकर्मी हेमराज आश्रमको नयाँ गीत तानाशाह बन्न नखोज सार्वजनिक भएको छ।
गीतको लिरिकल भिडियो सहित हेमराज आश्रमको युटुव च्यानलबाट सार्वजनिक भएको सो गीतलाई आश्रम स्वयंले शब्द सिर्जना गरेका हुन्। संगीत सिर्जना र संगीत संयोजन समेत स्रष्टा स्वयंले गरेको सो गीतमा आश्रम र सुशिला बन्जाडेको आवाज रहेको छ।
प्रधानमन्त्री के पी शर्मा ओलीले गत पुष ५ गते संघीय संसद विघटन गरेपछि उनलाई प्रगतीशील स्रष्टाहरुले प्रतिगामी र उनको संसद विघटन गर्ने कदमलाई गैह्र संवैधानिक भन्दै तानाशाह र निरंकुश बन्न खोजेको आरोप लगाइरहेका छन्।
यसै सिलसिलामा के पी ओलीलाई लक्षित गरेर आश्रमले तानाशाह बन्न नखोज,निरंकुश बन्न नखोज भनेर गीत सिर्जना गरेको बुझिन्छ।आश्रम र बन्जाडेद्वारा युगल रुपमा गाइएको सो गीतमा अजेय जनताको सामु,सचेत दस्ताको सामु तानाशाह बन्न नखोज किनकि प्रतिगमन ढाल्नु छ , ढल्छ पक्कै ढल्छ,देश अघि बढ्नु छ , बढ्छ पक्कै बढ्छ भनेर जवाफ दिन खोजिएको छ। माघ १९ गते सोमबार सार्वजनिक भएको सो गीत हेरेर र सुनेर धेरै स्रोता तथा दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्।
गीत
तानाशाह बन्न नखोज , निरंकुश बन्न नखोज ।
अजेय जनताको सामु , सचेत दस्ताको सामु ।।
देश अघि बढ्नु छ , बढ्छ पक्कै बढ्छ ।
प्रतिगमन ढाल्नु छ , ढल्छ पक्कै ढल्छ ।।
अग्रगमनको झण्डा उठाई ।
स्वतन्त्रताको विगुल वजाई ।।
जाग हे पूर्व र पश्चिम ।
ब्यूझ हे उत्तर र दक्षिण ।।
देश अघि बढ्नु छ , बढ्छ पक्कै बढ्छ ।
प्रतिगमन ढाल्नु छ , ढल्छ पक्कै ढल्छ ।।
देशको वर्वादी गर्न खोज्नेलाई ।
देशमा अस्थिरता ल्याउन खोज्नेलाई ।।
लौ उठ नाम, ठेगान चिनौ ।
शहर, गाउँबाट खेदौं ।।
देश अघि बढ्नु छ , बढ्छ पक्कै बढ्छ ।
प्रतिगमन ढाल्नु छ , ढल्छ पक्कै ढल्छ ।।
हेरौं गीतको भिडियो