काठमाडौं । काठमाडौंमा उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि त्रासका कारण कुखुराको मासु बिक्री घटेको छ । राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो ।
बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम भएको काठमाडौँको बनस्थलीमा मासु पसल गर्दै आएका राजन श्रेष्ठले बताए ।
नियमितभन्दा आइतबार करिब २० प्रतिशत कम मासु बिक्री भएको छु, श्रेष्ठले भने, बर्डफ्लु भेटिएको हल्लाले उपभोक्ता डराए । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।