जर्मनका दार्शनिक कार्ल माक्र्सले एंगेल्सको सहयोगमा वर्ग संघर्षको सिद्धान्त, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवादको सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गर्नु भयो । यिनै सिद्धान्तको समुच्च रुपलाई माक्र्सवाद भनेर एंगेल्सले व्याख्या गर्नुभयो । रुसी क्रान्तिकारी नेता लेनिनले यसलाई गर्नुभयो । साम्राज्यवाद पुँजीवादको अन्तिम रुप हो । एउटै देशमा पनि समाजवादी क्रान्ति सम्भव छ भनेर लेनिनले व्याख्या गर्नुभएको सिद्धान्त माक्र्सवादमै आधारित छ । यो नै लेनिनवाद हो भनेर स्टालिनले स्पष्ट पार्नुभयो । यसरी सर्वहारावादी क्रान्तिको इतिहासमा माक्र्सवाद, लेनिनवाद मार्गदर्शन सिद्धान्त स्थापित भयो । यसै सिद्धान्तलाई विश्वकै सर्वाधिक ठूलो देश रुस र त्यस वरपर झण्डै बीसवटा गणराज्यलाई एकीकृत गरी इतिहासमा सर्वप्रथम समाजवादी राज्य स्थापना गरियो । साथै, यसको सफलतापूर्वक विकास र विश्वव्यापी प्रभाव पार्ने महान् ऐतिहासिक जिम्मेवारी पूरा गर्ने कार्य जोसेफ स्टालिनले गर्नु भयो ।
विश्व कम्युनिस्ट क्रान्तिको इतिहासमा स्टालिनको व्यवहारतः सफल र सिद्ध भएको मूल कुरा मजदुर-किसानजस्तो महान् परिश्रमी वर्गको राज्य व्यवस्थाको चौतर्फी विकास र वृद्धि, एक हजारभन्दा धेरै जाति र भाषाभाषीका तत्कालीन सोभियत समाजवादी संयुक्त संघका जनताको एकता र साम्यवादी व्यवस्थाको लागि परिचालन, समाजवादी राज्यको ध्वंस र पार्टीलाई पतन तुल्याई सामन्त र पुँजीपति वर्गको सेवा गर्ने कम्युनिस्ट नामधारी ट्राटस्कीवादको विनाश, सोभियत संघलाई चारैतिरबाट आक्रमण गरी भष्म पार्ने साम्राज्यवादी हिटलर र मुसोलिनीविरुद्ध प्रतिरोध र प्रत्याक्रमण गरी उल्टो नष्ट गरी समाजवादी राज्यहरुको विकास र वृद्धि गर्ने, कम्युनिस्ट अन्तराष्ट्रवादलाई व्यवहारत परिपालना र प्रोत्साहन गर्ने, समाजवादी समाजको विकासका समस्याबारे व्याख्या गर्ने जोसेफ स्टालिन मावजातिकै इतिहासमा अतुलनीय व्यक्तित्व हुन् ।
सर्वोत्कृष्ट दार्शनिक र मार्गदर्शक हुन् । सबभन्दा महत्वपूर्ण कुरा त उनी सर्वोच्च कमाण्डर हुन्, दोस्रो महायुद्धका जर्मन, जापान र इटलीका फासिस्टलाई नष्ट गरी युरोप र एसियामा शान्ति छाउन निर्णायक भूमिका निर्वाह गर्ने रुसी लालसेनाका पथप्रदर्शक जोसेफ स्टालिन नै हो । उहाँका सम्पूर्ण कुराहरु आगाको भट्टीमा खारिएर व्युत्पत्ति भएका हुन्, जुन अरु दार्शनिकहरुका झैँ पुस्तकका ठेलीहरु पढेर ठूलठूला ग्रन्थहरु आए झैं हैनन् । वास्तवमा उहाँको समाज र संसारलाई परिवर्तन गर्ने र मानव जातिलाई साम्यवादमा पु¥याउने अनुभवसिद्ध व्यावहारिक, सैद्धान्तिक र दार्शनिक अवधारणालाई लिपिबद्ध गरी स्टालिनवाद भनेर तत्कालीन सोभियत संघको कम्युनिस्ट पार्टीले स्थापिन गर्न पथ्र्यो । सन् १९५३ मार्च ५ मा स्टालिनको निधनपछि उहाँलाई मार्गदर्शक मान्ने चीनका माओत्सेतुङ, कोरियाका किम इल सुङजस्ता नेतृत्वमा त्यो दायित्व थियो तर पूरा हुन सकेन ।
चीनको सन् १९२१-१९४९ सम्मको भीषण संग्राममा क्रान्तिको नेतृत्व गर्ने माओत्सेतुङले दीर्घकालीन जनयुद्धको सिद्धान्त र नौलो जनवादी क्रान्तिका सिद्धान्त प्रतिपादन गर्नुभयो । जुन कुराहरु अति खारिएर आएका हुन् । क्रान्तिपश्चात् माओबाट सांस्कृतिक क्रान्तिको सिद्धान्त र तेस्रो विश्वको सिद्धान्त प्रतिपादन भयो । यी सबै सिद्धान्तहरुलाई माओवाद भनेर भनिन्छ । माक्र्सवाद, लेनिनवाद र माओवाद भनेर जोडिन्छ । सन् १९०३ देखि सन् १९५३ सम्म रुसी क्रान्ति, सोभियत संघको निर्माण र विश्व कम्युनिस्ट आन्दोलनको विकास र वृद्धिमा सर्वाधिक महत्वपूर्ण भूमिका खेल्ने र सफलता पाउने स्टालिनवाद किन स्थापित हुन सक्दैन ?
स्टालिनले आफैलाई सधैँ माक्र्स र लेनिनको शिष्यको रुपमा प्रस्तुत गर्नु हुन्थ्यो । जुन उहाँको उच्चतम नम्रताको परिचय हो । जुन कारणले स्टालिनबाट भएका सम्पूर्ण महान् र कीर्तिमानी योगदाननहरुलाई कार्लमाक्र्स र लेनिनको शीरमा जोडेर हेरिन्छन् तर साम्राज्यवादी, सामन्त र पुँजीपति वर्ग र तिनका लेखक र नेताहरुले लगाउने झुठ्ठा आरोपहरुका पछि लागेर स्टालिनलाई पाताल पुर्याउने दुष्प्रयास पनि गरिन्छ ।
अब स्टालिनवादीहरुले ती सबै खालका धर्तीद्रोही, मानवद्रोही, महिलाद्रोही, मजदुर किसान द्रोहीहरुका मुटु भेदन गर्नेछन् र चिर्नेछन् । यदि यसो गर्न नसके यो सुन्दर संसार रहने छैन र मानव जाति पनि ।
अब हामी स्टालिनवादको व्याख्या अघि स्टालिनको संक्षिप्त जीवनीबारे चर्चा गर्नेछौँ ।
जर्जियाको राजधानी तिफलिस् नजिक गोरी गाउँमा सन् १८७९ दिसम्बर १८ मा एक बालकको जन्म भयो । विस्सारियोन नाउँ गरेको छालाको काम गर्ने एक किसान र एकतारिता नाउँ गरेका एक अर्धदास महिलाको कोखमा उक्त बच्चाको जन्म भएको हो । जुन बच्चा मानव इतिहासभरि सर्वोच्च र महान् कीर्तिमानी कार्यहरु गरेर जानेछ भनेर सायद कसैले सोचेनन् होला !
सामन्त, पुँजीपति, सुदखोर, राजा महाराजाहरुका लुटपाट र उनीहरुका हुकुमी शासन चलिरहेको त्यो समाजमा आम मजदुर र किसानहरुको जिन्दगी सधैँ अभावै अभावमा बितिरहेको थियो । बिस्सारियोन र एकतारिनाको अवस्था पनि कठिनतम थियो । त्यस समाजमा पाश्चर पादरीहरुको ठूलो सम्मान र आर्थिक, भौतिक अवस्था राम्रो हुन्थ्यो । एकतारिनाले अरुको घरमा घरायसी काम गरेर आफ्नो बच्चालाई मिसनरी स्कुलमा पढायो । बच्चाको पढाइ तेजिलो र खेलकुदमा पनि बेजोडको थियो । बच्चा बढ्दै गयो, स्कुलका पुस्तकले मात्र ऊ सन्तुष्ट भएन, बाहिरी पुस्तक पनि खोजी खोजी पढ्न थाल्यो । यसलाई अनुशासन उल्लंघन भनेर मिसनरी स्कुलबाट निकालियो । त्यसबेला रुसी जारशाही हुकुमी शासन विरुद्ध विद्रोह गर्ने क्रान्तिकारीहरु कैयौँ मारिए, कैैँयौँ कालापानी निर्वासित त कैयौँ भूमिगत भए । तिनै भूमिगत कार्यकर्ताहरुसँग शोसो नाउँ गरेको नवयुवकको भेटघाट हुन्थ्यो र तिनले देश र जनताको अवस्था जारशाहीको बर्बरताबारे व्याख्या गर्थे । शोसो तिनबाट गहिरो गरी प्रभावित र सम्प्रेषित हुन्थे । स्टालिन सानो हुँदा उहाँको बाबा, आमाले शोसो नाउँ राखेका थिए ।
युवा अवस्थामा स्टालिन रसियन सामाजिक मजदुर पार्टीमा संगठित भएर लेनिनलाई आफ्नो गुरु मान्न थाले । उनले माक्र्सवादी पुस्तक, दर्शन, साहित्य, अर्थशास्त्र, इतिहासका पुस्तकहरु गहिरो गरी पढ्थे र ती सबै ज्ञान भण्डार मजदुर किसानहरुको मुक्ति र तिनलाई सचेत, संगठित र संघर्षशील तुल्याउन लगाउँथे । सम्पादक बनेर उनले सक्रिय भूमिका खेल । मजदुर वर्गको हक, हित र अधिकारको लागि आन्दोलनको नेतृत्व गरे । जारशाही प्रहरीहरुले आफ्नो सत्तालाई दखल पुर्याउने भँडुवा भनेर उनलाई गिरफ्तार गरी जेल हाले । यो ५ अप्रिल १९०२ को घटना हो ।
१९ महिनासम्म विभिन्न जेलहरु सार्दै यातना दिँदै सन् १९०३ को नोभेम्बरमा इस्कुर्स प्रदेशका नोबयथाउदा गाउँमा निर्वासित गरे । यो सधैँ हिउँले ढाकिने ठाउँ हो । साइबेरियाको यो विशाल हिउँले ढाकिएको भूभागमा जारशाहीले क्रान्तिकारी, विद्रोहीहरुलाई निर्वासन गर्थे । जहाँ दसौँ हजार योद्धाहरु हिउँले कठाग्रिएर, कुनै हिउँमा डुबेर त कुनै हिंस्रक बाघ, भालुको सिकार बन्थे । तर सोसो चाहिँ एक महिना नपुग्दै नोबयथाउदा गाउँबाट गायब भए । हिमनदीहरु तर्दै, सयौँ र हजारौँ पहाड पर्वतहरु चढ्दै, पार गर्दै हिंस्रक बाघ भालुहरुबाट बच्दै ओढार र रुख वृक्षहरुमा बास बस्दै, ज्यान बचाउँदै तिफलिस आइपुगे मजदुर किसानहरुको काखमा । अनि संगठनको विकास, चेतनाको सञ्चार र जारशाही विरुद्धको क्रान्तिलाई अगाडि बढाउन लागिपरे ।
सन् १९०३ मा र.सा.ज.म.पा. मा शान्तिपूर्ण वा सशस्त्रक्रान्तिको मार्गबारे विवाद भयो । लेनिनको नेतृत्वको बहुमत (बोल्सेभिक) नेतृत्वहरु जारशाही सत्ता विरुद्ध सशस्त्र क्रान्तिको मार्गमा लागे तर प्लेखानोभहरु अल्पमत (मेन्सेभिक) मा पर्नेहरू शान्तिपूर्ण मार्ग । स्टालिन बोल्सेभिकको तर्पmबाट ‘अराजकतावाद वा समाजवाद’ पुस्तक लेखेर जर्जियाको एक युवक रुसभरि परिचित र प्रिय भयो ।
सन् १९०५-७ सम्म रुसका मजदुर वर्गले जारशाही विरुद्ध सशस्त्र संघर्ष गरे । स्टालिन मजदुरहरुको संघर्षको नेतृत्व गर्थे, आन्दोलनलाई दिशानिर्देश गर्थे र रणभूमिमा प्रत्यक्ष उपस्थित हुन्थे । नेपाल र भारतका कम्युनिस्ट नेताहरु झैं अँध्यारो कोठामा लुकी बसेर दुनियाका छोराछोरीहरुलाई युद्धभूमिमा पठाउने तर आफ्ना छोराछोरीहरुलाई सुखसयलमा राख्ने गर्थेनन् ।
लेनिन र स्टालिनको घनिष्ठता बढ्दै गयो । लेनिन विदेशमा बसेर पार्टी र क्रान्तिको मार्गदर्शन गर्थे, स्टालिन देशभित्रको पार्टी संगठनको विस्तार, वृद्धि, स्तर, उन्नति र सुदृढ तुल्याउने गर्थे । जारशाही प्रहरी गुप्तचारको नजरमा बोल्सेभिक पार्टीको नेता स्टालिनलाई सबभन्दा खतरनाकको रुपमा लिन्थे र गिरफ्तार गरी साइबेरियाको दूरदराज स्थानमा निर्वासित गर्थे । तर हरेक पाली उहाँ दुश्मनको घेरा तोडेर भाग्न र परिश्रमी वर्गको साथमा आइपुग्थे । त्यहाँको हजार हजार प्राकृतिक बाधा अड्चनहरु छिचोल्न सफल हुन्थे । यस्तो घटना ६ पाली भयो, सन् १९१२ सम्म ।
एकपटक साइबेरियाको निर्वासनमा बोल्सेभिक प्रतिनिधिहरु रुसी दुमा (संसद) का केही सदस्यहरु स्टालिनको अवस्था बुझ्न सयौँ किलोमिटरसम्म कुकुरको वाहनबाट यात्रा गर्छन् । दिउँले ढाकिएका गाउँभरिका सबभन्दा गरिबको झुपडीमा बासस्थान हुन्छ । त्यहाँ भेटघाट र केही समयमा स्टालिन बाहिर निस्कन्छन् एकछिन स्टालिनको पछि । हिम नदीभित्र राखेको बल्छीमा एउटा ठूलो सिल माछा बोकेर ल्याउनु हुन्छ । उहाँको कोठामा जंगली जनावरहरु सिकार गर्ने जालपासोका सामानहरु पनि हुन्छन् ।
यसरी यो बोल्सेभिक योद्धाले आफूलाई आश्रय दिने गरिब किसानलाई माछा, मासु उपलब्ध छ गराउँथे । पाहुनाहरु पनि दंग परे, स्टालिनका पौरख देखेर ।
एक पटकको गिरफ्तारीमा कैदी बन्दीहरुलाई जारशाही प्रहरीहरुले नयाँ खालको यातना दिए । त्यो के भने दोहोरो लाइनमा बन्दुक लिएर प्रहरीहरु बस्ने र बन्दीहरुलाई बीचबाट हिँड्न लगाउने । अनि बन्दुकको कुन्दाले बन्दीहरुलाई प्रहार गर्ने । यो घटनामा कैयौँ बन्दीहरु घाइते बनी प्राणान्त भए तर स्टालिनको पालामा उहाँको निडर र ठाडो शिर अनि निर्भिक शब्दहरुका सम्प्रेषणले जारशाही प्रहरीका बन्दुकका कुन्दाहरु भुईंतिर फर्किए । पार्टीको भूमिगत प्रेस थियो । यसको लागि अर्थ संकलन, पार्टपूर्जा र कागजको जोहोदेखि समाचारहरु लेख्ने, लेखहरु तय गर्ने, कम्पोज र प्रुफरिडिङ गर्ने, छाप्ने, मेसिन चलाउने र अन्तमा तयारी पर्चा, पम्प्लेट र पुस्तकहरु वितरण गर्ने सबै स्वयं गर्नुहुन्थ्यो स्टालिन ।
सन् १९१३ फरबरी २३ मा पेट्रोगार्डबाट पार्टीको एक विश्वासघातीबाट जारशाही प्रहरीको गिरफ्तारी र साइबेरिया निर्वासन चाहिँ स्टालिनको अन्तिम निर्वासन हो ।
४ वर्षको त्यो कालापानीको निर्वासन ज्यादै कठिन र कठोर थियो, जुन अन्तरालमा युरोपमा साम्राज्यवादी प्रथम महायुद्ध लडिरहेको थियो । सन् १९१७ मा रुसमा फरबरी क्रान्ति सम्पन्न भयो र राजतन्त्रको अन्त भई संयुक्त सरकार बन्यो । जुन क्रान्ति हुन लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टीले पनि भाग लिएको थियो । तर सरकारमा बोल्सेभिक गएनन् । त्यसबेला जारशाही सत्ताका विरुद्ध लड्ने सम्पूर्ण राजबन्दीहरुलाई मुक्त घोषणा गरियो । यसैबेला स्टालिनलाई पनि मुक्त गर्न पेट्रोगार्डबाट एउटा विशेष टोली साइबेरिया पुग्यो । स्टालिन ससम्मान पेट्रोगार्ड आइपुगे र लेनिनसँग जीवन्त सम्बन्ध राखी अक्टोबर क्रान्तिको तयारीमा लागे ।
केरेन्स्कीको संयुक्त सरकार पुँजीवादी सरकार थियो । जसले युद्धलाई जारी राख्ने, सामन्त, पुँजीवादी र जमिन्दारहरुको सुझाव सल्लाहमा चल्न थाल्यो । वोल्सेभिकले पनि व्यापक जनतामा नारा लग्यो- ‘युद्धको विरोध गर ! अभाव र संकट समाधान गर ! सोभियत सरकारको समर्थन गर ! यो पुँजीवादी व्यवस्थाको विरुद्धमा विद्रोह गर !’ प्राब्दा (सत्य) पार्टीको मुखपत्र थियो जसको सम्पादक स्टालिन हुनुहुन्थ्यो । पेट्रोग्राडबाट छापिने यो पत्रिका रुसी मजदुर, किसानको प्राण थियो ।
सन् १९१७ अक्टोबर २५ मा पेट्रोगार्डका मजदुरको विद्रोह फैलियो । मजदुर, किसानको सक्रियता र सेनाको पनि समर्थनले बोल्सेभिक पार्टीको कब्जामा राज्यसत्ता प्राप्त भयो । बोल्सेभिक पार्टीका नेता, लेनिन, स्टालिन, दूरदर्शी र साहसी, बोल्सेभिक सम्पूर्ण नेता कार्यकर्ता स्पातझैं दह्रा र खरा अनि रुसी जनता युद्धले आक्रान्त हुनाले क्रान्ति सफल हुन मद्दत पुग्यो ।
बोल्सेभिक पार्टीले रुसको राज्यसत्ता कब्जा गरेपछि त्यसलाई असफल पार्न रुसी पुँजीपति, सामन्त र जमिन्दारका शक्तिले सर्वप्रथम तत्कालीन राजधानी पेट्रोगार्डमा खाद्यान्नको नाकाबन्दी गरेर चरितार्थ पार्यो । त्यसलाई तोड्न स्टालिनको कमाण्डमा बाकु पुगेर केही दिनमा १६५ ट्रक खाद्यान्न र ६० ट्रक माछा पठाउँदै लेनिनलाई पत्रमा लेख्नुभयो “दुश्मनले रेलको लिग काटेकाले खाद्यान्न रेलबाट पठाउन सम्भव भएन । तीव्रगतिमा रेलको लिग बनाउने कार्य भइरहेछ, हप्ता दिनमा त्यो तयार हुनेछ र परिस्थिति सहज बन्नेछ । अहिलेलाई केही दैनिक जरुरी खाद्यान्न पठाएको छु …।”
सन् १९१८-२० सम्म १४ वटा साम्राज्यावादी शक्तिहरु र देशभित्रका पुँजीवादी, सामन्त, जमिन्दार, तस्करी, भ्रष्टाचारी, सुदखोर सबै मिलेर गृहयुद्ध थाले, बोल्सेभिकको सत्ता ढाल्न मेन्सेभिक, समाजवादी क्रान्तिकारी भन्ने पार्टीलगायत सम्पूर्ण बोल्सेभिक इतर शक्तिले ।
बोल्सेभिक पार्टी सदस्यलाई लाल सेनामा भर्ती गर्ने र सम्पूर्ण मजदुर, किसानलाई संगठित, गरी दुश्मनलाई विनाश गर्ने नीति अपनाए । हरेक युद्धका मोर्चामा स्टालिन नपुगेको कुनै घटना छैन र ती सबै रणभूमिमा विजय प्राप्त गर्न पनि । ट्राटस्की पनि सैन्य कमाण्डर हुन् तर उनी जारकालीन सैन्य अफिसरहरुको सहयोगमा सैन्य अप्रेसनमा लाग्थे ।
तर उनी सधैँ र सबै ठाउँमा असफल हुन्थे । जहाँ स्टालिन पुग्नै पथ्र्यो, विजयका लागि । रुसी पश्चिमी भूभाग कब्जा गरेको जर्मनीसँग लिब्खनेत सन्धिपूर्व वार्ता गर्न लेनिनले ट्राटस्कीलाई पठाउनु भयो । तर उनको नीति जर्मनसँग न त युद्ध न त शान्तिको थियो । उनको रिपोर्ट पढेर लेनिनले ट्राटस्कीलाई जवाफमा भने ‘स्टालिनसँग छलफल गरेर यो विषयमा निर्णय लिइने छ ।’ स्टालिनको स्थान र लेनिनको नजरमा उहाँको तह कुन स्तरको रहेछ त भन्ने स्पष्ट हुन्छ ।
सन् १९१९ मा कप्लान नाउँ गरेको एक विदेशी दलाल तथा गुप्तचर महिलाले लेनिनमाथि गोली वर्षायो । यसैको चोटले १९२४ मा केवल ५५ वर्षको उमेरमा लेनिन महान्को निधन भयो । उहाँ थला पर्न थालेदेखि नै स्टालिनले राज्यको बागडोर सम्हाल्न थाल्नु भयो । रुसलाई केन्द्रमा राखेर सोभियत संघको निर्माण, कल-कारखाना, उद्योग खानीहरु सामूहिकीकरण, स्वास्थ्य शिक्षा, बैंक, यातायात राष्ट्रियकरण, जग्गा जमिनहरु कम्युनीकरण भयो । जुन नीतिले एक दशकमै सोभियत संघमा उलटपुलट आयो ।
मानव जातिको इतिहासमै सर्वप्रथम सोभियत संघका मजदुर, किसान र महिलाहरुले सुख, सुविधा र सम्वृद्धि प्राप्त गरे । तिसको दशकदेखि स्टालिन कालभरि यो राष्ट्रमा खाद्यान्नको मूल्य नै थिएन ।
कलकारखाना, उद्योग, खानी, जमिन, जस्ता उत्पादनका साधनहरु सामूहिकीकरण, कम्युनीकरण र राष्ट्रियकरण हुनाले यो सम्भव भएको हो । सोभियत संघको सम्वृद्धि तर पश्चिमा पुँजीवादी मुलुकहरुको आर्थिक मन्दीले सिर्जना गरेको गरिबी, महँगी, असुरक्षा र अभावले हजारौँ र लाखौँ संख्यामा मानिसहरु सोभियत संघमा भागेर आउन थाले । जुन संख्या बढ्दै गयो । यो घटना यति गम्भीर भयो कि त्यहाँका लाखौँ र करोडौँ जनतालाई सोभियत संघले आश्रय दिन असम्भव थियो । तसर्थ सोभियत संघको समाज मानव जातिको लागि उपयोगी र आवश्यकता हो भने सम्पूर्ण पुँजीवादी र सामन्तवादी समाज र राष्ट्रका जनताले विद्रोह गरेर राज्यसत्ता कब्जा गर्नुर्पछ र समाजवाद स्थापना गर्नुपर्छ भन्ने कुरामा सोभियत संघ तथा त्यसको नेतृत्व जोसेफ स्टालिनको नीति रह्यो । जुन बिलकुल ऐतिहासिक कुरा थियो । यस कुरालाई पश्चिमा पुँजीवादी मुलुकहरुले महत्वपूर्ण पाठ मान्दै सोभियत संघले भन्दा राम्रो र स्तरीय सेवा र सुविधाहरु उपलब्ध गराएर आम जनतालाई प्रभाव पार्नु पथ्र्यो । तर उनीहरु सोभियत संघको विघटन र विनाश गर्ने मार्गतर्फ लाग्यो । प्रतिस्पर्धा नकारात्मक रह्यो, सकारात्मक भएन ।
सोभियत संघभित्र ट्राटस्की पन्थीहरुलाई उक्साउने र जर्मनीका हिटलरहरुलाई सोभियत संघमा आक्रमण गराउने ती पुँजीवादी राष्ट्रहरुको नीति रह्यो ।
सन् १९३४ मा कमरेड किरोभमाथि गोली वर्षाएर ट्राटस्कीवादीहरुले लेनिन गार्ड (पेट्रोगार्ड) मा हत्या गर्यो । किरोभ बोल्सेभिक पार्टीको अत्यन्त प्रतिभाशाली नेतृत्व हुन् । यो घटनाले ट्राटस्कीवादीहरुको विनाश निम्त्यायो । सन् १९३९ मा जर्मनका नश्लवादी हिटलरको फासिस्ट फौजले सोभियत संघमाथि कुनै सूचना नगरी आक्रमण गर्यो । सन् १९४५ सम्म ६ वर्षसम्म भिषण संघर्ष भयो । अन्तमा २ करोड रुसी लाल सेना र जनताले बलिदान दिएर युरोेपमा शान्ति छायो । हिटलरी शक्ति सखाप भयो । पूर्वी युरोपमा समाजवाद आयो । एसियामा युद्ध मच्चाउने जापनिज राक्षसी सेनालाई आत्मसमर्पण गराउन पनि सोभियत संघका लाल सेनाले ९ अगस्त १९४५ मा युद्धको घोषणा गर्नुपरेको थियो । यी सबै कुराहरु स्टालिनको नेतृत्वमा भएको थियो । दोस्रो महायुद्धपछि सोभियत संघ पुननिर्माणमा लाग्यो । साथै अरु देशहरुमा भइरहेका मुक्ति संग्राम र स्वाधिनताको संग्रामको पक्षमा उभियो, सहयोग पुर्यायो । सन् १९४७ मा भारत र बर्माको स्वाधिनता र १९४९ मा चीनको मुक्ति त्यसका प्रमाणहरु हुन् ।
अनि त संसारभरिका जनता मुक्ति र स्वाधीनताको आलोकले छटपटिन थाले । यसको पछाडिको मूल आधार सोभियत संघको शक्ति र श्रोत नै थियो । जुन पुन्जलाई निभाउन अमेरिका, ब्रिटेन, फ्रान्स लगायतका पुँजीवादी साम्राज्यवादी शक्तिहरुले निरन्तर धम्कीहरु दिइरहे । तर स्टालिन आजीवन जनताको मुक्ति र स्वाधीनता अनि मानव जातिको शान्ति र सुव्यवस्थामा लागिपरिरहे । सन् १९५३ मार्च ५ मा उक्त पुन्ज ७२ वर्षको उमेरमा अस्तायो ।
जोसेफ स्टालिनको पारिवारिक जीवनबारे बताउने हो भने उहाँको २१ वर्षको उमेरमा पिता विस्सारियोनको निधन भयो ।
सन् १९०५ आसपासतिर एकतारिना नाउँ गरेको मजदुर महिलासँग उहाँको विवाह भयो । तिनको सन् १९१८ मा निधन भयो र तिनीबाट जन्मेको एकमात्र छोरा दोस्रो महायुद्धमा हिटलरी शक्तिसँग लड्दा शहिद भयो । सन् १९२१ आसपासतिर नाजेज्दा नाउँ गरेको महिलासँग उहाँको विवाह भयो । तिनले १ छोरा र १ छोरीको जन्म दिइन् । नाजेज्दा सन् १९३२ मा बितिन् । सन् १९३६ मा झण्डै ७६ वर्षको उमेरमा उहाँको माता एकतारिनाको पनि निधन भयो । जसलाई मानवजातिकै सर्वाधिक महान् र भाग्यमानी महिला मान्न सकिन्छ । जुन माताले १० महिना गर्भमा राखेर, प्रसव पीडा सहेर र रगत बगाउँदै जन्म दिई, असीमित श्रम, शक्ति र स्नेहले हुर्काएको र बढाएको बच्चाले यो विशाल घर्तीका करोडौँ जनतालाई मुक्ति र स्वाधीनता दिलायो र अरबौँ जनतालाई युग युगसम्म शान्ति र समृद्धिको लागि सम्प्रेषण गरिरह्यो । भनौँ हजारौँ वर्ष अघिदेखि अन्धकार छाइरहेको यो पृथ्वीका मानवजातिमा उज्यालो ज्योतिले ढाक्न प्रेरणा दिइरह्यो ।
स्टालिनकी एकमात्र छोरी स्वेतलेना चाहिँ मानव इतिहासकै एक कंलकित महिला हुन् । जसले सामन्ती राजा महाराजाका छोराछोरीले पाउने सुख, ऐसआराम नपाई दाजुभाइलाई युद्धमोर्चामा पठाइयो र आफू मजदुर, किसानसरह जीउन लगाइयो भनी आफ्नो पितालाई तीव्र घृणा गरी ब्रिटेन भागिन् सन् १९५० आसपासतिर । तिनले आफ्ना पिता स्टालिन क्रुर हत्यारा थियो र आफ्नी माता नादेज्दाको पनि हत्या गरायो भनेर झुठ्ठा आरोप लगाइन् युद्धखोर करोडौँ जनताको ज्यान लिन प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने राष्ट्रका नेता र विद्वान्हरुका प्रभावमा परेर ।
यसरी स्टालिनको पारिवारिक जीवन दुःखद छ । बाँचेका एकजना छोरी पनि ज्यानी दुश्मन बने । तर संसारका अरबौँ शान्तिप्रेमी, न्यायप्रेमी उहाँका आत्मीय छोराछोरी जीवित छन् । जसले संसारलाई मुक्त पारिछाड्ने छन् र यो विशाल धर्ती जग्गाजमिन छन् । क्रुर र विध्वंसक चिन्तन र प्रवृत्ति भएका विषालु दाह्रा, नङ्ग्रा र सिंङ भएका सामन्ती, पुँजीवादी, साम्राज्यवादी मानवद्रोही, धर्तीद्रोहीका कब्जाबाट फुत्काई धर्तीयोद्धाले यहाँ निश्चित सत्यम्, शिवम्, सुन्दरम् छाउने छन् । उनीहरु व्यूहरचना गरी विश्वव्यापी पंक्तिबद्ध कदम चाल्दैछन् ।