• मंसिर ११ २०८१, मंगलवार

८ करोड कित्ता सेयरको लागि आवेदन दिनेको संख्या अहिलेसम्मकै धेरै

माघ ६ २०७७, मंगलवार

 काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिनेको संख्या ह्वात्तै बढेको छ । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० ले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट खुल्ला गरेको  थियो ।