• मंसिर १२ २०८१, बुधबार

बार पत्ता लगाउने दशक क्यालेन्डर

माघ ६ २०७७, मंगलवार

बिगत र बर्तमानका वर्ष महिना र दिनका बारेमा थाहा पाउनु आवश्यक हुन्छ । त्यसका लागि विगत बर्तमान र भविष्यका क्यालेन्डरहरुका पाना पल्टाउनु पर्ने झन्झट् हुन्छ । जुन अलि कठीन नै मान्नु पर्छ । तर केही आवश्यक संख्याहरु ख्याल गरेको खण्डमा त्यो सजिलैसँग थाहा पाउन सकिन्छ । त्यसको लागि तल उल्लेखित तालिकामा विभिन्न इस्वी सम्बत्को कोड अंकहरु ख्याल गर्नुपर्ने कुराहरु निम्न तालिकामा उल्लेख छ ।

इस्वी सन् २०१६ देखि सन् २०२५ सम्मको विवरण तालिका यस प्रकार छ:

सर्वप्रथम माथिको तालिका राम्ररी हेरौं । प्रत्येक इस्वी सन्का विभिन्न महिनाहरुको आ–आफ्नै सूत्रसंख्या छ । त्यसलाई राम्ररी सम्झनुपर्छ । कुन वर्षको महिना र गतेको बार पत्ता लगाउने हो र सोही महिनाको सूत्रसंख्या त्यस गतेमा जोड्ने र ७ ले भाग गर्ने, जति शेष आउँछ त्यो नै बार हो । जुन १ आइतबार, २ सोमबार, ३ मंगलबार, ४ बुधबार, ५ बिहीबार, ६ शुक्रबार र ० शनिबार हुन्छन् ।

उदाहरणको लागि सन् २०१७ को अक्टोम्बर महिनाको ७ तारिख कुन बार पर्छ सूत्र अनुरुप (७ं०).७र७.० शेष हुन्छ र ० भन्नाले शनिबार प¥यो । त्यस्तै गरी सन् २०१८ को जनबरी १० तारिख कुन बार पर्छ (१०ं१).११र७. ४ शेष हुन्छ । यसरी सन् २०१८ को जनबरी १० तारिख बुधबार पर्छ । त्यसरी नै सन् २०१८ को अप्रिल ७ तारिख कुन बार पर्छ भन्ने प्रश्नको उत्तर यसरी दिन सकिन्छ । माथि सूत्र अनुसार (७ं०).७र७. ० शेष हुन्छ । यसमा शेष ० अर्थात शून्य आएको छ । माथिको फरमूला अनुसार शून्य भन्नाले शनिबार पर्ने जनाउँछ ।

त्यसकारणले गर्दा सन् २०१८ को अप्रिल ७ तारिख शनिबार पर्छ । त्यसरी नै एउटा रमाइलो क्यालेन्डरलाई अध्ययन गर्ने क्रममा सन् ०१९, ०२०, ०२१, ०२२, ०२३, ०२४ र ०२५ को विभिन्न वर्षहरुको जनवरी महिनाको २० तारिखलाई उल्लेखित शूत्र अनुरुप हेर्ने हो भने क्रमशः आइतबार, सोमबार, बुधबार, विहीबार, शुक्रबार, शनिबार र सोमबार पर्ने हुन्छ । तर महिनाको सूत्र नम्वर त्यस सन्मा जोड्दा ७ भन्दा थोरै भएमा सोही योग नै शेष हुन्छ, भाग गरी रहनु पर्दैन । यसै गरी माथि उल्लेखित सम्पूर्ण सन्का विभिन्न वर्ष तथा महिनाहरुका बारहरु सजिलैसँग पत्ता लगाउन सकिन्छ । इस्वी सन्मा प्रत्येक चार वर्षमा लिप एयर आउँछ ।

यो लिप एयरमा भने फरबरी महिना भने २९ को दिन हुन्छ भने अरु वर्षमा भने फरबरी २८ को दिन हुन्छ । उदाहरणको लागि सन् २०००, २००४, २००८, २०१२, २०२० आदि लिप एयर हुन्छ । यसमा सन्मा चारले भाग गर्दा शेष शून्य आएमा लिप एयर हुन्छ भने शेष आएमा फरबरी महिना भने २८ दिनको हुन्छ । यसरी फरबरी महिना २९ को दिन हुन्छ भने अरु बाँकी महिना भने जनबरी ३१, फरबरी २८, मार्च ३१, अप्रिल ३०, मे ३१, जून ३०, जुलाई ३१, अगस्त ३१, सेप्टेम्बर ३०, नोभेम्बर ३० र डिसेम्बर ३१ गरी जम्मा जम्मी ३ सय ६५ दिन हुन आउँछ । इस्वी सन्मा ५७ जोडे विक्रम सम्वत् हुन्छ ।

विक्रम सम्वत् र इस्वी सन्मा बैशाखदेखि पुस १५ गतेसम्म ५७ वर्ष र पुसदेखि चैत्रसम्म ५६ वर्षको फरक पर्छ । यदी बिक्रम सम्बत् बाट इस्वी सम्बत्मा सामान्य घटाउँदा लिप एयर परेको सालमा भए ५६-०८-१६ हुन्छ । उदाहरणको लागि २०७४ साल पुस ८ गतेबाट सन् २०१७ डिसेम्बर २३ तारिख घटाउँदा फरक ५६ वर्ष ८ महिना र १५ दिन हुन आउँछ । त्यस्तै गरी अर्को स्थिति भनेको २०७४ साल पुस १७ गतेमा सन् २०१८ जनबरी १ तारिख घटाउँदा योगफल ५६ वर्ष ८ महिना १६ गते हुन आउँछ ।

यसरी वि.सं. मा भने घटीमा २९ को एक महिना हुन्छ भने बढीमा ३२ गतेसम्म पनि एक महिना विभिन्न महिनाको अन्तराल पर्ने गर्दछ भने इस्वी सन्मा भने फरबरी महिना मात्रै २८ र २९ दिन पर्ने गर्दछ भने अरु सबै महिनाहरु ३० र ३१ मात्र हुने गर्दछ । यसै कारणले गर्दा वि.सं. बाट इस्वी सम्बत् घटाउदा कहिले ५६-०८-१६ कहिले ५६-०८-१५ योगफल आउँने गर्दछ । यसबाट पनि वि.सं.बाट सन्का विभिन्न मितिहरुलाई घटाउन सकिन्छ ।

अन्त्यमा भन्नुपर्दा सन् २०२० लाई बिदाई अनि सन् २०२१ लाई आजबाट न्यू एयर रुपमा संसारभरि भब्यताकासाथ स्वागत गरिँदैछ । जवकी सन् २०२० एउटा विषम र कठिन वर्ष थियो । सारा विश्वलाई कोरोना कहरको माहमारीको कारणले गर्दा लकडाउनमा राखेर एक तिहाई विश्व नै घरका छतमुनी धेरै महिनासम्म बस्नुपरेको यस वर्षलाई दोश्रो विश्वयुद्धपछिको सर्वाधिक ठूलो क्राइसिसका रुपमा लिइएको छ । विश्व अझै पनि भाइरसका बिभिन्न संस्करणहरुको प्रभावमा छ, कतिपय देशहरु अझै खुलेका छैनन् ।

कतिपय त खुलेर पनि बन्द भए अनि कतिपय देशहरु सुधारउन्मुख छन् । सेनाहरु भन्दा सेता कोटहरुले , हतियारगृह भन्दा अस्पतालले देशवासीको जीवन सुरक्षा हुन्छ भन्ने तथ्य यस वर्षले प्रमाणित गरिदिएको छ । यस वर्षले विश्वलाई डिजीटल थलोहरु तर्फ डोहो¥याएको छ, अब मानविय अंगालोहरु च्याटबोर्डका ईमोजिहरुले प्रतिस्थापन गरेको छ । भींडहरु अब डिजीटल थलोमा बढ्न थालेको छ अनि डिजीटल थलोमा मानवको प्रवेश यस वर्ष जति अन्य कुनै वर्षमा भएको थिएन ।

मूलतः सन् २०२० ले पछिल्ला शताव्दीभरिमा हुन नसकेका रुपान्तरणहरु एकैवर्षमा गरिदिएको छ ।

यस वर्षले नयाँ र नर्मल विश्वको परिकल्पना दिएर गएको छ । नर्मल वर्षहरुको प्रतिक्षाको व्यग्रता यस वर्षले झनै बढाएर गएको हो । अतः जिन्दगीलाई अनुभव र यादहरुको डोको रुपमा लिन सकिन्छ । हरेक बर्ष एउटा नयाँ अनुभव सगालिँदै पुरानो बर्ष बित्छ भनेँ नयाँ बर्ष आँउदछ । हुन त हामी नेपालीहरुको क्यालेन्डर देखि चाडवाड अनि कार्यलयगत कुराहरु धेरैजसो विक्रमसंबतमा आधारित भएकाले यो ईस्वीसंवतलाई आगन्तुक र पराई संवतका रुपमा लिने पनि गरिन्छ ।

हरेक नयाँ बर्षहरुमा हामी केही सोचाई या परिवर्तन गर्ने चाह राख्दछौ तर ती धेरै जसो चाहहरु अनि वाचाहरु त्यतिकै तुहिएर जाने पनि गर्दछन् । यस बर्षको सकारात्मक सोच अनि प्रगतीका लावालस्करहरु तपाईको पाईला अगाडी रहिरहुन, फर्केर हेर्नुनपरोस अनि ताकेका चिताएका कुराहरुमै निशाना लागोस् । विश्वमा प्रायः गरी धेरै जसो मुलुकहरुमा जनवरी १ तारिखका दिन नव वर्ष भनेर मनाउने चलन बढी रहेको छ ।

हाम्रो देशमा भने यो झन्डै पुसको दोस्रो हप्तातिरबाट मात्रै नव वर्ष शुरु हुनेछ र हामी नेपालीहरुको भने प्रत्येक बैशाख १ गतेबाट नै नव वर्ष सुरुवात हुन्छ । नेपालमा अन्य प्रचलित सम्वत् हरुमध्ये यूगलवारनीय, शाक सम्वत्, नेपाल सम्वत् र इस्वी सन् मुख्य मानिएका छन् । अतः यसरी आउँने नववर्षलाई स्वागत र पुरानो वर्षलाई बिदाई गरिन्छ ।

यसरी स्वागत र बिदाई गर्ने परम्परा आ-आफ्नो देशमा आ-आफ्नै प्रकारका हुन्छन् । यसरी आउँने नव वर्षलाई हार्दिक शुभकामनाका साथ एक अर्कोमा शुभकामना सन्देशहरुलाई आदान-प्रदान गर्ने कार्य तदारुकका साथ गरिन्छ । यसरी आफ्ना शुभचिन्तकहरुलाई यस सुर्वण अवसरमा भविष्यकको उत्तरोउत्तर प्रगतिको कामना सबैलाई गरिन्छ ।