काठमाडौँ। नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रुपमा इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपीओ आज शुक्रवारदेखि खुलेको छ। बैंकले नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गर्न लागेको हो । निष्कासन गर्न लागिएको कुल शेयरमध्ये ०.२० प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिने सक्नेछन् ।यो बैंकको साधारण सेयर आइपीओ भर्ने सबैले प्राप्त गर्नेछन् ।
आज कार्यालय समयबाट खुल्ला हुने आइपीओ छिटोमा माघ ६ गते बन्द हुनेछ । तर त्यस अवधिभित्र पनि पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिनेछ ।बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।