• मंसिर ११ २०८१, मंगलवार

कृषि उपज बजार सञ्चालनमा

पुष १६ २०७७, बिहीबार

धरान । धरान उपमहानगरपालिका वडा नं ७ मा सुविधासम्पन्न कृषि उपज बजार सञ्चालनमा ल्याइएको छ । खुद्रा तथा थोक बिक्रेता र स्थानीयवासीको सुविधाका लागि निजी लगानीमा शुभम् कृषि उपज बजार सञ्चालनमा ल्याइएको हो । करीब रु एक करोड १० लाख लगानीमा धरान कृषि उपज बजारका पूर्वअध्यक्ष काजी गिरीले केही साथीसँगको सहकार्यमा ६ कठ्ठा जग्गा भाडामा लिएर बजार स्थापना गरेका हुन ।

उक्त बजारमा कृषकले आफूले उत्पादन गरेको उत्पादन सीधै ल्याएर बेच्न सक्ने गिरीले बताए । तरकारी, फलफूल, खाद्यान्न, सौन्दर्य प्रसाधन, माछामासुलगायत सबै प्रकारका व्यवसायलाई बजारभित्र प्रवेश दिइने जनाइएको छ ।

#छुटाएको समाचार

उखु किसानलाई भुक्तानी दिन, सर्वोच्चको आदेश

पुसको कठ्याङ्ग्रिदो चिसोमै खुले बिद्यालयहरु