• कार्तिक ३ २०८३, सोमबार

समाचार लेखेकाे अभियाेगमा जनआस्थाका सम्पादक किशोर श्रेष्ठ घरबाटै गिरफ्तार

कार्तिक १ २०८३, शनिबार

काठमाडौं । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई घरबाटै गिरफ्तार गरेको छ। ललितपुरस्थित उनको निवासबाट प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले जानकारी दिइन्।

श्रेष्ठले पनि घरमै प्रहरीले लिन आएको जानकारी दिए । उनले भनेका छन्,‘भरमार गालीगलौज गर्नेहरु फुक्काफाल। समाचार प्रकाशन गरेको अपराधमा मलाई उहाँहरुले घरैमा लिन आउनुभएको छ।’

जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर हाँस्यकलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए।

रास्वपा नेतृत्वको सरकार आएपछि वैयक्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा यस अगाडि पनि श्रेष्ठ पक्राउ परेका थिए ।